Monday, September 19, 2016

Beloved's plea

'Tell me something good',
she whispered in my ear.
I looked at the glimmering stars 
and the glistening moon. 
As I was about to tell the words,
she stopped me. 
She pressed her fingers against my lip. 
Totally zipped it up. 
'No, not the stars or the moon. 
Move out of those', She said. 
And then she smiled.
She knew how I would tell her about
the stars, the moon and the perfect serenity.
She knew those were coming. 

'Tell me something good', she said.
I looked at her slowly. 
Her fluttering eyes, her artistic lips, her gorgeous smile... 
As I was about to tell the words, 
she stopped me. 
She zipped my lips again.
She knew I was about to mention
how beautiful she was. 
'Forget that too', she said. 
Again,
the same mysterious smile on her face. 

What a dilemma!
'What should I say? 
What does she want me to tell?' 
All these things twirled in my mind. 
'Tell me som...'.
I pulled her closer
And locked our lips.
I stopped her this time.
And my tongue did all the talking
at the quietest of nights.
I told her, without any words,
something she wanted to listen.



image source: https://img1.etsystatic.com/139/1/6194126/il_340x270.908757437_pcch.jpg

Monday, September 12, 2016

भान्जा-भान्जीलाई चिठ्ठी


प्रिय भान्जा-भान्जी,
माया ||

सधैँ कसै न कसैलाई चिठ्ठी लेखी रहने मामाले आज किन हामीलाई चिठ्ठी लेख्यो भनेर आश्चर्य लाग्यो होला र अलि अलि दिक्क पनि | अरुलाई लेखेको चिठ्ठी त नपढे पनि हुने थियो, तर आफैंलाई सम्बोधन गरेको चिठ्ठी कसरी नपढ्नु ? दोधारमा पर्यौ हगी? फेरी चिठ्ठी नि लामो, 'लास्ट बोरिंग हुन्छ' भनेर पहिले नै परिकल्पना पनि गरिसक्यौ होला | यो पढ्नु भन्दा अघिनै कत्रो छ चिठ्ठी भनेर हेरी पनि सक्यौ होला, है? सके सम्म म छोटो पार्छु है?

यो लेख्नको लागि मात्र लेखिएको पत्र होइन | केही कुरा अप्रत्यक्ष भन्न पनि यो चिठ्ठीको सहारा लिएको हूँ | किनभने वास्तविक जीवनमा मेरो छवि एक 'हाउडे' मामाको रुपमा तिमीहरुको मानसपटलमा बसेको छ | सोझै तिमीहरुलाई यी कुरा भन्दा तिमीहरुले हावामा उडाइदिने सम्भावना बढी भएकाले, यसो गर्न बाध्य पनि छु | 'बुढा बौलाए कि क्या हो' भनेर चाहीं नसोच्नु | तिमीहरु ५ जना सबैलाई अहिले यो चिठ्ठीले समेट्न नसक्ला तर जीवनको कुनै न कुनै मोडमा अवश्य समेट्छ | त्यसैले आफुँलाई मिल्ने सन्दर्भ आएमा, मेरो लागि हो भनेर मन-मनै 'मम' भन्नु | तात्तातै ग्वाम-ग्वाम खाने पिठोले छोप्या बडा-बडा डल्ला 'मम' होइन नि | तिमीहरु ५ मध्ये अनुभव र अदिति अब बुझ्ने भईसक्यौ, आश्ना र अविनभ बुझ्ने हुँदै छौ र कान्छो, आयाम, तिमी त काले कृष्णझैं छौ | यो चिठ्ठी अरुलाई कम, अनुभव र अदितिलाई बढी हो; उनीहरुको उमेरको हिसाबले | जब आशु, अवि अनि आयाम ठूला हुन्छौ तब यो चिठ्ठी तिमीहरुलाई पनि मिल्छ | अब म खुलेर कुरा गर्छु है?

अनु र अदु, यसो सोच्यो, तिमीहरु भन्दा बच्चा त म नै छु | अझै पनि तिमीहरु भन्दा अपरिपक्क काम गर्छु | बोलाई, हिंडाई र काम गराई अझै बच्चा जस्तै छ | तर म बच्चा भई नै रहँदा, तिमीहरु भने धेरै ठूला भई सकेछौ | तिमीहरु र म बीच एक पुस्ताको फरक छ भनेर पनि लाग्दैन मलाई | म त तिमीहरुको साथी भनेर आफुलाई सोच्छु, तिमीहरुले नि त्यस्तै सोचेमा म गदगद हुने थिएँ | किनभने, जब दुई पुस्ता बीच मित्रता हुन्छ तब 'generation gap' लुसुक्क घरको झ्यालबाट हाम फालेर आत्महत्या गर्छ | तिमीहरु अब स्कूल सकेर हाई-स्कूल जाँदैछौ | यस वर्ष देखि तथाकथित फलामे ढोका भत्किएको छ तर मलाई बिश्वास छ फलामे ढोका होस् या अरु कुनै, तिमीहरुले कुनै पनि ढोकाको ताल्चा सजिलै फोर्न सक्छौ | अब आउने ढोकाहरुको नाम नहुन सक्छ तर ती सबै भन्दा बढी महत्वपूर्ण ढोका हुन् | फलामे पछी चांदी, सुनको, हिराको भन्ने ढोकाहरु त हुन्नन् तर क्रमश त्यसरी नै महत्वपूर्ण वा भनौं बहुमुल्य हन्छन् | अब जीवनको डोरी तिमीहरुकै हातमा छ | कता लग्ने, कसरी लाने, त्यो सबै तिमीहरुले निर्धारण गर्नु पर्छ |

हाइस्कूल कता पढ्ने भन्दा पनि के पढ्ने भनेर तिमीहरुले सोच्नु | आफुँ के मा अब्बल छु र के गर्न सक्छु वा सक्दिन भन्ने कुरा तिमीहरुलाई थाहा हुन्छ | त्यसै अनुरुप गर्नु | कहाँ पढ्ने भन्ने चिन्ता तिमीहरुले गर्नु पर्दैन, तिमिहरुलाई भन्दा बढी चिन्ता तिमीहरुको आमाबुवालाई हुन्छ | शिक्षित अभिभावक हुनुहुन्छ, वहाँहरुले आफुले सक्दो राम्रो ठाउँमा पढाउनुहुन्छ | मेरा साथीहरु यो पढ्छन् रे, यहाँ पढ्छन् रे भनेर त्यहीं जान्छु अनि त्यहि पढ्छु भनेर जिद्दी नगर्नु | आफुँ केमा राम्रो छु, मेरो सपना के हो भनेर बुझ्नु अनि त्यहि अनुरुप आफ्नो निर्णय सुनाउनु | मेरा दिदी-भिनाजुहरुले तिमीहरुको निर्णयलाई अवश्य कदर गर्नुहुनेछ | डाक्टर, इन्जिनियरमात्र बन्नु पर्छ, अरु विषय केहि होइनन् भन्ने सोच आफुले नि नल्याउनु र आफ्ना बुवा-आमाको त्यस्तो सोच छ भने पनि राम्रोसँग आफ्नो कुरा व्यक्त गर्नु | आफ्नो डाक्टर/इन्जिनियर बन्ने नै सपना छ भने आफ्नो अब्बल्ताको नमुना अहिले देखि नै देखाउनु |

