प्रेम युद्ध

एक्लो, फगत एक्लो
यो जीवनमा 
न त तिमी आउन सक्यौ
न त म उदाउन सकें

सून्य- सून्य यो स्तिथिमा 
कस्तो द्वन्द चर्केको हो
यो मेरो मनमा 
न त तिमीले बुझ्न सक्यौ
न त मैले बुझाउन सकें 

ठसाठस- ठसाठस कोचिएका 
अव्यक्त यी मेरा मनोभाव 
न त तिमीले पढ्न सक्यौ
न त मैले पोख्न सकें

त्यसैले त म दबिएको छु
आफैभित्र, फुक्न नसक्ने गरी
त्यसैले त म पिल्सीएको छु 
घाउहरु सुक्न नसक्ने गरी....

तिमीलाई मन-मनमा सजाउदा
मन भारी हुँदा बिसाउन सकिन
तिम्रा पर्खाइले बनेका ती चोटहरुको
व्यथा कतै दर्साउन सकिन

तिम्रा ओठको मुस्कानमा रमाउदा 
तिम्रा दुखमा तिम्रो हात समाउदा
मैले त आफ्नो होशै  हराएछु 
होशमा आएपछि,
तिमीले मेरो मन तोडेपछि,
 जोड-जोडले कराएछु 

तर त्यो रोदन, त्यो चिच्याहट 
कसले सुन्ने यहाँ?
मेरी नजिककी तिमीले त वास्ता गरिनौ
अरुलाई मेरो स्तिथि जान्ने फुर्सद कहाँ?

त्यसैले आज म एक्लो छु
फगत एक्लो
तिम्रो याद त मसंग छ
तर ती तीता भैसके 
मिठासको परिभाषा
तिनले दिन छोडिसके

अब त मन अमिल्लिएको छ 
तिम्रो याद धमिल्लिएको छ 
बिस्तारै यो मन पोल्न छोड्छ
तिम्रो यादको सिमा भित्र डुल्न छोड्छ 

अनि त्यसपछि  हेर्नु तिमीले 
यो एक्लोपना, यो एकान्तपन
कसरी स्वर्ग बन्छ 
अनि म रमाउनेछु  त्यसैमा 
राजा इन्द्र बनेर
अनि तिमी नाच्नेछौ मेरो इशारामा 
मेरै अप्सरा बनेर
मेरै अप्सरा बनेर ||

Comments

Popular posts from this blog

Choice Is Ours To Make

भान्जा-भान्जीलाई चिठ्ठी

ऊ मरेकी छैन