Wednesday, March 23, 2016

Changing society, generation gap and expectations

Not long ago, one of my good friends reviled the generation gap. He lambasted on how his parents never comprehended his situations. Thus, every talk ended up in contentious discussion. And suddenly everything was a conundrum. There he concluded how traditionally backward their perception was and how foolish they were. I listened to him carefully sipping the finest coffee and adoring it more. My garrulous friend went on being pompous about how his parents would goad him to marry the girl of his own caste. And right then, everything became crystal clear to me. He was impaired by their parents’ decision which made him boorish.
Having found out that he was in a relationship to a ‘lower caste’ girl, his parents tried to talk him out of the relationship. The reason was obvious. They did not want society to make fun of them. My friend despised the notion to abandon his true love. And rightly so. And the reason that his parents brought forward was not cogent. His beloved was adept, gifted and was thriving towards the beautiful career. Therefore, it was not rational of them to rule out the relation on the sole basis i.e. caste. If she belonged to the same caste, they would have loved to get someone like her for their son. Only the ‘caste’ seemed to be the deterrent which they could not condone.
It was utterly wrong of his parents to draw conclusion like that. But what we (current generation people) do and how we react to the thing further enervates the cause. We fail to comprehend that any first reaction that we get from our parents are not immutable but they are only empirical. They tend to have their stance on that very basis but any healthy talk can alter that. I asked my friend whether he tried to develop logical discussion after their parents’ initial reaction. To my dismay, he replied that their response only agitated him more and he was left with implacable feelings. Subsequently, he occluded the conversation (with his parents) with sheer anger and hurled out of the house. And there he was, in front of me, fuming and cursing his ‘obdurate’ parents.
Perplexed by his behaviour, I asked him if he would accept his children if they turn out to be homosexual. He pondered long and hard. As far as I have known him, he was always a bit skeptical about welcoming homosexuality. His response was an uncertain yes. I further asked him if the answer would be an instant yes or a thoughtful yes. He knew where I was going with the conversation and he looked at me with the guilty eyes. Without waiting his reply, I asked him if he considered homosexuality a stigma. He was truthful that he would accept homosexuality as far as it stayed outside his home. When I asked him if his parents ever had a problem with inter-caste marriages outside his home, his reply was a concrete ‘no’. I added if he was any different than his parents, then? Wasn’t that a hint of hypocrisy bashing them when he would also act alike with the similar agenda? He remained quiet. His silence was a tacit agreement.
We complain a lot about the generation gap and how our perceptions never intersect. But we never realize that their belief and their decision are not always the product of their insularity. We, as their children, should play our part in updating them with the ‘positive’ changes in our society. Their quibble on certain things should not be considered perennial. With logical discussions and proper treatment (without hurting their ego), elder generation can rescind their outdated views and will not refute any kind of progressive changes. We want our parents to take quite a leap but the right thing to do is to lead them to it. Perhaps, our timeline is the one with rapid changes overall and our parents have experienced quite an alteration. It would be foolish of us to dent their transformation. We belong to the generation who think we are always right and any changes we embrace should also be acknowledged by other generations without delay. We expect older generation to undergo changes frequently and get to the modern side of the world without any hesitation but often times, it’s us who forget to build the bridge for them.

Thursday, March 17, 2016

City of Dreams: Book Review (Not exactly)

City of Dreams: StoriesCity of Dreams: Stories by Pranaya SJB Rana
My rating: 4 of 5 stars

Pranaya Rana's story telling is too good to be called a debutant's work. Having read only Samrat Upadhyaya's works long ago, I started long ago to ignore Nepali writers writing in English. A lot of English books written by Nepali writers are stacked in my book shelf and I think it's time to kick out my ignorance.

Coming back to Pranaya and his book, I think this is one of the best collection of short stories. Out of ten stories, three stories (Dashain, The Red Kurta and Maya) left me disappointed while other stories are the early signs that 'this writer' will not only be better with time but will mark his place high as a writer, as a whole.

I am not going to review each story here. But I recommend everyone to read this book.