Teen ageको चरम बिन्दुमा छौ तिमीहरु | कलिला माटो हौ तिमीहरु | जता लग्यो त्यस्तै हुने, जस्तो बनायो त्यस्तै हुने | बिग्रिने (वा सप्रने) उमेर पनि यहि हो | साथीहरुको लहै-लहैमा लागेर जथाभावी खाने, जथाभावी गर्ने लहडबाट बच्नु | तिमीहरुले 'नाइँ' भन्न सिक्नु | 'Learn to say no'. आफुँलाई मन नपर्ने वा ठिक नलागेको कुरामा अरुले कर गरे भने 'no' भन्न सिक्नु | दुनियामा धेरै दुख आफुले 'no' भन्न नसक्दा पाईन्छ | डर नमान्नु, दुर्व्यवहार कसैले गरे भने प्रतिकार गर्नु | आफुले सकिएन भने घरमा आएर भन्नु | मित्रताको कदर गर्नुपर्छ तर कस्तो कुरामा साथ दिंदैछु भनेर मनन गर्नु | यसै उमेरमा प्रेमको छर्राले हान्छ पनि | प्रेम गर्नु, प्रेममा पर्नु नराम्रो कुरा होइन | तर आफ्नो गन्तब्य कदापि नबिर्सिनु | प्रेमले तिम्रो पढाईमा, व्यबहारमा र जिन्दगीमा प्रतिकुल असर पार्छ भने बेलैमा टाढिनु | अंग्रेजीमा एउटा भनाई छ, 'If it's meant to be, it will be.' हुनु छ भने पछी फेरी हुन्छ | माया-प्रेम सकारात्मक कुरा हो तर समय गलत पर्यो भने नकारात्मक असर पार्छ | त्यसैले मेरो लक्ष्य के हो, र म कहाँ पुग्नु छ भन्ने कुरा कहिले पनि नबिर्सिनु |

यसबाहेक यो उमेरमा तिमीले धेरै शारीरिक अनि मानसिक परिवर्तनहरु आत्मसाथ गर्छौ | कतै असहज परिस्थिति आउँदा निर्धक्क र निर्लज्ज भएर आफ्नो अभिभावकसँग कुरा खोल्नु | हामी सबै तिम्रो उमेरबाट गुज्रेर आएका हौँ | हामीलाई सबै थाहा छ के कस्तो परिस्थति सँग जुध्नु पर्छ भनेर | त्यसैले 'share' गर्न अफ्ठ्यारो नमान्नु | आएका परिवर्तनहरु संगै आफुँ ठूलो भएको महसुस पनि गर्छौ तिमीहरु | अनि त्यहाँ बाट भ्रम सिर्जना हुन्छ कि 'म जस्तो जान्ने बुझ्ने कोहि छैन | म सहि अरु गलत | मैले जस्तो संसार अरुले बुझ्या छैनन्, मेरा बुवाआमा पुराना सोचका छन्, मेरो कुरै बुझ्दैनन् |' यस्ता यावत कुरा आफ्नो दिमागमा आउछन् र आफुँ जस्तो बुद्धिमान  कोहि छैन अरु सबै उल्लु भन्ने सोच आउँछ | यी सबै साधारण कुराहरु हुन् यो उमेरमा | तिमी यस्ता भ्रमबाट बच्नु | रिष-राग गर्ने, एक्लै एउटा कुनामा बस्ने, मोबाइलहरु (समाजिक संजाल)मा धेरै समय बिताउने नगर्नु | आफुँ कसरी राम्रो हुन्छु त्यो सोच्नु | फुर्सदमा, कोर्स बाहिरको किताब पनि पढ्ने बानी गर्नु, टिभी मात्र हेर्नु भन्दा बरु घुम्ने बानी गर्नु | Internet मा ज्ञानमूलक कुराहरु खोज्ने गर्नु | 'Explore' गर्नु |

अहिलेको जमाना प्रतिस्पर्धी छ; पढाईमा मात्र अब्बल नभएर अरु कुराहरु पनि आफुलाई जाँच्नु | असफलतासँग नडराउनु | आज असफल भयौ भने भोलि सफल हुन सकिन्छ | जीवनले बेसरी पछार्छ बेला-बेलामा | हरेश नखानु | बरु पछारिनु, तर हरेक चोटि पछारिंदा पाठ सिक्नु | कहाँ के गल्ती भएछ ठम्याउनु | लड्नु, निर्धक्क लड्नु, तर उठ्न सिक्नु | जो मान्छे असफलतासँग डराउँदैन, ऊ सधैँ सफल हुन्छ | समाजसँग नडराउनु | कसले के भन्छ भनेर डर मान्नु बेकार छ | संसार स्वार्थी छ; आफ्नो (स्वार्थ) हिसाबले दुनियालाई वर्णन गरिदिन्छ  | कसैसंग आफुलाई तुलना नगर्नु | तिमी आफु राम्रो काम गर, निरन्तर आफुलाई राम्रो बनाऊ; अरु कसैलाई हेर्न पर्दैन | सबै फूल कमल वा गुलाफ हुन पर्छ भन्ने छैन | तिमी जाई, जुही, गोदावरी, सूर्यमुखी जे भए पनि हुन्छ | अलग हुन नडराउ | कसैले तिमीलाई अरुसंग तुलना गर्यो र गिराउन खोज्यो भने भनिदेउ कि तिमी अलग छौ | अलग भएर बास्ना छरिदेऊ, त्यहि आलोचना गर्ने संसार तिम्रो वाह-वाहि गर्न बाध्य हुन्छ | तिम्रा सुख, तिम्रा दुख, तिम्रा प्रयास, तिम्रा सफलता, तिम्रा असफलता नितान्त तिम्रा हुन् |  यिनले तिमीलाई बलियो बनाउँछन् , त्यसैले तिम्रा भोगाई अतुलनिय छ | यी तिम्रा जीवनमा पाटा हुन् | तिम्रो जीवन अरुको भन्दा कम कदापि छैन |

अदिति, कसैले तिमीलाई तिमी छोरी भनेर हेप्छन्, केटी मान्छेले केहि गर्न सक्दैनन् भनेर उडाउँछन् भने, दबाउन खोजे भने तिमी निराश नहुनु, पछी नहट्नु बरु तिनीहरुलाई आफ्नो प्रतिभा देखाईदिनु | कसैले पनि तिमीहरुलाई हेप्ने अधिकार छैन | कसैले हेप्न आउँछन् भने त्यो अधिकार तिमीहरुले तिनीहरुलाई नदिनु | म यहाँ 'pursuit of happyness' भन्ने मुभीको डायलग quote गर्छु है त: '“Don’t ever let somebody tell you that you can’t do something. Not even me. You got a dream, you gotta protect it. When people can’t do something themselves, they are gonna tell you that you can’t do it. If you want something, go get it. Period.”

