Tuesday, June 23, 2015

मलमास (केटीको दृष्टिकोण बाट )

आज पनि यो रात ननिदाई
बित्ने भो,
मेरो प्यारो सिरानी
तिम्रो छाती,
म संग कहाँ छ र?
लाग्छ,
यो चन्द्रमा बनि
तिम्रो झ्यालबाट तिमीलाई
सुटुक्क चोरेर ल्याऊँ |
मलाई थाहा छ,
तिमीले झ्यालमा पर्दा हाल्न
पक्कै बिर्सिएको छौ |

बिहान नुहाएर आई
श्रिंगार गर्दा,
मेरो श्रिंगार पूरा गर्ने
मेरो सिउँदो भर्ने
ती तिम्रा हात यहाँ छैनन् |
जसो तसो आफैंले
सिन्दुर हाल्छु
ऐनामा हेर्छु
तर,
'आहा! कति राम्री देखिएकी'
भन्ने तिमी यहाँ छैनौ |
तिमी बिना मेरो श्रिंगार अधुरो छ |
तिमी बिना म अधुरी छु |

मलाई थाहा छ,
तिम्रो कोठा लथालिङ्ग छ,
सामान छरपस्ट छन् |
तर त्यो सबै भन्दा लथालिङ्ग,
तिमी भएका छौ |
तिमी अनि म,
आधा उता, आधा यता ;
चुँडिएर पल पल जिउनु
के फाइदा आखिर?
एक मन लाग्छ,
मेरा बा-आमाले मलाई
'तेरो घर जा नानि'
भनिदिउन् |
बतास जसरी हुर्रिएर आउथें,
तिमीमा लीन हुन |

मलमासको एक महिना,
कहिले बित्ला आखिर?
तिम्रो मायाँमा डुबेकी म,
यहाँ रुखाएकी छु,
तिमी बिना,
सुकेकी छु, ओइलाएकि छु |
कहिले आउला श्रावण महिना,
अनि म तिमी कहाँ आउनेछु,
तिम्रो प्रेमको वर्षामा भिज्न,
अनि फेरी फुल्नेछु
तिम्रो बगैंचामा
पिरतीको सुन्दर फूल बनेर ||


मलमास कविता केटाको दृष्टिकोण बाट पढ्न यहाँ क्लिक गर्नुहोस्
pic courtesy:bosconos.tumblr.com


Sunday, June 21, 2015

मलमास



गर्मीमा पनि प्यारो लाग्दैन
मेरो ओछ्छ्यान छेऊमा यो चिसो |
रातको यो समयमा,
कालो बादल बिच
लुकामारी गरेको त्यो चन्द्रमा,
तिमी झैँ लाग्छ |
मलाई सुटुक्क चिहाउन आएकी ||

बाहिर तिमीलाई नियाल्दै गर्दापो
म झल्यास्स हुन्छु,
कोठामा पर्दा नलगाएको नि
धेरै भएछ |
तिमी माइत गए देखी,
मेरो होश ठेगानमा कहाँ छ र?
सायद, तिमी चन्द्रमा बनी आउने,
यो मनले अगाडी नै थाहा पायो कि?

कोठा पनि न्याश्रिएझैँ लाग्छ,
पटक्कै उज्यालो लाग्दैन |
तिमी हुँदा,
यो कोठा नि त तिमीसंगै
धपक्क बल्ने गर्थ्यो |
अचेल त लाग्छ
पूरै असारे बादल
मेरै कोठामा मडारिएको छ |
र बर्सन्छ मेरा आँखा बाट,
मुसलधारे पानी |

सबेरै - सबेरै उठी,
नुहाई-धुवाई गरेर,
ती परेली केशका
शीत, जब मेरो जीउ भरि
छर्किन्थ्यौ,
मेरो बिहानी सुरु हुन्थ्यो |
तर,
अहिले चिसो सिरानीले
मेरो तन-मन चिस्याई रहन्छ,
र म परेली झिमिक्क नपारी
हेरी रहन्छु ढोकामा,
तिमीले चोखा शीत ल्याउँछौ कि भनी |