View all my reviews

आलु

घरमा ठुलै हाँसो थियो | बिहान म हिंड्दा सम्म त कोहि आउने कुरा थिएन | दिउसो त घरमा रमाइलो माहोल भैसकेछ | भित्र छिरें | मामाघरबाट हजुरआमा र माइजु आउनु भएको रहेछ | नमस्ते गरें, सन्चो बिसन्चो के कस्तो छ भनेर जानी सकेर म फ्रेस हुन बाथरूम छिरें |
फ्रेस भएर निस्केपछि, हजुरआमाले मेरो बिहेको कुरा झिक्नु भयो | ‘बाबु, अब नातिनीबुहारी भित्र्याउने इच्छा छ |’ आलु ताछ्दै गर्नु भएको आमा मलाई हेरेर मुसुक्क हास्नु भयो | ‘हामी यसरी आएको बेला, नातिनीबुहारीले बनाएको खाजा खान पाए कति आनन्द आउँथ्यो | ‘ हजुरआमा भन्दै हुनुन्थ्यो |
‘हो, अब त हाम्रो नानीलाई नि साथी चाहियो नि |’ माइजुले कुरा थप्नु भयो |
नलजाउँ भन्दा भन्दै पनि हल्का तातो भयो मेरो गाला | लजालु मुस्कानले ओठ फराकिलो भयो |
‘भर्खर त २५ वर्षको भएँ | राम्रो जागिर अनि पढाई पूरा गरेपछी त हरेक इच्छा पूरा भैहाल्छ नि हजुरआमा |’ मैले भने | ‘अब २-३ बर्ष पर्खिनु न |’
‘आफ्नो खुट्टामा राम्ररी नउभिई त के कर गर्नु र आमै? अहिले पढोस्, माथिल्लो तहमा पुगोस् अनि चाहिँ सोच्नु पर्छ |’ आमाले हजुरआमालाई भन्नु भयो | मलाई आमाको त्यो बानी सार्है मन पर्थ्यो | अरुबेला पनि यस्तो अवस्थाबाट मलाई निकै पटक पार गराईसक्नु भएको थियो उहाँले | मैले आमालाई आँखाबाट नै धन्यवाद दिएँ |
उहाँले बुझ्नु भयो; मुस्काउनु भयो |
‘अचेल त केटीको खडेरी नै छ बाबै | झन् बाहुनी केटी त भेट्नै गाह्रो | अन्तरजातीय बिहे हुन थाले धेरै, त्यसमाथि लभ नगर्ने केटा-केटी भेट्नै गाह्रो | अहिले देखि नै खोजीरहे बरु बिहे गर्ने बेला सम्म ठिक्क भेटिन्छ नत्र ढिला हुन्छ |’ हजुरआमाले देखेको कुरा व्यक्त गर्नु भयो |
मैले केहि भन्नु अघि नै माइजुले थप्नु भयो ‘हो, मेरो भाईको बिहे गर्न त्यस्तै भयो | केटी खोजेको १.५ बर्ष पछी बल्ल बल्ल बिहे भयो | ख्याल गाह्रो भो!! कि त चाँडै खोज्नु पर्छ कि त भान्जा आफैले खोजे राम्रो |’
‘कि तिमीले नि लभ गर्या छौ बाबु?’ हजुरआमाले फ्याट्टै सोध्नु भयो |
आमा मलाई हेरेर हास्नु भयो | बेला-बेला लुकी लुकी कुरा गरेको अनि राती खास-खुस फोन गरेको ४-५ पटक भेटी सक्नु भएको थियो उहाँले | को हो भनेर एक चोटि सोध्नु भएकै पनि हो | साथी भनेर टारी दिएको थिएँ | आमा त पर्नु भयो, के लुक्थ्यो उहाँ बाट कुरा? ढाँटे पनि, हाउभाउले पत्तो लाइसक्नु भएको थियो | त्यसैले
