Friday, December 2, 2011

मुटु

हरेक पिंडा सहने
एउटा यस्तो ठाउँ बनायौ
दह्रो बनाएको भए हुन्थ्यो
प्रभु!
मुटु त बनायौ
तर हल्लिने बनायौ


सबै दर्द, सबै बेदना
अनि सब व्यथाको
बास स्थल मुटु नै बनायौ
दह्रो बनाएको भए हुन्थ्यो
प्रभु!
हल्लिने बनायौ


माया प्रेम पनि भगवान
यसै बाट सुरु गरायौ
कसैको लागि भावना पनि
यसमै कैद गरायौ
यसको पर्खाल दह्रो हुनु पर्ने
प्रभु!
हल्लिने बनायौ


मानव शरीरको महत्वपूर्ण अंग
मुटु नै बनायौ
प्रत्येक ढुकढुकी संग रगत मात्र होइन
भावनाहरु  पनि प्रवाह गरायौ
निडर, अडिग अंग बनाएको भए हुने
प्रभु!
हल्लिने पो बनायौ

सानो ठुलो आपत बिपतमा
मुटु नै काम्ने बनायौ
फेरी सानो-तिनो सुखमा पनि
यहि मुटु नै हंसायौ
बलियो बनाउनु पर्ने यो मुटु
प्रभु!
हल्लिने बनायौ


कस्तो हुन्थ्यो होला यदि
विरुवाझैं हामीले पनि
अतितलाई मेट्न सके
पुराना पातलाइ हटाई
नया पालुवालाई स्वागत गर्न सके
तर तिमीले त अतितलाई पनि
यहि मुटुमै गढायौ
फेरी यहि मुटुलाई तिमीले
प्रभु!
किन हल्लिने बनायौ?

शरीरलाई आदेश दिने तिमीले
बुद्धि त बनायौ
तर दिमाग ले मात्र होइन
मुटु ले पनि सोच्ने बनायौ
फेरी त्यहि मुटुलाइ तिमीले
यति भावुक बनायौ
प्रभु!
किन यसलाई हल्लिने बनायौ?

त्यसरी भगवान तिमीले यो शरीरको
बोझ जति मुटु मै थमायौ
सुख, दुख, माया, घृणा आदिले
यसलाई निकै भारी बनायौ
कडा बनाउनु पर्ने अंग तिमीले
निकै संवेदनशील बनायौ
दह्रो होइन तिमीले
प्रभु!
यसलाई कमजोर बनायौ
 धेरै हल्लिने बनायौ...धेरै हल्लिने बनायौ ...   



Thursday, December 1, 2011

केही हाइकुहरु (मेरो पहिलो हाइकु प्रयास)

देशको राजनीति 
एमाले, कांग्रेस, माओबादीको लडाईं 
बिचरी नेपाल आमा 

६०१ सभासद 
संविधान निर्माण कार्य 
पुनः ६ महिना पछी 

नक्कली केटीहरु 
छोटो पहिरन 
मिस नेपाल प्रतियोगीता 

सधैंको कच्-कच् 
पति पत्नी बिच डाङ्डुङ्
नेपाल बन्द 

नयाँ सडकको पेटी 
दुब्ला लावारिश बच्चाहरु
हाई बालअधिकार


प्यासी घोक्रो
मैलो थुतुनो 
सुख्खा राजधानी 

फोहोरी काठमाडौँ
फाट्टफुट्ट विदेशी
पर्यटन वर्ष

पशुपतिनाथलाई 
बाग्मती नदीले 
अत्तर छर्की दिईन्

भोलीको परीक्षा
धमिलो मैनबत्तीको प्रकाश
धन्य लोडसेडिंग

कोशौं टाढा उडेको चिल 
तल धर्तीमा उसको आहार 
उसको आफ्नै संसार 

Tuesday, November 22, 2011

मुस्कान

ती बत्तीस दन्त लहरा
जब खुल्छन् आहा
धपक्क बल्छौ तिमी
खुल्दछ संसार यहाँ

ओठलाई तन्काउँदै तिमी
जब आँखाले गर्दछौ इसारा
भुतुक्क हुन्छु म
भुल्दछु संसार सारा

लठ्ठ परेर म, जब 
तिमीलाई हेर्छु निरन्तर
एक पोको लाज फुकाई 
निहुराउँछौ आफ्नो शिर

चिहाँउछन् मलाई फेरी 
उफ! तिम्रा अस्थिर नयन 
मिठो मुस्कान डुलाउदै 
लुट्छौ मेरो चयन 

केहि भन्न खोज्छौ
तर सक्दैनौ पनि 
तिम्रो जस्तै यहाँ 
हाल छ मेरो पनि

मेरा यी चोर आँखा
हेर्छन् तिमीलाई लुकी
सारा  बोझ बिसाई
उड्न चाहन्छु फुकी

तिम्रै यादमा डुबेर 
मेटाउँछु मेरा थकान
केहि चाहिन्न मलाई
देऊ एक मुस्कान 
देऊ एक मुस्कान :)

Tuesday, November 8, 2011

Smile :)

A small curve of lips pointed upward
brings the very positive intent forward
It makes everything simple and worthwhile
And everybody loves the person with a smile :)

Do not be afraid to smile in pain
Adore the world, be it sunshine or the rain


Your optimism can change the realm, it's no vain
There is nothing to lose by smiling, but everything to gain :)