छोटो पार्छु भन्दा भन्दै लामै भएछ चिठ्ठी, त्यसको लागि माफी माग्छु | दरो लेक्चर दियो बुढाले भन्ने भयो होला तिमीहरुलाई तर मेरा जीवनका भोगाई, गराई अनि रोजाई बाट मैले जे सिकेँ त्यो मैले यहाँ व्यक्त गरें | मैले गरेका गल्ती, मेरै यो उपदेश पढेर, तिमीहरुले दोहोराएनौ भने म जस्तो खुसी सायदै कोहि होलान् | निडर भई आफ्नो सपनाको बाटो हिड्नु | पछाडि फर्केर हेर्यौ भने सदा मलाई सहाराको रूपमा पाउनेछौ तिमीहरुले | अहिलेलाई यत्ति ||

उही तिमीहरुको भलो चिताउने,
अनु मामा ||







Thursday, August 4, 2016

माया त यस्तो होस्



माया त यस्तो होस्
कि प्रतिकुलतामा झन् सुवास छरोस् |
फुलेको फूल, उदाएको जून
कसलाई पो मन पर्दैन र?
माया त यस्तो होस्
कि उजाडतामा पनि हरियाली होस्
कालो बादल बीच मुस्कानका रेखा बनोस् |

मै हाँसेको बेला को पो लठ्ठ छैन र?
माया त यस्तो होस्
कि उदासीनतामा पनि चट्ट होस् |
हाम्रो प्रेम देखेर
अरुको मन पनि कटक्क होस्,
माया त यस्तो होस् |

बन्द कोठामा प्रेमको राँको
जसले नि बाल्दो हो,
माया त यस्तो होस्
कि दूरीमा पनि मुरी होस् |
घर भनेको आखिर प्रेमको आभाष न हो;
जहाँ तिमी र म हुन्छौं
त्यहीं हाम्रो धुरी होस् |

समय सधैँ कहाँ एकनासको हुन्छ र?
नचाहे पनि त कहिले टाढा हुन पर्छ
माया त यस्तो होस्
कि टाढा हुँदा नि गाढा होस्
जब मेरो जिन्दगी नै तिम्रो नामको छ
क्षणिक दूरिमा कुनै पिर नहोस् |

सम्बन्ध हाम्रो यस्तो होस् कि
हामी दुईलाई विश्वासले बाँदोस्
आखिर माया नि त विश्वासमै अडेको छ;
माया त यस्तो होस्
कि तिमी मलाई बुझ्नु, म तिमीलाई बुझ्छु
बस,
प्रेम जताउन नपरोस्, बताउन नपरोस् |


Thursday, June 9, 2016

(सल्लीपिर) Sallipir: My opinion on Nayan Raj Pandey's book

सल्लीपिर (sallipir)सल्लीपिर by Nayan Raj Pandey
My rating: 3 of 5 stars

Not a 3 star but certainly not a 2 star either. 2.5 out of 5 for me. Going through once is enough. Story of mountain region but it lacks flavour and fails to impress if the reader is well known to the mountain conditions and life there. Seems, writer has not done his homework to catch the essence of the lifestyle there. Everything is described in surface (bar exceptions) and the story lacks depth. I am an emotional reader and cry to everything that is vaguely heart-touching. But this story could not trigger the emotional part of mine. I did not even shade a tear. There are mistakes in the book which are rectified on the second edition though. But the errors halt your reading if you are going through the first edition. Language is sweet as expected from the writer. The story is nicely written but lacks something to the core. Recommended for the one time read because the style of writing and sweetness of language can win your heart.


View all my reviews

Thursday, May 26, 2016

एसिड

यो बर्सादी बादल;
लाग्छ,
मेरो मनको अशिम सपनाहरु हुन्,
उड्दै उड्दै
आकाशमा भद्दा बादल हुन पुगेका |
जब एक पछी अर्को
मैले सजाएका सपना
विफल हुँदै फोहोरको थुप्रो जसरी
गगनमा चाँङग लाग्न थाल्छ,
तब एकै पटकमा तुहिन्छ
मेरा बर्सौं देखिका सपना
आफ्नै भार सहन नसकेर |

बर्सिएका प्रत्यक थोपाले
मेरो शरीर भरी शेष नागले
डसेझैं डस्छ,
र मेरो मनसम्म पुगेका विषालु बाछिटाले
मलाई बेस्सरी पोल्न थाल्छ |
अब त्यहाँ कुनै स्वप्न फुल्न सक्दैन |
मरुभूमिमा हफ्तौं भौंतारिएको
प्यासी जिब्रोमा पानी खन्याउंदाझैं,
जल्न थाल्छ मेरो शरीर |

कठै,
आफ्नै स्वप्न डेट-एक्स्पायर्ड भएर
आफैंलाई सिध्याउने एसिड बन्दो रहेछ |
image source: i251.photobucket.com


Wednesday, May 11, 2016

मलाई नारी बन्न मन छ

कहिले काहिँ मलाई आफ्नो
पुरुषत्व त्यागेर
नारी हुने तिर्सना उर्लेर आउँछ |
छाँटिलो शरीरमा
उच्च स्तन भिरी
आफ्नै छाती फुलाउने रहरले
मलाई गाँजेर ल्याउँछ |
धर्तीका जुनसुकै मै हूँ भन्ने
पुरुषको पनि रौं ठाडो पार्ने
तिलस्मी गुफा आफ्नै टाँङगमुनि च्यापेर
हिड्ने रहरले मलाई झक-झकाई रहन्छ |
अन्तरिक्षमा तारा मरेर बन्ने ब्ल्याक होलको
मलाई के वास्ता?
धर्तीमा तारा जन्माउने अङ्ग
मसँग होस्,
'नारी भन्दा पुरुष बलवान छन्'
भन्ने सोचको हत्या गरी
आँफै त्यसको श्राद्ध गरी
पिण्डो सेलाउने इच्छा
ममा, कुर्लेर आउँछ |


होला,
पुरुषवादी समाजले दर्साएझैं
नारीले हरेक महिना 'पाप' पखाल्नु पर्ला
तर,
आफुँले गरेका पाप आफुँ भित्रै
सदा-सर्वदा संचय गर्नुको साटो,
नारी भएर ती पाप हरेक महिना
ह्वाल-ह्वाल बगाएर
मलाई पवित्र हुन मन छ |
बर्सौं देखिको पापबाट मुक्त भएर
मलाई
निष्पाप हुन रहर छ |
फेरी,
त्यो 'पाप' बगाएको केही दिन पश्चात नै
'काम-बाश्ना'ले भरिएर नारीकै
'पापी' टांगमा लम्पसार पर्ने पुरुषको
दोहोरो चरित्रलाई हेरी
अलिकति त्यस तुच्छ प्राणी प्रति
दया राख्दाको आनन्द
मलाई पनि अनुभव गर्न मन छ;
मलाई नारी हुन मन छ |

