Friday, December 2, 2011

मुटु

हरेक पिंडा सहने
एउटा यस्तो ठाउँ बनायौ
दह्रो बनाएको भए हुन्थ्यो
प्रभु!
मुटु त बनायौ
तर हल्लिने बनायौ


सबै दर्द, सबै बेदना
अनि सब व्यथाको
बास स्थल मुटु नै बनायौ
दह्रो बनाएको भए हुन्थ्यो
प्रभु!
हल्लिने बनायौ


माया प्रेम पनि भगवान
यसै बाट सुरु गरायौ
कसैको लागि भावना पनि
यसमै कैद गरायौ
यसको पर्खाल दह्रो हुनु पर्ने
प्रभु!
हल्लिने बनायौ


मानव शरीरको महत्वपूर्ण अंग
मुटु नै बनायौ
प्रत्येक ढुकढुकी संग रगत मात्र होइन
भावनाहरु  पनि प्रवाह गरायौ
निडर, अडिग अंग बनाएको भए हुने
प्रभु!
हल्लिने पो बनायौ

सानो ठुलो आपत बिपतमा
मुटु नै काम्ने बनायौ
फेरी सानो-तिनो सुखमा पनि
यहि मुटु नै हंसायौ
बलियो बनाउनु पर्ने यो मुटु
प्रभु!
हल्लिने बनायौ


कस्तो हुन्थ्यो होला यदि
विरुवाझैं हामीले पनि
अतितलाई मेट्न सके
पुराना पातलाइ हटाई
नया पालुवालाई स्वागत गर्न सके
तर तिमीले त अतितलाई पनि
यहि मुटुमै गढायौ
फेरी यहि मुटुलाई तिमीले
प्रभु!
किन हल्लिने बनायौ?

शरीरलाई आदेश दिने तिमीले
बुद्धि त बनायौ
तर दिमाग ले मात्र होइन
मुटु ले पनि सोच्ने बनायौ
फेरी त्यहि मुटुलाइ तिमीले
यति भावुक बनायौ
प्रभु!
किन यसलाई हल्लिने बनायौ?

त्यसरी भगवान तिमीले यो शरीरको
बोझ जति मुटु मै थमायौ
सुख, दुख, माया, घृणा आदिले
यसलाई निकै भारी बनायौ
कडा बनाउनु पर्ने अंग तिमीले
निकै संवेदनशील बनायौ
दह्रो होइन तिमीले
प्रभु!
यसलाई कमजोर बनायौ
 धेरै हल्लिने बनायौ...धेरै हल्लिने बनायौ ...   



Thursday, December 1, 2011

केही हाइकुहरु (मेरो पहिलो हाइकु प्रयास)

देशको राजनीति 
एमाले, कांग्रेस, माओबादीको लडाईं 
बिचरी नेपाल आमा 

६०१ सभासद 
संविधान निर्माण कार्य 
पुनः ६ महिना पछी 

नक्कली केटीहरु 
छोटो पहिरन 
मिस नेपाल प्रतियोगीता 

सधैंको कच्-कच् 
पति पत्नी बिच डाङ्डुङ्
नेपाल बन्द 

नयाँ सडकको पेटी 
दुब्ला लावारिश बच्चाहरु
हाई बालअधिकार


प्यासी घोक्रो
मैलो थुतुनो 
सुख्खा राजधानी 

फोहोरी काठमाडौँ
फाट्टफुट्ट विदेशी
पर्यटन वर्ष

पशुपतिनाथलाई 
बाग्मती नदीले 
अत्तर छर्की दिईन्

भोलीको परीक्षा
धमिलो मैनबत्तीको प्रकाश
धन्य लोडसेडिंग

कोशौं टाढा उडेको चिल 
तल धर्तीमा उसको आहार 
उसको आफ्नै संसार 

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...