फक्रन लागेको त्यो गुलाफको
कोमल तनमा जब काउकुती लगाउँछ
तब ऊ लजाउँदै सर्माउँदै मुस्काउंछे
आफ्नो जवानीलाई मन्द मन्द फुकाएर
अंग अंग सुस्तरी खोल्दै ऊ फक्रिन्छे
त्यो रुप त्यो योवनको रहस्य क्या खुल्छ, आहा!
ऊ हांस्दछे..
ऊ हाँस्दा लाली जब चढ्छ तनमा
भमराहरु उत्तेजित हुन्छन मन-मनमा
उसको रस अनि सुगन्ध पछ्याउँदै
उसको तनलाई तरंगित बनाउंदै
भमरा जब गर्छ ऊसंग साउती
कता-कता आनन्द लाग्छ
उसलाई त्यो काउकुती
आफुप्रति सन्तुष्ट हुँदै ऊ बल्छे धपक्क
सुन्दरताको प्रतिमूर्ति ऊ फुलेकी छे सपक्क
जति हेर्यो उति लट्ठ पार्ने
अहो! कस्तो उसको त्यो हाल
तर एकदिन टपक्क टिपिन्छ उसलाई
कठै!
इश्वरको शरणमा ऊ बिताउछे बाँकी काल
इश्वरको शरणमा ऊ बिताउछे बाँकी काल ||
+++ भाष्कर+++++
damii dude .. it's flawless .. keep it up cheers :)
ReplyDelete