Posts

Showing posts from March, 2016

Changing society, generation gap and expectations

Image
Not long ago, one of my good friends reviled the generation gap. He lambasted on how his parents never comprehended his situations. Thus, every talk ended up in contentious discussion. And suddenly everything was a conundrum. There he concluded how traditionally backward their perception was and how foolish they were. I listened to him carefully sipping the finest coffee and adoring it more. My garrulous friend went on being pompous about how his parents would goad him to marry the girl of his own caste. And right then, everything became crystal clear to me. He was impaired by their parents’ decision which made him boorish. Having found out that he was in a relationship to a ‘lower caste’ girl, his parents tried to talk him out of the relationship. The reason was obvious. They did not want society to make fun of them. My friend despised the notion to abandon his true love. And rightly so. And the reason that his parents brought forward was not cogent. His beloved was adept, gifted an…

City of Dreams: Book Review (Not exactly)

Image
City of Dreams: Stories by Pranaya SJB Rana
My rating: 4 of 5 stars

Pranaya Rana's story telling is too good to be called a debutant's work. Having read only Samrat Upadhyaya's works long ago, I started long ago to ignore Nepali writers writing in English. A lot of English books written by Nepali writers are stacked in my book shelf and I think it's time to kick out my ignorance.

Coming back to Pranaya and his book, I think this is one of the best collection of short stories. Out of ten stories, three stories (Dashain, The Red Kurta and Maya) left me disappointed while other stories are the early signs that 'this writer' will not only be better with time but will mark his place high as a writer, as a whole.

I am not going to review each story here. But I recommend everyone to read this book.


View all my reviews

आलु

घरमा ठुलै हाँसो थियो | बिहान म हिंड्दा सम्म त कोहि आउने कुरा थिएन | दिउसो त घरमा रमाइलो माहोल भैसकेछ | भित्र छिरें | मामाघरबाट हजुरआमा र माइजु आउनु भएको रहेछ | नमस्ते गरें, सन्चो बिसन्चो के कस्तो छ भनेर जानी सकेर म फ्रेस हुन बाथरूम छिरें | फ्रेस भएर निस्केपछि, हजुरआमाले मेरो बिहेको कुरा झिक्नु भयो | ‘बाबु, अब नातिनीबुहारी भित्र्याउने इच्छा छ |’ आलु ताछ्दै गर्नु भएको आमा मलाई हेरेर मुसुक्क हास्नु भयो | ‘हामी यसरी आएको बेला, नातिनीबुहारीले बनाएको खाजा खान पाए कति आनन्द आउँथ्यो | ‘ हजुरआमा भन्दै हुनुन्थ्यो |
‘हो, अब त हाम्रो नानीलाई नि साथी चाहियो नि |’ माइजुले कुरा थप्नु भयो | नलजाउँ भन्दा भन्दै पनि हल्का तातो भयो मेरो गाला | लजालु मुस्कानले ओठ फराकिलो भयो | ‘भर्खर त २५ वर्षको भएँ | राम्रो जागिर अनि पढाई पूरा गरेपछी त हरेक इच्छा पूरा भैहाल्छ नि हजुरआमा |’ मैले भने | ‘अब २-३ बर्ष पर्खिनु न |’
‘आफ्नो खुट्टामा राम्ररी नउभिई त के कर गर्नु र आमै? अहिले पढोस्, माथिल्लो तहमा पुगोस् अनि चाहिँ सोच्नु पर्छ |’ आमाले हजुरआमालाई भन्नु भयो | मलाई आमाको त्यो बानी सार्है मन पर्थ्यो | अरुबेला पनि यस्तो अ…

दुलहीलाई चिठ्ठी

Image
प्रिय दुलही,
माया | सानो हुँदा तिमीले सोचेकी थियौ होला कि एउटा राजकुमार घोडा लिएर तिमीलाई लिन आउनेछ र लिएर जानेछ तिमीलाई यस्तो स्वप्न महलमा जहाँ तिमी सुखी र सम्पन्न हुनेछौ | उमेर बढ्दै जाँदा, राजकुमारको स्वरूप परिवर्तन हुँदै गयो होला या भनौं 'राजकुमार' त केवल ती बाल-स्मृतिमा मात्र सिमित भयो | त्यो मीठो सपना र अहिलेको तीतो यथार्थको मिश्रण नै जीवन हुन पर्छ | सायद, अब तिमीले मीठो सपना तीतो यथार्थसंग घोलेर दिनहुँ पिउनु पर्छ | प्रिय दुलही, तिम्रो मागी विवाह हुँदै छ भने तिम्रा लागी हरेक चीज नयाँ छ | घर, परिवार, इस्ट-मित्र सब नयाँ हुने नै भए, त्यस माथि जो संग जिन्दगी बिताउने हो ऊ पनि नयाँ | सोच्दा नै आंग सिरिङ्ग हुन्छ | बिहे अगाडिको हलुका परिचय र चिनजान के काफी होला एउटा मान्छे चिन्न? बिहे गर्ने भनेर चिनजान गर्दा त जो कोहि पनि राम्रो बन्न र देखिन खोज्छ | के देखावटी परिचयको आधारमा पूरा जिन्दगी बिताउन सकिन्छ? हुन त यो कुरा द्वैपक्षीय हो तर सारा त्यागेर अपरिचित संसारमा जाने नारी हो | सुन्दर भविष्यको वाचा एउटा नमीठो धोका रहेछ भने? यस्तै प्रश्नहरुले तिम्रा कदम अनि मन भारी हुँदो हो | ती मन…

फिरफिरे: book review

Image
Phirphire by Buddhisagar
My rating: 3 of 5 stars

दुई मित्र, पवन र बसन्त (बन्ते), को कहानी हो फिरफिरे | कथा सरल छ तर नौलो छैन, कथाले हाम्रै गाउँ ठाउँको यथार्थ चित्रण गरेको छ | अपेक्षा गरिए अनुसार, बुद्धिसागरको भाषा मीठो छ | तर उपन्यासको मूल कथा दरिलो छैन | ५४० चानचुन पाना भएको यो किताब, बेला-बेला पढ्दै जाँदा अनावश्यक लम्ब्याएको भान हुन्छ | त्यो हुँदा-हुँदै पनि पढ्दै जाँदा दुई थोपा आँसु नखसेको भने होइन, बेला-बेला नमुस्काएको पनि होइन | जुठी आमै, पिच्कु माझि र बुख्याचाहरुले मन किताबमा तानी रहन्छन् | जुठी आमैले बुनेका कथाहरु उत्कृष्ट छन् | बुद्धिसागरको कल्पना शक्तिलाई त्यहाँ मान्नै पर्ने हुन्छ तर जुठी आमैको भुमिका सक्केपछी, किताब एक किसिमले अशक्त हुन्छ, कनी-कनी अगाडि बढ्छ | त्यसरी घाइते भएको किताब, पवन बिरामी भएर फर्केर आएपछि झन् कमजोर बन्छ | पवनको जीवनको नयाँ सुरुवात सुस्त हुन्छ र अनावश्यक वर्णनले न त पाठकले 'कठै' भन्छन् नत त्यसमा रमाउन नै सक्छन् |

समग्रमा उपन्यास औसत छ | बुद्धिसागरको कर्णाली ब्लुज भन्दा फिरफिरेको वजन कम छ | किताब सक्किएपछी पाठकको मन 'किताब पढी सक्कियो' भन…