एउटी नारीबाट जन्म लिई
उसैको रगत चुसी हुर्केर
त्यहि नारी जातलाई नगन्ने
पुरुषको खोल र चरित्र
त्यागेर मलाई,
नारी बन्न मन छ |



Image source: http://www.manojpathak.com/journalist/images/navratr.gif


  

Wednesday, March 23, 2016

Changing society, generation gap and expectations

Not long ago, one of my good friends reviled the generation gap. He lambasted on how his parents never comprehended his situations. Thus, every talk ended up in contentious discussion. And suddenly everything was a conundrum. There he concluded how traditionally backward their perception was and how foolish they were. I listened to him carefully sipping the finest coffee and adoring it more. My garrulous friend went on being pompous about how his parents would goad him to marry the girl of his own caste. And right then, everything became crystal clear to me. He was impaired by their parents’ decision which made him boorish.
Having found out that he was in a relationship to a ‘lower caste’ girl, his parents tried to talk him out of the relationship. The reason was obvious. They did not want society to make fun of them. My friend despised the notion to abandon his true love. And rightly so. And the reason that his parents brought forward was not cogent. His beloved was adept, gifted and was thriving towards the beautiful career. Therefore, it was not rational of them to rule out the relation on the sole basis i.e. caste. If she belonged to the same caste, they would have loved to get someone like her for their son. Only the ‘caste’ seemed to be the deterrent which they could not condone.
It was utterly wrong of his parents to draw conclusion like that. But what we (current generation people) do and how we react to the thing further enervates the cause. We fail to comprehend that any first reaction that we get from our parents are not immutable but they are only empirical. They tend to have their stance on that very basis but any healthy talk can alter that. I asked my friend whether he tried to develop logical discussion after their parents’ initial reaction. To my dismay, he replied that their response only agitated him more and he was left with implacable feelings. Subsequently, he occluded the conversation (with his parents) with sheer anger and hurled out of the house. And there he was, in front of me, fuming and cursing his ‘obdurate’ parents.
Perplexed by his behaviour, I asked him if he would accept his children if they turn out to be homosexual. He pondered long and hard. As far as I have known him, he was always a bit skeptical about welcoming homosexuality. His response was an uncertain yes. I further asked him if the answer would be an instant yes or a thoughtful yes. He knew where I was going with the conversation and he looked at me with the guilty eyes. Without waiting his reply, I asked him if he considered homosexuality a stigma. He was truthful that he would accept homosexuality as far as it stayed outside his home. When I asked him if his parents ever had a problem with inter-caste marriages outside his home, his reply was a concrete ‘no’. I added if he was any different than his parents, then? Wasn’t that a hint of hypocrisy bashing them when he would also act alike with the similar agenda? He remained quiet. His silence was a tacit agreement.
We complain a lot about the generation gap and how our perceptions never intersect. But we never realize that their belief and their decision are not always the product of their insularity. We, as their children, should play our part in updating them with the ‘positive’ changes in our society. Their quibble on certain things should not be considered perennial. With logical discussions and proper treatment (without hurting their ego), elder generation can rescind their outdated views and will not refute any kind of progressive changes. We want our parents to take quite a leap but the right thing to do is to lead them to it. Perhaps, our timeline is the one with rapid changes overall and our parents have experienced quite an alteration. It would be foolish of us to dent their transformation. We belong to the generation who think we are always right and any changes we embrace should also be acknowledged by other generations without delay. We expect older generation to undergo changes frequently and get to the modern side of the world without any hesitation but often times, it’s us who forget to build the bridge for them.

Thursday, March 17, 2016

City of Dreams: Book Review (Not exactly)

City of Dreams: StoriesCity of Dreams: Stories by Pranaya SJB Rana
My rating: 4 of 5 stars

Pranaya Rana's story telling is too good to be called a debutant's work. Having read only Samrat Upadhyaya's works long ago, I started long ago to ignore Nepali writers writing in English. A lot of English books written by Nepali writers are stacked in my book shelf and I think it's time to kick out my ignorance.

Coming back to Pranaya and his book, I think this is one of the best collection of short stories. Out of ten stories, three stories (Dashain, The Red Kurta and Maya) left me disappointed while other stories are the early signs that 'this writer' will not only be better with time but will mark his place high as a writer, as a whole.

I am not going to review each story here. But I recommend everyone to read this book.