अहिले मलाई हेरेर के जवाफ दिन्छ भनेर केहि नबोली हाँसी मात्र रहनु भयो |
‘त्यस्तो केहि छैन हजुरआमा’ मैले आँखा नजुधाई भनें | आमा तिर यसो आँखा सन्काएँ | आलु ताछी, काटी सकेर आलु पखाल्दै उहाँले भन्नु भयो ‘अहिले सम्म त त्यस्तो केहि छैन भन्छ | रहेछ भने नि जातकै रोज्या भए झन् बेस हुन्थ्यो |’ आमाले मेरो कुरा बुझेर आफ्नो कुरा अघि सार्नु भयो | म मुस्काए; एक त उहाँले हजुरआमाको
प्रश्न बाट मलाई बचाउनु भयो | अर्को, उहाँले रोजेको केटी स्वीकार्ने जस्तो कुरा गर्नु भयो | आखिर ऊ पनि त बाहुनी नै थिई | अर्कै जात भएको भए फसाद हुने रहेछ |
‘जात भनेर नि नहुने रहेछ, तल्लो घरे कृष्णको जेठी बुहारी कुजातकि थिई | पहिले हेप्नु हेपे त्यसलाई, कान्छी बुहारी जातकै ल्याए | अहिले कान्छीले देखी नसहेर त्यहि जेठीसंग बस्या छन् | उसैले मान-सम्मान, माया गर्छे रे | आखिर सबै भन्दा ठूलो कुरो माया नै रहेछ |’ माइजुले भन्दै जानु भयो | ‘मर्ने बेलामा दुई छाक खान र हसिंलो
मनले पानी दिने मान्छे भए त्यहि लाख हुने रहेछ | सम्पति अनि आफ्नै जातको बुहारी भएर नि आखिर के पाए त तिनले? आखिरीमा त्यहि ‘कुजात’ भगवान भई |’ आमाले माइजुको कुरा सुनेर च्व:च्व गर्नु भयो |
‘के जमाना आयो यस्तो खै’ भन्दै हजुरआमाले खुईइय: सुस्केरा हाल्नु भयो | ‘तिम्रो राम्रो होस् बाबै, हाम्री छोरीले सुख पाओस् |’
त्यो कुरालाई मोड्दै मैले भने, ‘हजुरआमाले नातिनीबुहारीले पकाएको खाने इच्छा गर्नु भएको होइन? त्यो त पछी पूरा होला, अहिले नातीले पकाएको चाख्नु है त |’ यति भनेर चुलोमा कर्हाई बसालें | आमाले पखाल्नु भएको आलु पकाउन ठिक्क भएँ |
‘हामी छदाँ-छदैं कहाँ तिमीले पकाउने बाबु? छोरो मान्छे भएर |’ हजुरआमा कड्किनु भयो | माइजुले पनि हो मा हो मिलाउनु भयो | ‘माइजु आएको बेला कहाँ भान्जाले पकाउने कुरा गर्नु भएको बाबु ? अरुले के भन्लान्? छोड्नुस् म पकाउँछु |
‘पकाओस् न त भाउजु, कति काम गर्नु हुन्छ? आज भानिजले पकाएको चाख्नुस | उसलाई बेला-बेला पकाउने जाँगर चल्छ |’ आमाले यसो भन्दा मैले तेल तताउन हाली सकेको थिएँ | मैले आमाको कुरालाई साथ दिएँ | माइजु अफ्ठ्यारो मानेर बस्नु भयो |
तेल तातेर मेथी र खुर्सानी फुराएँ मैले | अनि आलु झ्वाईंय बनाएँ | यो सब हजुरआमाले बडो चाख मानेर हेरी रहनु भएको थियो | भन्नुभयो ‘केटा मान्छेले पकाएको कस्तो नसुहाउने | के जाँगर चलेको हो यो नातीलाई |’ म फिस्स हाँसे |
