गगनबाट असिना बर्सेझैं तिम्रा ती नयन बाट आँशु झर्दा
तिम्रा ती चोटहरुको मलम हुन सक्दिन म
जीवन को अँध्यारो पलमा तिमीले बत्तिको सहारा खोज्दा
आफु जलेर उज्यालो छर्न सक्दिन म
म त केवल तिम्रो सुखमा साथ् दिने स्वार्थी हुँ
तिम्रा दुखमा तिमीलाई ज्यान दिन सक्दिन म
भयो, मेरो सामु न आउ तिमी, नराख म बाट आशा
आफ्नो हाँसो दाउमा राखी तिमीलाई हसाउन सक्दिन म
क्षणभरमै पवनसंग बग्दै डांडा काट्ने बादल हूँ म
तिम्रा दुख पखाल्ने बर्सात दिन सक्दिन म
संसारमा मृत्युको भय बोकी म पनि आएकै छु
तिमीलाई झुटो आस्वासन दिन सक्दिन म
आफु मरेर तिमीलाई जीवन दिन सक्दिन म ll
Friday, October 15, 2010
Subscribe to:
Post Comments (Atom)
ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा
हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...
-
२०६९-०३-०५ (मेरो डायरीबाट) निस्पट्टता: मानिसहरु यो शब्दलाई कति नकारात्मक रुपमा लिन्छन् | आफुले भोगे पनि नभोगे पनि, यो शब्द उनीहरुको लागी...
-
We made love under a tree crazy me and obsessed thee Ah! holding each other so tight at the peeking pale twilight. Caressing you from the n...
-
म सुन्छु, एक प्रेमी आफ्नो प्रियसीसँग, अँगालोमा बेरिई, एकको ढुकढुकी अर्कोले महसुस गर्दै, भन्छ, 'प्रिया, तिमी चन्द्...
No comments:
Post a Comment