View all my reviews

आलु

घरमा ठुलै हाँसो थियो | बिहान म हिंड्दा सम्म त कोहि आउने कुरा थिएन | दिउसो त घरमा रमाइलो माहोल भैसकेछ | भित्र छिरें | मामाघरबाट हजुरआमा र माइजु आउनु भएको रहेछ | नमस्ते गरें, सन्चो बिसन्चो के कस्तो छ भनेर जानी सकेर म फ्रेस हुन बाथरूम छिरें |
फ्रेस भएर निस्केपछि, हजुरआमाले मेरो बिहेको कुरा झिक्नु भयो | ‘बाबु, अब नातिनीबुहारी भित्र्याउने इच्छा छ |’ आलु ताछ्दै गर्नु भएको आमा मलाई हेरेर मुसुक्क हास्नु भयो | ‘हामी यसरी आएको बेला, नातिनीबुहारीले बनाएको खाजा खान पाए कति आनन्द आउँथ्यो | ‘ हजुरआमा भन्दै हुनुन्थ्यो |
‘हो, अब त हाम्रो नानीलाई नि साथी चाहियो नि |’ माइजुले कुरा थप्नु भयो |
नलजाउँ भन्दा भन्दै पनि हल्का तातो भयो मेरो गाला | लजालु मुस्कानले ओठ फराकिलो भयो |
‘भर्खर त २५ वर्षको भएँ | राम्रो जागिर अनि पढाई पूरा गरेपछी त हरेक इच्छा पूरा भैहाल्छ नि हजुरआमा |’ मैले भने | ‘अब २-३ बर्ष पर्खिनु न |’
‘आफ्नो खुट्टामा राम्ररी नउभिई त के कर गर्नु र आमै? अहिले पढोस्, माथिल्लो तहमा पुगोस् अनि चाहिँ सोच्नु पर्छ |’ आमाले हजुरआमालाई भन्नु भयो | मलाई आमाको त्यो बानी सार्है मन पर्थ्यो | अरुबेला पनि यस्तो अवस्थाबाट मलाई निकै पटक पार गराईसक्नु भएको थियो उहाँले | मैले आमालाई आँखाबाट नै धन्यवाद दिएँ |
उहाँले बुझ्नु भयो; मुस्काउनु भयो |
‘अचेल त केटीको खडेरी नै छ बाबै | झन् बाहुनी केटी त भेट्नै गाह्रो | अन्तरजातीय बिहे हुन थाले धेरै, त्यसमाथि लभ नगर्ने केटा-केटी भेट्नै गाह्रो | अहिले देखि नै खोजीरहे बरु बिहे गर्ने बेला सम्म ठिक्क भेटिन्छ नत्र ढिला हुन्छ |’ हजुरआमाले देखेको कुरा व्यक्त गर्नु भयो |
मैले केहि भन्नु अघि नै माइजुले थप्नु भयो ‘हो, मेरो भाईको बिहे गर्न त्यस्तै भयो | केटी खोजेको १.५ बर्ष पछी बल्ल बल्ल बिहे भयो | ख्याल गाह्रो भो!! कि त चाँडै खोज्नु पर्छ कि त भान्जा आफैले खोजे राम्रो |’
‘कि तिमीले नि लभ गर्या छौ बाबु?’ हजुरआमाले फ्याट्टै सोध्नु भयो |
आमा मलाई हेरेर हास्नु भयो | बेला-बेला लुकी लुकी कुरा गरेको अनि राती खास-खुस फोन गरेको ४-५ पटक भेटी सक्नु भएको थियो उहाँले | को हो भनेर एक चोटि सोध्नु भएकै पनि हो | साथी भनेर टारी दिएको थिएँ | आमा त पर्नु भयो, के लुक्थ्यो उहाँ बाट कुरा? ढाँटे पनि, हाउभाउले पत्तो लाइसक्नु भएको थियो | त्यसैले
अहिले मलाई हेरेर के जवाफ दिन्छ भनेर केहि नबोली हाँसी मात्र रहनु भयो |
‘त्यस्तो केहि छैन हजुरआमा’ मैले आँखा नजुधाई भनें | आमा तिर यसो आँखा सन्काएँ | आलु ताछी, काटी सकेर आलु पखाल्दै उहाँले भन्नु भयो ‘अहिले सम्म त त्यस्तो केहि छैन भन्छ | रहेछ भने नि जातकै रोज्या भए झन् बेस हुन्थ्यो |’ आमाले मेरो कुरा बुझेर आफ्नो कुरा अघि सार्नु भयो | म मुस्काए; एक त उहाँले हजुरआमाको
प्रश्न बाट मलाई बचाउनु भयो | अर्को, उहाँले रोजेको केटी स्वीकार्ने जस्तो कुरा गर्नु भयो | आखिर ऊ पनि त बाहुनी नै थिई | अर्कै जात भएको भए फसाद हुने रहेछ |
‘जात भनेर नि नहुने रहेछ, तल्लो घरे कृष्णको जेठी बुहारी कुजातकि थिई | पहिले हेप्नु हेपे त्यसलाई, कान्छी बुहारी जातकै ल्याए | अहिले कान्छीले देखी नसहेर त्यहि जेठीसंग बस्या छन् | उसैले मान-सम्मान, माया गर्छे रे | आखिर सबै भन्दा ठूलो कुरो माया नै रहेछ |’ माइजुले भन्दै जानु भयो | ‘मर्ने बेलामा दुई छाक खान र हसिंलो
मनले पानी दिने मान्छे भए त्यहि लाख हुने रहेछ | सम्पति अनि आफ्नै जातको बुहारी भएर नि आखिर के पाए त तिनले? आखिरीमा त्यहि ‘कुजात’ भगवान भई |’ आमाले माइजुको कुरा सुनेर च्व:च्व गर्नु भयो |
‘के जमाना आयो यस्तो खै’ भन्दै हजुरआमाले खुईइय: सुस्केरा हाल्नु भयो | ‘तिम्रो राम्रो होस् बाबै, हाम्री छोरीले सुख पाओस् |’
त्यो कुरालाई मोड्दै मैले भने, ‘हजुरआमाले नातिनीबुहारीले पकाएको खाने इच्छा गर्नु भएको होइन? त्यो त पछी पूरा होला, अहिले नातीले पकाएको चाख्नु है त |’ यति भनेर चुलोमा कर्हाई बसालें | आमाले पखाल्नु भएको आलु पकाउन ठिक्क भएँ |
‘हामी छदाँ-छदैं कहाँ तिमीले पकाउने बाबु? छोरो मान्छे भएर |’ हजुरआमा कड्किनु भयो | माइजुले पनि हो मा हो मिलाउनु भयो | ‘माइजु आएको बेला कहाँ भान्जाले पकाउने कुरा गर्नु भएको बाबु ? अरुले के भन्लान्? छोड्नुस् म पकाउँछु |
‘पकाओस् न त भाउजु, कति काम गर्नु हुन्छ? आज भानिजले पकाएको चाख्नुस | उसलाई बेला-बेला पकाउने जाँगर चल्छ |’ आमाले यसो भन्दा मैले तेल तताउन हाली सकेको थिएँ | मैले आमाको कुरालाई साथ दिएँ | माइजु अफ्ठ्यारो मानेर बस्नु भयो |
तेल तातेर मेथी र खुर्सानी फुराएँ मैले | अनि आलु झ्वाईंय बनाएँ | यो सब हजुरआमाले बडो चाख मानेर हेरी रहनु भएको थियो | भन्नुभयो ‘केटा मान्छेले पकाएको कस्तो नसुहाउने | के जाँगर चलेको हो यो नातीलाई |’ म फिस्स हाँसे |
‘नसुहाएर भयो त आमा? कहिले काहिँ गाह्रो साह्रो पर्दा, केटाले यस्तो जानी रहे घरमा कत्ति सजिलो हुन्छ | हजुरको छोरालाई त पानी तताउन पनि आउंदैन | म बिरामी भएको बेला कति गाह्रो हुन्छ |’ माइजुले अमिलो मन लगाएर भन्नु भयो |
‘ हो त, मलाई नि छोरोले पकाई हाल्छ भनेर ढुक्क छ | त्यसैले त एक-दुई दिन माइत बस्दा, कतै जाँदा, ढिलो हुँदा अनि बिरामी पर्दा पनि घरको चिन्ता लिनु पर्दैन | उसले पकाउन नजानुन्जेल मलाई कस्तो गाह्रो थियो |’ आमाले सन्तोकको श्वास फेर्दै भन्नु भयो | ‘अहिले आनन्द छ |’
‘त्यसो भनेर हुन्छ? आफ्ना सजिलाको लागी छोरा मान्छे लाई दुख दिन हुन्छ? उनीहरु त पढ्ने, जागिर खाने पो हो त | घरको काम त छोरी मान्छेले गर्ने हो |’ हजुरआमाले अलि कडा श्वर गर्नुभयो |
यतिन्जेल मैले नून बेसार हालेर आलु बिस्तारै चलाउँदै थिएँ | माइजु चुप रहनु भयो | आमा केहि बोल्न खोज्दै हुनुहुन्थ्यो मैले बीचमै काटें, ‘त्यसो होइन नि हजुरआमा, पहिले पो छोरी मान्छेलाई पढाउँदैन थिए | त्यहि भएर छोरी मान्छे कुटो-कुच्चो गर्न बाध्य थिए |’ मैले आलुमा जीराको धूलो छर्दै भने | ‘अहिले त छोरा-छोरी बराबरी
छन् | पढ्ने लेख्ने, जागिर खान जाने, सबै संगै गर्छन् | दुवै थाकेर घर आउँदा अब त छोराले पनि बुझेर छोरीमान्छेलाई घर-धन्दामा सघाउनु जरुरी छ |’
एकफेर आलु मजाले चलाएर माथि बाट मैले प्लेटले छोपिदिएं अनि आगो अलि सानो पारें |
माइजु अनि आमाले मेरो कुरा सुनेर मनमनै स्याबास भने जस्तै भान भयो मलाई | म गमक्क परें | उता हजुरआमाले केहि सोचे जस्तो गर्नु भयो र भन्नु भयो ‘नातिनीबुहारीले सुख पाउने भई उसो भए |’
सबै जना हास्यौं |
एकछिन पछी आलु पाकेको सरर बास्ना आयो | मैले पुन: एक चोटी आलुलाई ओल्टाई पल्टाई पारें र ग्यास चुलो बन्द गरिदिएँ |
आमाले सबैलाई भाग हाल्नु भयो अनि सबै भन्दा पहिले हजुरआमालाई दिनु भयो | हजुरआमाले तात्तातो आलु फु: गरेर खानु भयो | मैले उहाँलाई ठुला आँखाले हेरी-रहें |
‘भोली घर फर्कने बेलामा पनि यस्तै मिठो आलु पकाउँछौ नाती?’ उहाँले हासेर सोध्नु भयो |
‘फेरी छोरा मान्छेलाई नै पकाउन लगाउने हजुरआमा?’ मैले हाँसेर सोधें |
सबै जना खुलेर हास्नु भयो |
‘लाटा!’ हजुरआमाको नजरमा थोरै ग्लानी छल्की रहेको थियो |