‘नसुहाएर भयो त आमा? कहिले काहिँ गाह्रो साह्रो पर्दा, केटाले यस्तो जानी रहे घरमा कत्ति सजिलो हुन्छ | हजुरको छोरालाई त पानी तताउन पनि आउंदैन | म बिरामी भएको बेला कति गाह्रो हुन्छ |’ माइजुले अमिलो मन लगाएर भन्नु भयो |
‘ हो त, मलाई नि छोरोले पकाई हाल्छ भनेर ढुक्क छ | त्यसैले त एक-दुई दिन माइत बस्दा, कतै जाँदा, ढिलो हुँदा अनि बिरामी पर्दा पनि घरको चिन्ता लिनु पर्दैन | उसले पकाउन नजानुन्जेल मलाई कस्तो गाह्रो थियो |’ आमाले सन्तोकको श्वास फेर्दै भन्नु भयो | ‘अहिले आनन्द छ |’
‘त्यसो भनेर हुन्छ? आफ्ना सजिलाको लागी छोरा मान्छे लाई दुख दिन हुन्छ? उनीहरु त पढ्ने, जागिर खाने पो हो त | घरको काम त छोरी मान्छेले गर्ने हो |’ हजुरआमाले अलि कडा श्वर गर्नुभयो |
यतिन्जेल मैले नून बेसार हालेर आलु बिस्तारै चलाउँदै थिएँ | माइजु चुप रहनु भयो | आमा केहि बोल्न खोज्दै हुनुहुन्थ्यो मैले बीचमै काटें, ‘त्यसो होइन नि हजुरआमा, पहिले पो छोरी मान्छेलाई पढाउँदैन थिए | त्यहि भएर छोरी मान्छे कुटो-कुच्चो गर्न बाध्य थिए |’ मैले आलुमा जीराको धूलो छर्दै भने | ‘अहिले त छोरा-छोरी बराबरी
छन् | पढ्ने लेख्ने, जागिर खान जाने, सबै संगै गर्छन् | दुवै थाकेर घर आउँदा अब त छोराले पनि बुझेर छोरीमान्छेलाई घर-धन्दामा सघाउनु जरुरी छ |’
एकफेर आलु मजाले चलाएर माथि बाट मैले प्लेटले छोपिदिएं अनि आगो अलि सानो पारें |
माइजु अनि आमाले मेरो कुरा सुनेर मनमनै स्याबास भने जस्तै भान भयो मलाई | म गमक्क परें | उता हजुरआमाले केहि सोचे जस्तो गर्नु भयो र भन्नु भयो ‘नातिनीबुहारीले सुख पाउने भई उसो भए |’
सबै जना हास्यौं |
एकछिन पछी आलु पाकेको सरर बास्ना आयो | मैले पुन: एक चोटी आलुलाई ओल्टाई पल्टाई पारें र ग्यास चुलो बन्द गरिदिएँ |
आमाले सबैलाई भाग हाल्नु भयो अनि सबै भन्दा पहिले हजुरआमालाई दिनु भयो | हजुरआमाले तात्तातो आलु फु: गरेर खानु भयो | मैले उहाँलाई ठुला आँखाले हेरी-रहें |
‘भोली घर फर्कने बेलामा पनि यस्तै मिठो आलु पकाउँछौ नाती?’ उहाँले हासेर सोध्नु भयो |
‘फेरी छोरा मान्छेलाई नै पकाउन लगाउने हजुरआमा?’ मैले हाँसेर सोधें |
सबै जना खुलेर हास्नु भयो |
‘लाटा!’ हजुरआमाको नजरमा थोरै ग्लानी छल्की रहेको थियो |