Smiling is contagious, your smile can make others smile
So why waste your time, let's just give it a trial
It is one language that is understood by all
So put up a smile, change your look and be natural  :)

Wednesday, October 12, 2011

म अनि तिमी


निलो  निलो आकाश
अनि तिम्रो आभाष
तिमी हुनुको,
हावा जस्तै
देखिदैनौ तर छौ|


अनि उड्दै गरेको 
दुई बादलुका टुक्रा
सेता अनि बाक्ला
मेरो मन जस्तै 
हलुको अनि निखर


र तिम्रा यादहरु
सूर्यका ती किरण जस्तै
निरन्तर, एकैनासको 
आएर मनलाई कुत्कुत्याउने
तिम्रो न्यानो अनुभूति  


कालो कालो गगन
अनि चम्किलो बगैंचा 
ताराहरुको, 
झिम-झिम गर्ने ती
हाम्रो प्रेमको नासो


अनि  बिचमा मुस्कुराउदै गरेकी 
चन्द्रमा, तिमी,
मेरो अन्धकारलाई हटाउन 
पूर्ण रुप लिएकी 
ममा अनुराग छर्न 


र तिम्रो प्रतिक्षा गर्ने 
शान्त, विशाल सागर, म
ब्युंतिन्छु तिम्रो प्रकाशसंगै, 
र तिमी टांसिन्छौ मेरो छातीमा  
म, तिमी अनि  हाम्रो मिलन 
एउटा अमर प्रेमको प्रतिक 

Monday, September 26, 2011

जादु



एउटा त्यो जादु
तिम्रो नज़रको 
वाण जस्तो सुरिलो
आएर मुटुमा रोपिने 
तर पिडा होइन,
मिठास दिने

अर्को जादु
तिम्रो मुस्कानको 
सूर्यझैं तेजिलो
प्रकाश छर्ने
कालो रातलाई पनि
छर्लंग पारिदिने

अनि अर्को जादु
तिम्रो हुनुको 
आनन्दमय स्वर्ग जस्तो
खुसीले भरिपुर्ण 
दुखी मनलाई पनि
सन्तुष्ट बनाईदिने

अनि त्यो जादु 
तिम्रो सम्झनाको 
जाडोको घाम जस्तो 
निकै प्यारो
तिम्रो अनुपस्थितिमा पनि
तिमीलाई मेरो सामु ल्याइदिने 

अनि यो जादु  
स्वयम् तिमी 
मेरो आत्मा तिमी
मेरो ढुक-ढुकी तिमी
म भित्र बस्ने तिमी 
मेरो पहिचान तिमी
मेरो स्वर्ग तिमी
ममा ज्यान भर्ने तिमी
अनि मलाई सताउने?
त्यो पनि तिमी 
मात्र तिमी.... 

Sunday, September 25, 2011

मनको ज्वालामुखी


एकतमासले मुटु भारी भएको छ.. मुटुको बोझ आँखाले बिसाउन खोज्दै छ तर घांटीमा गाँठो परेको छ.. यो कस्तो सम्बन्ध? मुटु घांटी अनि नयनको कस्तो समझदारी? एकको स्वीकृति बिना चल्न नजान्ने? त्यो मुठीभरको मुटु को पिडा कम गर्न म बेसरी घांटी मा बल पुर्याउछु.. प्रयास विफल, अश्रुले आँखा भरिन्छन, तर बर्सन सक्दैन... ती बग्न नसकेका आँशुले अब भित्री मुटुमा दखल पुर्याउछ.. मुटु पोल्छ भत्भति.. अब भावन्न हुन्छ मलाई.. कता गएर, कसो गरेर हुन्छ  टाउको ठोकी शान्त हुन चाहन्छु म... तर सक्दिन... अगेनामा सेकाएका जस्तो  गालामा राफ पैदा हुन्छ... भित्र भित्रै डाहा हुन्छ... हात-गोडामा  लग-लगि काँप छुट्छन् | त्यहिँ ढलु ढलु लाग्छ.. बेहोशी भएको महसुस गर्छु.. कहाँ छु के  गर्दै छु सब बिर्सन्छु.. कति कातर अनि कति कम्जोर भएँ जस्तो लाग्छ.. के गरूँ, कसो गरूँ हुन्छ.. आफ्नै छातीमा मुड्की बजार्न मन लाग्छ... निशासिन्छु.. 


त्यतिकैमा आमाको आगमन हुन्छ अनि मेरो त्यो अवस्था देखि अत्ताल्लिदै अंगालो हाल्दै सोध्नु हुन्छ, 'बाबु! के भयो तलाई? किन यस्तो काँपेको? के भयो?'


म आमालाई हेर्दै आफ्नो थुनिएको बोली फुटाउने प्रयास गर्छु... भन्न खोज्छु कि म ठीक छु..केहि भएको छैन.. तपाईं चिन्ता नलिनुस...
र जब मुख खोल्छु, ती आँखाको डिलमा ढिल्पिलिएर बसेका अश्रुधारा असारको भेलझैं बगी मेरो ओठमा आइ ठक्कर खाइ रहन्छन.. र म टासी रहन्छु आमाको अंगालोमा आफ्नो मनको भेल बगाउदै..एकदम निशब्द....      
..

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...