Friday, March 4, 2016

दुलहीलाई चिठ्ठी

प्रिय दुलही,
माया |
सानो हुँदा तिमीले सोचेकी थियौ होला कि एउटा राजकुमार घोडा लिएर तिमीलाई लिन आउनेछ र लिएर जानेछ तिमीलाई यस्तो स्वप्न महलमा जहाँ तिमी सुखी र सम्पन्न हुनेछौ | उमेर बढ्दै जाँदा, राजकुमारको स्वरूप परिवर्तन हुँदै गयो होला या भनौं 'राजकुमार' त केवल ती बाल-स्मृतिमा मात्र सिमित भयो | त्यो मीठो सपना र अहिलेको तीतो यथार्थको मिश्रण नै जीवन हुन पर्छ | सायद, अब तिमीले मीठो सपना तीतो यथार्थसंग घोलेर दिनहुँ पिउनु पर्छ |
प्रिय दुलही, तिम्रो मागी विवाह हुँदै छ भने तिम्रा लागी हरेक चीज नयाँ छ | घर, परिवार, इस्ट-मित्र सब नयाँ हुने नै भए, त्यस माथि जो संग जिन्दगी बिताउने हो ऊ पनि नयाँ | सोच्दा नै आंग सिरिङ्ग हुन्छ | बिहे अगाडिको हलुका परिचय र चिनजान के काफी होला एउटा मान्छे चिन्न? बिहे गर्ने भनेर चिनजान गर्दा त जो कोहि पनि राम्रो बन्न र देखिन खोज्छ | के देखावटी परिचयको आधारमा पूरा जिन्दगी बिताउन सकिन्छ? हुन त यो कुरा द्वैपक्षीय हो तर सारा त्यागेर अपरिचित संसारमा जाने नारी हो | सुन्दर भविष्यको वाचा एउटा नमीठो धोका रहेछ भने? यस्तै प्रश्नहरुले तिम्रा कदम अनि मन भारी हुँदो हो | ती मनका गह्रुँगा बादल, कति दिन सम्म पानी बनेर आँखाबाट बर्सी रहन्छन् त्यो तिमीले आफैले भोगेकी छौ | केवल आँसु अनि अलि कति आशा बोकेर तिमी उज्यालो भविष्यको खोजीमा लम्किन्छौ ती लामा अन्धकार गल्लीहरु छिचोल्दै | कसले भन्यो तिमी कमजोर छौ?
यदि तिम्रो प्रेम विवाह हुँदै छ भने तिमीले आफ्नो 'राजकुमार'लाई त चिनेकी हुन्छ्यौ तर बाँकी परिवेश त बिरानै हुन्छ | जस्तै रोजेर बिहे गरे पनि के उसको माया आमाको माया जस्तो निस्वार्थ होला? के उसको माया बुवाको प्रेम जस्तो स्वच्छ होला? आज सम्म एउटी घरको छोरी भएर रहेकी मान्छे, बिहे लगत्तै अर्को घरकी 'आमा' हुन पर्दछ | सबैको हेर-चाह, ध्यान अनि ख्याल राख्नु पर्दछ | तिम्रो हेर-चाह कसले गर्छ दुलही? एक्कासी केहि दिननमै परिवर्तन भएको त्यो भूमिकामा तिम्रा सुक्ष्म गल्ति नजरअन्दाज होला? के तिमीले आफ्नो 'माइती'मा जस्तो निर्धक्क गल्ति गरेर त्यसलाई सच्याउने मौका त्यहाँ पाउने छौ? डर नै डर बीच खरो उत्रिन पर्ने यो कस्तो परिक्षा हो?
त्यसैले, उमेर संगै बिहेको परिभाषा बदलिँदै रहन्छ होला | न त बिहे सुन्दर सपना भई रहन्छ, न त तिमीले बिहे गर्ने दुलाहा 'राजकुमार' | न त घोडा चड्ने रहरले आमाको न्यानो काख बिर्स्याउंछ न त पतिको प्रेमको चाहले पिताको माया खल्बल्याउँछ | बालापनको सारा स्वप्न पग्लिंदै जान्छ र एउटा मात्र चाहना बाँकी रहन्छ; बिहे गर्ने केटा र उसको घर असल परुन् | सायद, त्यहाँ पाउने खुसी र प्रेम नै वास्तविक सम्पन्नता हो र पतिको मायालु वचन/व्यवहार उसको सुन्दर छहारी | आफ्नो सारा सुखसयल छोडी दुई टुक्रा खुसीको चाह राख्दै आफु जन्मे हुर्केर्को, आफ्ना कलिला हाँसोले पोतिएको घर चटक्कै छोडी जानु पर्ने कस्तो कर्म तिम्रो दुलही?
प्रिय दुलही, तिम्रा मुठ्ठीमा कैद असंख्य सपनाहरुले निकास पाउन् | पतिको न्यानोपना र अन्य सदस्यको मीठो व्यवहारले तिनलाई मलजल गरी रहून् र फुल्न सकोस् तिम्रा सपना तिम्रा आँखामा, ओठमा र तिम्रा पवित्र कोखमा | तिमीलाई व्यैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना | तिमीले आफ्ना खुसीको तिलान्जली दिन्छ्यौ र त चलेको छ यो संसार |
उही, 
भाष्कर |
source: pinterest.com