अब कति दिन सहनु
यो एक्लो पना मैले ?
उजाड उजाड लाग्छ,
यी सारा परवेश |
तिम्रो न्यानोपना कतै छैन |
चिसिएर असिना बनी,
टुक्रा टुक्रा भई बर्सन्छु कि कसो?
के तिमी आउँछौ,
मलाई बटुलेर अंगाल्नलाई,
यो उजाड पनलाई लखेट्नलाई,
श्रावण बनी,
हरियो चुरा लगाएर,
मेरो आगनीमा?

Pic. Courtesy: virginieravel.deviantart.com


Saturday, June 20, 2015

Rain, Rain. Come again.

Kathmandu, 2015-06-19

Rain... Aah!! Brings out the child in you. Those days when I was just a kid, I used to get soaked in rain. I never refrained from going out and getting soaked. As I grew up, it sadly got stopped. I started looking myself from adult's perspective, society's perspective and so on. In other words, I matured. And no one needs telling what maturity brings. There was no honest and simplest eyeing of the things. The innocence was long gone and you always keep in mind what the negatives are. Fun never comes with 100% fun. There is always a certain amount of risk/negatives in fun. Always. Your way of thinking as a child vanishes. You start to think like an adult. And that's when you lose the essence of life.

What will you think when a man of around 40 runs wild in rain, happily/willingly? I bet most of us think that he is a crackhead. Not your fault. That's society's fault. That's how we grew up, that's what we are taught and heard of, that's how we will react. No society/person should ever have any objection on what you do unless it affects/disturbs them negatively.

I ran like a child in the rain happily today. At first, unwillingly. Later, willingly. Where was my will previously? It was well buried under 'what will society or he/she/they will think' rock. I ran because I was close to my home. I thought I could make it on time. But later on, the child in me got sprinkled into life. And what did I do? I took the longer road to my home. While I ran, I never thought of myself or the society or anything. I ran like a child. Every step was filled with ecstasy. Every drop of rain, made me feel more alive. Whatever tensions/problems or the troubles (big or small) I had, were out of the picture. The 24 year old Bhaskar was 10 again. I imagined myself as a child, laughing/shouting, joyous and spirited child with no front teeth. The big bump of my stomach was gone, beard, moustache and whatever made me feel adult were all gone. I saw people watching me. That did not stop me from being who I am or doing what I want.

Whenever I dance or perform silly acts like a retarded seal in my home in front of my mom, she usually says, 'how will you live your life? Grow up.' And then I sing to her, 'यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी' (I will live my short life like this) sung by Narayan Gopal. 'Most people die at 25 and aren't buried until they are 75.' -Benjamin Franklin. How true is that from Mr. Franklin? What's the use of existing when you already stop living your life. Of course, living your life does not mean doing silly acts every time. But why should you refrain yourself from doing what you love or what you like?

I loved the run in the rain today. I loved bringing the child in me to life. I enjoyed this rain. I hope whenever I start to die before I live, these kind of things remind me of who I really am. That way, every cell gets rejuvenated and energizes you. Don't let society decide who you are. You are in charge of your life. You are your own architect. You can live in a cage or refuse to believe that the cage is your home.

Pic courtesy: lifehacker.com
Rain, rain. Come again.

Tuesday, June 2, 2015

दाजुलाई चिठ्ठी

आदरणीय/प्रिय दाजु,
ढोग/मायाँ |

             तिमी आदरणीय र प्रिय दुवै छौ, कुनै एक मात्र लेख्न सकिन | 'ढोग' गर्या देखेर चाहिं दङ्ग पर्यौ होला, जेठमै दशैँ आएको जस्तो भान भयो होला कसो? आदरणीय लेखे पछी ढोग झुण्डाउंदा अलि मीठो सुनियो के | खैर, छोडौं यो कुरा | 'Digital age' मा किन चिठ्ठी लेख्यो भनेर हैरान भएको होलाऊ, हुन्देउ नहोऊ | यो इ-मेल सी-मेल लाई लोप्पा खुवाई दिएको आज | यसरी लेख्दा मायाँ नि उम्लिने रहेछ, मिठास नि बढ्ने रहेछ | मौलिकता कायम रहोस् न, कसो?