Friday, March 4, 2016

दुलहीलाई चिठ्ठी

प्रिय दुलही,
माया |
सानो हुँदा तिमीले सोचेकी थियौ होला कि एउटा राजकुमार घोडा लिएर तिमीलाई लिन आउनेछ र लिएर जानेछ तिमीलाई यस्तो स्वप्न महलमा जहाँ तिमी सुखी र सम्पन्न हुनेछौ | उमेर बढ्दै जाँदा, राजकुमारको स्वरूप परिवर्तन हुँदै गयो होला या भनौं 'राजकुमार' त केवल ती बाल-स्मृतिमा मात्र सिमित भयो | त्यो मीठो सपना र अहिलेको तीतो यथार्थको मिश्रण नै जीवन हुन पर्छ | सायद, अब तिमीले मीठो सपना तीतो यथार्थसंग घोलेर दिनहुँ पिउनु पर्छ |
प्रिय दुलही, तिम्रो मागी विवाह हुँदै छ भने तिम्रा लागी हरेक चीज नयाँ छ | घर, परिवार, इस्ट-मित्र सब नयाँ हुने नै भए, त्यस माथि जो संग जिन्दगी बिताउने हो ऊ पनि नयाँ | सोच्दा नै आंग सिरिङ्ग हुन्छ | बिहे अगाडिको हलुका परिचय र चिनजान के काफी होला एउटा मान्छे चिन्न? बिहे गर्ने भनेर चिनजान गर्दा त जो कोहि पनि राम्रो बन्न र देखिन खोज्छ | के देखावटी परिचयको आधारमा पूरा जिन्दगी बिताउन सकिन्छ? हुन त यो कुरा द्वैपक्षीय हो तर सारा त्यागेर अपरिचित संसारमा जाने नारी हो | सुन्दर भविष्यको वाचा एउटा नमीठो धोका रहेछ भने? यस्तै प्रश्नहरुले तिम्रा कदम अनि मन भारी हुँदो हो | ती मनका गह्रुँगा बादल, कति दिन सम्म पानी बनेर आँखाबाट बर्सी रहन्छन् त्यो तिमीले आफैले भोगेकी छौ | केवल आँसु अनि अलि कति आशा बोकेर तिमी उज्यालो भविष्यको खोजीमा लम्किन्छौ ती लामा अन्धकार गल्लीहरु छिचोल्दै | कसले भन्यो तिमी कमजोर छौ?
यदि तिम्रो प्रेम विवाह हुँदै छ भने तिमीले आफ्नो 'राजकुमार'लाई त चिनेकी हुन्छ्यौ तर बाँकी परिवेश त बिरानै हुन्छ | जस्तै रोजेर बिहे गरे पनि के उसको माया आमाको माया जस्तो निस्वार्थ होला? के उसको माया बुवाको प्रेम जस्तो स्वच्छ होला? आज सम्म एउटी घरको छोरी भएर रहेकी मान्छे, बिहे लगत्तै अर्को घरकी 'आमा' हुन पर्दछ | सबैको हेर-चाह, ध्यान अनि ख्याल राख्नु पर्दछ | तिम्रो हेर-चाह कसले गर्छ दुलही? एक्कासी केहि दिननमै परिवर्तन भएको त्यो भूमिकामा तिम्रा सुक्ष्म गल्ति नजरअन्दाज होला? के तिमीले आफ्नो 'माइती'मा जस्तो निर्धक्क गल्ति गरेर त्यसलाई सच्याउने मौका त्यहाँ पाउने छौ? डर नै डर बीच खरो उत्रिन पर्ने यो कस्तो परिक्षा हो?
त्यसैले, उमेर संगै बिहेको परिभाषा बदलिँदै रहन्छ होला | न त बिहे सुन्दर सपना भई रहन्छ, न त तिमीले बिहे गर्ने दुलाहा 'राजकुमार' | न त घोडा चड्ने रहरले आमाको न्यानो काख बिर्स्याउंछ न त पतिको प्रेमको चाहले पिताको माया खल्बल्याउँछ | बालापनको सारा स्वप्न पग्लिंदै जान्छ र एउटा मात्र चाहना बाँकी रहन्छ; बिहे गर्ने केटा र उसको घर असल परुन् | सायद, त्यहाँ पाउने खुसी र प्रेम नै वास्तविक सम्पन्नता हो र पतिको मायालु वचन/व्यवहार उसको सुन्दर छहारी | आफ्नो सारा सुखसयल छोडी दुई टुक्रा खुसीको चाह राख्दै आफु जन्मे हुर्केर्को, आफ्ना कलिला हाँसोले पोतिएको घर चटक्कै छोडी जानु पर्ने कस्तो कर्म तिम्रो दुलही?
प्रिय दुलही, तिम्रा मुठ्ठीमा कैद असंख्य सपनाहरुले निकास पाउन् | पतिको न्यानोपना र अन्य सदस्यको मीठो व्यवहारले तिनलाई मलजल गरी रहून् र फुल्न सकोस् तिम्रा सपना तिम्रा आँखामा, ओठमा र तिम्रा पवित्र कोखमा | तिमीलाई व्यैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना | तिमीले आफ्ना खुसीको तिलान्जली दिन्छ्यौ र त चलेको छ यो संसार |
उही, 
भाष्कर |
source: pinterest.com