Thursday, March 3, 2016

फिरफिरे: book review

PhirphirePhirphire by Buddhisagar
My rating: 3 of 5 stars

दुई मित्र, पवन र बसन्त (बन्ते), को कहानी हो फिरफिरे | कथा सरल छ तर नौलो छैन, कथाले हाम्रै गाउँ ठाउँको यथार्थ चित्रण गरेको छ | अपेक्षा गरिए अनुसार, बुद्धिसागरको भाषा मीठो छ | तर उपन्यासको मूल कथा दरिलो छैन | ५४० चानचुन पाना भएको यो किताब, बेला-बेला पढ्दै जाँदा अनावश्यक लम्ब्याएको भान हुन्छ | त्यो हुँदा-हुँदै पनि पढ्दै जाँदा दुई थोपा आँसु नखसेको भने होइन, बेला-बेला नमुस्काएको पनि होइन | जुठी आमै, पिच्कु माझि र बुख्याचाहरुले मन किताबमा तानी रहन्छन् | जुठी आमैले बुनेका कथाहरु उत्कृष्ट छन् | बुद्धिसागरको कल्पना शक्तिलाई त्यहाँ मान्नै पर्ने हुन्छ तर जुठी आमैको भुमिका सक्केपछी, किताब एक किसिमले अशक्त हुन्छ, कनी-कनी अगाडि बढ्छ | त्यसरी घाइते भएको किताब, पवन बिरामी भएर फर्केर आएपछि झन् कमजोर बन्छ | पवनको जीवनको नयाँ सुरुवात सुस्त हुन्छ र अनावश्यक वर्णनले न त पाठकले 'कठै' भन्छन् नत त्यसमा रमाउन नै सक्छन् |

समग्रमा उपन्यास औसत छ | बुद्धिसागरको कर्णाली ब्लुज भन्दा फिरफिरेको वजन कम छ | किताब सक्किएपछी पाठकको मन 'किताब पढी सक्कियो' भनेर खिन्नता हुन्न | अझै पढ्ने चाह पनि हुन्न | त्यो हिसाबमा यो किताब लेखकको पहिलो उपन्यासको दाँजोमा पछारिएको छ | व्यापारिक रूपमा बुद्धिसागरको मीठो भाषा र छविले गर्दा केहि सफलता हासिल गर्ला | पुस्तक प्रवर्धनले पनि ठूलो भूमिका खेल्ला | तर, किताब विश्लेषकले यो किताबलाई निकै अब्बल दर्जाको किताब भन्ने सम्भावना न्यून छ |

फिरफिरे नराम्रो किताब भने होइन | बुद्धिसागरको लेखन अनि भाषाले छुन्छ भने यो किताबले त्यति धेरै निरास नपार्ला | तर कर्णाली ब्लुज पढेर लेखकबाट अझ उत्कृष्ट किताबको आशा छ भने त्यो यो किताबले पूरा नगर्ला | 'Goodreads' मा review लेख्दै छु त्यहि भएर किताबलाई ५ मा ३ अंक दिएको छु | (५००+ पर्ने किताब) बजेटले साथ दिन्छ भने र बुद्धि दाईको जबर्जस्त fan हुनुहुन्छ भने यो किताब (नछुटाउनु होला त भन्दिन) पढ्दा हुन्छ |


View all my reviews

Wednesday, February 17, 2016

Book Review: The Old Man and the Sea

The Old Man and the SeaThe Old Man and the Sea by Ernest Hemingway
My rating: 4 of 5 stars

This is a great story of struggle, patience and hope. It hooks the readers to the story; the characters and setting come alive in reader's mind as if they were real. Only drawback this book comprises is that it's a tad complex read for those who are not familiar to the tools and terms of fishing. I struggled a bit to have a smooth ride. Other than that, it is a fantastic read. Everyone should go through this book at least once in their lifetime.

Spoiler Alert: ( Following paragraphs contains the summary of the book):

Hemingway's last piece of fiction, 'The Old Man and the Sea' is about an old fishermen who goes 84 days without catching a fish. Abandoned by his young apprentice, Manolin (due to his parents' pressure), Santiago goes distant in search of fish. After a great deal of patience, he finally manages to have his bait on Marlin, a big beautiful fish. He struggles to keep hold of Marlin for couple of days and nights. In this period, he thinks of ball game and the young boy, dreams of African lions, talks to himself and also the fish calling it 'the brother'. Next day, he manages to stab the fish and straps it at the side of the skiff and heads home thinking about the market value of the fish.

During the journey back to home, he has to deal with many sharks as they come for Marlin. After the battle with some sharks, he argues with himself if he has created a sin by killing the fish and the sharks. As night approaches, he fails to defend and only the skeleton remains at the sunrise.

He heads home disappointed and exhausted and throws himself on the bed. Manolin as always comes and checks the old man's place and cries upon finding him safe. He brings him coffee and newspaper and they talk of fishing together. People and fishermen outside regret to find the big fish eaten by Sharks and sympathize for the old man.


View all my reviews

Thursday, February 4, 2016

सपना

बालापनको सपनाको भित्तो च्याती
जब बाहिरिन्छ ऊ,
पछाडि फर्केर एक थोपा आँसु झार्दैन |
ती सपनाहरु मरेका
कैयन दिन भइसके |
केवल तिनका अस्थिपन्जरले
उसलाई तर्साइरहेथ्यो;
आज ऊ,
आफ्नै 'मिठा' सपनाको संसारबाट
'उम्केर' निराश छैन |

हरेक रात बाँच्न नसकेका  सपनाहरु
न्याय माग्न उसका निन्द्रा बिथोल्छन्;
अब अर्को सपना बुन्न
उसको आत्मबल हारिसक्यो |
त्यहि पनि केहि आशा बटुली
केहि 'तरल' सपना मुठ्ठीमा कसी
भाग्य बनाउन खोज्छ ऊ |
संघर्षको हिँडाई धेरै वर्ष हिँडेपछी
हत्केला खोलेर हेर्दा -
सपना, औंलाको कापबाट चुहिएको बर्सौं भएछ |
सपनासँगै अलप हुन्छ उसका उमेर अनि रहर |
पर क्षितिजमा डुब्न लागेको घाम हेर्दै गर्दा,
उसका बुढो आँखाले धमिलो दृष्य देख्छ
आफ्ना बचेका सपनाहरुले डाँडा काट्दै गरेको |
त्यस बखत,
खुब माया लागेर आउँछ उसलाई,
उसका अपूर्ण स्वप्नहरुको |  

Monday, January 25, 2016

सहनशीला सुशिला

सहनशीला सुशिलासहनशीला सुशिला by भीमनिधि तिवारी
My rating: 4 of 5 stars

भीमनिधि तिवारीद्वारा लिखित पुरुषवादी समाजको पर्दा उघारेको यो नाटक पठनीय छ | जुवा खेल्न पल्केको पतिको दुर्व्यवहारबाट गुज्रिने सुखमा हुर्केकी कर्नेलकी छोरी सुशिलाको सहनशीलता नै यो नाटकको सार हो | सुशिला माथिको क्रुरताले मन कटक्क बनाउँछ | र त्यो हाम्रो समाजको नाङ्गो यथार्थ चित्रण गरिएको हुँदा, कुन हद सम्म हाम्रो पुरुषवादी समाज नारी माथि हावी भएको छ\थियो भन्ने यस नाटकले दर्शाउँछ | यो नाटकमा दुई पाटा छन् | एकातिर सुशिला जति नै कुटिए\पिटिए\लछारिए\पछारिए र घरबाट निकालिए पनि पतिव्रता हुन छोड्दिन भने अर्को तिर सुशिलाको घरको सुसारे, सेते, को पत्नी भने गाउँमा सेतेको मायालाई लत्याएर गाउँकै घर्तीसंग लस्किएकी हुन्छे |

