यो जीवनमा
न त तिमी आउन सक्यौ
न त म उदाउन सकें
सून्य- सून्य यो स्तिथिमा
सून्य- सून्य यो स्तिथिमा
कस्तो द्वन्द चर्केको हो
यो मेरो मनमा
न त तिमीले बुझ्न सक्यौ
न त मैले बुझाउन सकें
ठसाठस- ठसाठस कोचिएका
अव्यक्त यी मेरा मनोभाव
न त तिमीले पढ्न सक्यौ
न त मैले पोख्न सकें
त्यसैले त म दबिएको छु
आफैभित्र, फुक्न नसक्ने गरी
त्यसैले त म पिल्सीएको छु
घाउहरु सुक्न नसक्ने गरी....
तिमीलाई मन-मनमा सजाउदा
मन भारी हुँदा बिसाउन सकिन
तिम्रा पर्खाइले बनेका ती चोटहरुको
व्यथा कतै दर्साउन सकिन
तिम्रा ओठको मुस्कानमा रमाउदा
तिम्रा दुखमा तिम्रो हात समाउदा
मैले त आफ्नो होशै हराएछु
होशमा आएपछि,
तिमीले मेरो मन तोडेपछि,
जोड-जोडले कराएछु
तर त्यो रोदन, त्यो चिच्याहट
कसले सुन्ने यहाँ?
मेरी नजिककी तिमीले त वास्ता गरिनौ
अरुलाई मेरो स्तिथि जान्ने फुर्सद कहाँ?
त्यसैले आज म एक्लो छु
फगत एक्लो
तिम्रो याद त मसंग छ
तर ती तीता भैसके
मिठासको परिभाषा
तिनले दिन छोडिसके
अब त मन अमिल्लिएको छ
तिम्रो याद धमिल्लिएको छ
बिस्तारै यो मन पोल्न छोड्छ
तिम्रो यादको सिमा भित्र डुल्न छोड्छ
अनि त्यसपछि हेर्नु तिमीले
यो एक्लोपना, यो एकान्तपन
कसरी स्वर्ग बन्छ
अनि म रमाउनेछु त्यसैमा
राजा इन्द्र बनेर
अनि तिमी नाच्नेछौ मेरो इशारामा
मेरै अप्सरा बनेर
मेरै अप्सरा बनेर ||
No comments:
Post a Comment