Thursday, March 3, 2016

फिरफिरे: book review

PhirphirePhirphire by Buddhisagar
My rating: 3 of 5 stars

दुई मित्र, पवन र बसन्त (बन्ते), को कहानी हो फिरफिरे | कथा सरल छ तर नौलो छैन, कथाले हाम्रै गाउँ ठाउँको यथार्थ चित्रण गरेको छ | अपेक्षा गरिए अनुसार, बुद्धिसागरको भाषा मीठो छ | तर उपन्यासको मूल कथा दरिलो छैन | ५४० चानचुन पाना भएको यो किताब, बेला-बेला पढ्दै जाँदा अनावश्यक लम्ब्याएको भान हुन्छ | त्यो हुँदा-हुँदै पनि पढ्दै जाँदा दुई थोपा आँसु नखसेको भने होइन, बेला-बेला नमुस्काएको पनि होइन | जुठी आमै, पिच्कु माझि र बुख्याचाहरुले मन किताबमा तानी रहन्छन् | जुठी आमैले बुनेका कथाहरु उत्कृष्ट छन् | बुद्धिसागरको कल्पना शक्तिलाई त्यहाँ मान्नै पर्ने हुन्छ तर जुठी आमैको भुमिका सक्केपछी, किताब एक किसिमले अशक्त हुन्छ, कनी-कनी अगाडि बढ्छ | त्यसरी घाइते भएको किताब, पवन बिरामी भएर फर्केर आएपछि झन् कमजोर बन्छ | पवनको जीवनको नयाँ सुरुवात सुस्त हुन्छ र अनावश्यक वर्णनले न त पाठकले 'कठै' भन्छन् नत त्यसमा रमाउन नै सक्छन् |

समग्रमा उपन्यास औसत छ | बुद्धिसागरको कर्णाली ब्लुज भन्दा फिरफिरेको वजन कम छ | किताब सक्किएपछी पाठकको मन 'किताब पढी सक्कियो' भनेर खिन्नता हुन्न | अझै पढ्ने चाह पनि हुन्न | त्यो हिसाबमा यो किताब लेखकको पहिलो उपन्यासको दाँजोमा पछारिएको छ | व्यापारिक रूपमा बुद्धिसागरको मीठो भाषा र छविले गर्दा केहि सफलता हासिल गर्ला | पुस्तक प्रवर्धनले पनि ठूलो भूमिका खेल्ला | तर, किताब विश्लेषकले यो किताबलाई निकै अब्बल दर्जाको किताब भन्ने सम्भावना न्यून छ |

फिरफिरे नराम्रो किताब भने होइन | बुद्धिसागरको लेखन अनि भाषाले छुन्छ भने यो किताबले त्यति धेरै निरास नपार्ला | तर कर्णाली ब्लुज पढेर लेखकबाट अझ उत्कृष्ट किताबको आशा छ भने त्यो यो किताबले पूरा नगर्ला | 'Goodreads' मा review लेख्दै छु त्यहि भएर किताबलाई ५ मा ३ अंक दिएको छु | (५००+ पर्ने किताब) बजेटले साथ दिन्छ भने र बुद्धि दाईको जबर्जस्त fan हुनुहुन्छ भने यो किताब (नछुटाउनु होला त भन्दिन) पढ्दा हुन्छ |


View all my reviews

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...