नाटकको पछिल्लो भागमा सुशीलाको पतिलाई वेश्याले धोका दिएर लुटे पछीमात्र उसको चेत खुल्छ र सुशीलालाई घर ल्याई सम्मान र माया दिई राख्छ | पछी उनीहरुका दुई जम्ल्याहा सन्तान हुन्छन्, लभ र कुश | यो नाटकले त्यो बेलाको समाजलाई उजागर गर्न सफल भएको छ |


View all my reviews

Saturday, January 16, 2016

Book Review: Kafka On the Shore

Kafka on the ShoreKafka on the Shore by Haruki Murakami
My rating: 5 of 5 stars

Not long before, one of my facebook friends posted a photo of a bag, full of Haruki's novels and expressed his excitement. Though I have heard of Haruki before, I never had the chance to go through his books. I zoomed in the picture and noted the books' names. There were five books namely Norwegian Woods, Sputnik Sweetheart, Kafka on the Shore, 1Q84 and Dance Dance Dance. Not long after that, the voracious readers I know in twitter posted about 1Q84 and his other books praising the author. Right then, I knew that the outer force was conspiring to exacerbate my situation. I had to buy Murakami's books or else I would not have been at peace.

Of all the books, I chose the thinnest book 'After Dark'. All other books were somehow thick and all I wanted to do was pick the book which was least talked on. I never saw/read the hype about After Dark. Hence, I wanted to know Murakami through his not so famous book (especially at my part of the world). Though I did not find the plot fascinating, the style lured me. The way he weaved his story was something to adore. Thus, started the love for Murakami. Subsequently, I bought 'Kafka On the Shore'.

Kafka On the Shore, written by Haruki Murakami and translated by Philip Gabriel, originally published on 2002 is a book based on surreal events and characters. The ride from the UFOs to the spectral worlds will only take the readers to the land of ecstasy. This is a story of mainly two characters. First, a certain 15 year old boy, name changed to Kafka, (abandoned by his mother with his sister) runs away from his sculptor father’s home seeking freedom. He winds up in Shikoku from his home town Tokyo where only Sakura, the girl he met in the train, is less stranger to him. She helps him now and then when he bumps into trouble as they both take one another as siblings separated on childhood. Kafka finds solace in the private library of Shikoku where the cross-gender librarian, Oshima, and its cryptic owner, Miss Saeki, provide him the much needed employment and roof to stay. The other part begins with Nakata, an enigmatic character who along with his school group encountered mysterious accident which made them lose their consciousness in the Shikoku Mountain while collecting mushrooms. All of them recovered after several hours except for Nakata. He remains unconscious for many weeks before waking up as a not so bright person but with the ability to talk to cats. Though, the story starts with these characters completely independent to each other, it muddles the readers how their events, time and space come to meet.

As the story rolls, Kafka falls in love with younger Miss Saeki (the ghost of her older self) who comes to his room in the library every night. One thing leads to another and Kafka makes physical relationship with older Miss Saeki who turns out to be his mother. At the other end, Nakata meets Kafka’s father in the course of his job as a finder of lost cats. Nakata is coerced to kill him as Kafka’s father turned out to be the cat killer. Consequently, Kafka is wanted by police as he has been missing and his father is murdered. To elude the investigation, Oshima takes Kafka to the secret place in the mountains where Kafka finds the semi-real world deep in its forest. Nakata, on the other end, tries to get himself arrested for murder but is dismissed by the cop taking him as an abnormal fellow. Subsequently, Nakata follows his psychic urge and starts his journey towards the west. He meets the truck-driver, Hiroshimo, who helps him in his unusual hunt. And this is where the two stories merge and give birth to this beautiful novel.

Haruki Murakami has been successful to keep the readers glued at this novel. There are no dull moments and until the half one cannot sense how the two stories are related to each other. In that regard, the reader has to be patient. Once the two strands start to relate, the novel gains the speed and keeps the readers at the edge. Overall, it is an exciting read. If you are a fan of surrealism, you are going to love this book.






View all my reviews

Tuesday, January 5, 2016

ऊ मरेकी छैन

U Mareki ChhainaU Mareki Chhaina by Bal Krishna Sama
My rating: 5 of 5 stars

'ऊ मरेकी छैन' बालकृष्ण समद्वारा लिखित एउटा सुन्दर धार्मिक नाटक हो | बिहान सबेरै कनकवीरको घरमा भिक्षा माग्न आउने शिवगिरिले कनकवीरको छोरी, कान्तिको हातको भिक्षा लिन अस्विकार गर्दछ र सो भिक्षा फालिदिन्छ | स्वास्नी मान्छेले दिएको भिक्षा नलिने भने पछी 'बच्ची' कान्तिले 'किन? के देवताहरुलाई स्वास्नी मान्छे मन पर्दैन?' भनेर गरेको प्रतिप्रश्न सुन्दर छ | यसमा कान्तिको बिद्रोही र उत्सुक स्वभाव दुवै प्रष्ट झल्किन्छ | आमा बिना हुर्किएकी छोरीको प्रतिप्रश्नलाई कनकवीर आँफैले आफ्नो किसिमले उत्तर दिएर साम्य पार्छ | आफ्नो बुवाको उत्तरबाट चित्त नबुझाई, कान्ति स्वयम् शिवगिरि भएको ठाउँमा गएर अघिकै प्रश्न गर्छे | स्वास्नी मान्छेबाट अलग्ग रहने शिवगिरि कान्तिलाई फेरी ऊ भएको ठाउँमा नआई आफ्नै घर गरेर खाने सल्लाह दिन्छ | हठी कान्ति पनि त्यो सब नमानी, सधै भजन र सत्संग सुन्न आउने र भक्तिभावमा आफ्नो जिवन बिताउने निर्णय लिन्छे | यी सबका बिच, उसले सामना गर्नु परेको सामाजिक व्यवधान, समाजको (कु)द्रिष्टि र विद्ध्यमान चलनलाई लेखकले सुन्दर तरिकाले उतारेका छन् | संसारिक बन्धन, मायाबाट बिस्तारै उठ्न चाहने कान्तिको सोच र इच्छाबाट स्वयम् शिवगिरि पनि हार्दा, नाटकले लिने मोडनै निर्णायक मोड हुन पुग्दछ |

कान्तिको भिक्षा अस्विकार गरे बाट सुरु भएको नाटकको अन्त्य, शिवगिरिको कान्तिसंगको अस्वाभाविक भिक्षा मगाईबाट हुन्छ | त्यसपछिको दृश्यले शिव-सतिको पौराणिक कथाको छनक दिन्छ |
मात्र १३ रुपियाँमा पाइने यो किताब (Can you believe it?) निकै मुल्यवान छ |


View all my reviews

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...