जे होस्, हामी यहाँ सन्चै छौं | भूकम्पले हल्लायो, अहिले थाक्यो जस्तो छ | हामी नेपाली नि सार्है ज्याद्रा, मर्न पर्ला बरु घुंडा नटेक्ने | त्यसै बहादुर भनेर कहलिएका होइन रहेछौं हामी | यिनलाई नसक्ने भैयो भनेर सुस्तायो जस्तो छ भूकम्प | अर्को ६०-७० वर्ष पछी आउने योजना बुन्न थाल्यो जस्तो छ | बुनोस्, सक्दो गरोस् | गोर्खालीका सन्तान गोर्खाली नै हुने हुन् क्यारे |

बा-आमा न्यास्रिनु भएको छ | आखिर तिमीले परदेश टेकेको नि ३ वर्ष लागेछ | आफ्नो मुटुको टुक्रा टाढा हुँदा, के मानोस् त मनले? तिमीले नि बुझेकै छौ त्यो कुरा त | बा-आमालाई थाहा छैन मैले चिठ्ठी लेख्या, फेरी पूरा बलिवूड पारा ल्याइदिनु हुन्छ | मैले खुसुक्क चिठ्ठी लेख्नुको कारण चाहिँ अर्कै छ फेरी |

अघिल्लो वर्ष, तिमी १ महिनालाई नेपाल आउँदा त्यहाँको स्टिभले फलाएको चौंथो संस्करणको स्याउ ल्याएका थियौ नि | हो अहिले बजारमा नयाँ स्याउ आ'छ रे, स्टिभ बा त बितिगए तर उनका अनुयायीहरु मिलेर गजबको स्याउ फला'का छन् रे | छैंटौ संस्करणको अझ 'प्लस' भनेर निकाल्या छन् रे | हो त्यहि स्याउ तिमीले उताबाट पठाएर मैले यता खाएर म त टन्न मोटाएको सपना देखियो हिजो | हुन त मैले तिम्रो विदेशको दुख नबुझेको कहाँ छु र? सपनाको कुरा पो गरेको त | नराम्रो सपना बिहानै 'थाप्रेगोठ'मा बस्दा भन्नु भन्छन् | आफ्नो त राम्रो सपना सिधै तिमीलाई सुनाएको | बा-आमालाई नभन ल? मार्नु हुन्छ फेरी |

अब एक वर्ष सम्म एउटै स्याउ खाँदा खाँदा वाक्क भैयो | पोषण नि सक्यो होला भन्छु म त, नहुने कुरा सपनामा देखी हालियो, अब मीठो ताजा स्याउ खाने रहर कता नजागोस् त? पहिलाको स्याउ पाउँदा नि सपनामै देख्या थियो नि | आश त ह्वात्तै बढ्यो त्यहि भएर |  फेरी दाजु तिमी सार्है दयालु सानै देखी | आफुँ घुटुक्क थुक निलेर भए पनि मलाई सानोमा सिंगै चकलेट दिन्थ्यौ | कहाँ बिर्सेको छु र त्यो मैले? किर्तिपुरको भिनाजुले क्याडबरी ल्याईदिंदा, मैले म सिंगै खान्छु भनेर रोए पछी तिमीले घुटुक्क थुक निलेर, 'ला भाई, नरो.. तँ नै खा' भन्या थियौ | तिमीले थुक निलेको त मैले त्यो उमेरमा के जान्नु र? तिम्रो रुद्रघन्टी माथि तल गएको याद गरेको थिएँ | के डल्लो होला त्यो भनेर | अहिले आएर पो थाहा भयो त, भान्जा-भान्जी लाई आफुले नखाई चकलेट दिंदा, मेरो नि डल्लो माथि-तल दौडिन्छ | औडाहा भएर होला |

