Thursday, May 26, 2016

एसिड

यो बर्सादी बादल;
लाग्छ,
मेरो मनको अशिम सपनाहरु हुन्,
उड्दै उड्दै
आकाशमा भद्दा बादल हुन पुगेका |
जब एक पछी अर्को
मैले सजाएका सपना
विफल हुँदै फोहोरको थुप्रो जसरी
गगनमा चाँङग लाग्न थाल्छ,
तब एकै पटकमा तुहिन्छ
मेरा बर्सौं देखिका सपना
आफ्नै भार सहन नसकेर |

बर्सिएका प्रत्यक थोपाले
मेरो शरीर भरी शेष नागले
डसेझैं डस्छ,
र मेरो मनसम्म पुगेका विषालु बाछिटाले
मलाई बेस्सरी पोल्न थाल्छ |
अब त्यहाँ कुनै स्वप्न फुल्न सक्दैन |
मरुभूमिमा हफ्तौं भौंतारिएको
प्यासी जिब्रोमा पानी खन्याउंदाझैं,
जल्न थाल्छ मेरो शरीर |

कठै,
आफ्नै स्वप्न डेट-एक्स्पायर्ड भएर
आफैंलाई सिध्याउने एसिड बन्दो रहेछ |
image source: i251.photobucket.com


No comments:

Post a Comment

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...