मलाई थाहा छ
तिमीलाई मेरो याद आउँदैन
तिम्रो भित्री मनमा
मसंग बिताएका मिठा पलका
सम्झना कदापी छाउँदैन,
न त तिमीले त्यो
सुन्दर अतीत साँचेकी छौ
न त तिमी हाम्रो पुनर्मिलन हुने
आशमा बाँचेकी छौ ||
यदि,
साँच्चै तिमी म बिना न्यास्रीएकी भए
मेरो यादले सताएको भए,
जसरी समुद्रको पानी छाल बनी
तटमा आउन संघर्ष गरी रहन्छ,
ठीक त्यसरी नै,
तिमी म भएको ठाउँमा
आउन संघर्ष गर्थ्यौ |
तर, खेद छ तिमीलाई तिमी मौन रह्यौ.. ||
हो,
तिमी समुद्री छाल बनिनौ
किनभने तिमी नदीको पानी हौ
एकनास बस्न कहिल्यै जानिनौ
तिमी त बस् बगीरह्यौ
भाग्यले जता डोहोराह्यो त्यतै..
मात्र एकचोटी पनि टक्क अडिएर
किनारमा पर्खीरहेको मलाई हेरिनौ.. ||
तर,
जतिनै तिमी भागेपनि
जतिनै बगी रहेपनि
नदीको किनार त हुन्छ नै,
कुनै दिन मेरो श्वासले
तिमीलाई छुन्छ नै..
त्यैपनि तिमी बेवास्ता गर्छौ भने,
कुनै दिन नदी सागरमा मिसिन्छ नै
अनि त्यो दिन तिमी स्थिर हुनेछौ ||
ठीक त्यसै दिन,
म पनि हेर्नेछु
कसरी तिमी भाग्दी रहिछौ..
तटमा बसेको मलाई
छाल बनी तिमी कसरी नभेटऔला?
अनि कसरी तिम्रो मानसपटलमा
हाम्रो मिठो अतित नआउला?
बस् त्यही दिनको प्रतिक्षा छ J ||