त्यति मात्र कहाँ हो र? नैकापको दिदीले ल्याउनु भएको चिजबल नि म तिमीलाई देखाई-देखाई खान्थे | बडो सन्तोकी थियौ तिमी, गोमाको छोरा नवराज जस्तो | तिम्रो नाम नवराज भएको-भए काइदा हुन्थ्यो | तर ठिकै भो, नत्र बिष्णुको भाई नवराजसंग नाम जुध्थ्यो | एउटै घरमा दुई नवराज के काम? लावण्य देशमा त एउटा मात्र नवराज थियो, रानी चाहिँ दुइटा थिए है | भाउजुलाई नभन नि, मार्नु होला | तर नधाटि भन्नु पर्दा, नवराज जस्तै नै थियौ तिमी | मीठो मसिनो जे थियो खान्थ्यो भन्नु हुन्थ्यो आमा | ढिडोचाहिँ पकाएकै भाडोमा हाल्दिन्थ्यो भनेर हाँस्नु हुन्थ्यो आमा, अझ हाम्रो बा-को भागमै पो झुठो ढिडो फाल्दिएको भनेर आगनमा बसेर कुरा झिक्नु हुन्थ्यो | बित्नु भएको नि ८ वर्ष भएछ | आज त्यो भुक्के मोरा भुक्के छोरो पाएर अम्रिकामा छ भन्न पाएको भए दङ्ग पर्नु हुन्थ्यो होला | भाष्करेको बिहे खाएर मर्न पाए हुन्थ्यो भन्नु हुन्थ्यो | बरा, तिम्रो नि देख्न पाउनु भएन दाजु | संसार निस्ठुरी नै छ |

तर तिमी निस्ठुरी थिएनौ | यत्रो भएँ, अहिले सम्म मलाई पिटेको थाहा छैन | गाली त गर्न परि हाल्यो, म जस्तो चण्डाल भाई भए पछी | म तिम्रो ठाउँमा भए देखि, पड्काई दिन्थे होला | त्यहीं बाट थाहा हुन्छ कि आमाले भने जस्तै दयालु अनि नवराज जस्तै सन्तोकी छौ तिमी | सन्तोकी थियौ भनेर अहिले नि आफैंले प्रमाण भेट्ने गर्छु | तिमीले लाउने पाइन्ट आफुले 'जडौरी' लगाउँदा खल्ती जम्मै प्वाल | कसरी सहेर बसेछौ नि तिमीले दादा, अहिले मलाई पारो तात्छ त्यो पतलुन लाउँदा | मलाई गरेको तिम्रो व्यबहार अनि माया सम्झेर नै भन्न सक्थें उही बेला, कि तिमी एउटा राम्रो छोरा र राम्रो बाऊ बन्छौ भनेर | तिम्रो तारिफ गरेर यहाँ बा-आमा थाक्नु हुन्न र तिम्रो हँसिलो गोथे छोरा फोटो/विडियो बाटै देखेर नि थाहा हुन्छ कि मेरो भविष्यवाणी गलत गएन |

खैर, छैंटौ संस्करणको स्याउ आओस् या नआओस्, तिमी नेपाल आउनु भतिज, भाउजु लिएर | बा-आमा लाई नाति खेलाउन औधी रहर छ | तिमीले viberमा पठाएको भतिजको video पूरै गाउँलाई देखाउनु भैसक्यो होला, मेरो नाति भनेर | चांडै नाति काखमा लिने रहर पूरा गर्देउ | अहिलेलाई यत्ति |

ए ए मिठा चक्लेट चाहिँ ल्याउन नभुल है |

उही तिम्रो स्याउले गाला भएको भाई,
भाष्कर ||

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...