Saturday, September 29, 2018

दशैं



मेरा मनका मायाका लहरा
ला..............मो पारेर
चङ्गामा बाँधी
तिमी भए तिर उडाउनलाई
भिसा चाहिन्छ कि चाहिन्न होला?

अचेल नेपालका आकाशमा
खोई र चङ्गाहरु?
अब बल्ल बुझ्दै छु
ती त धागोमा होइन
मायाको लहरमा गाँसिदै
कुनै अरब, कुनै अमेरिका
कुनै युरोप र कुनै अष्ट्रेलिया
पो जाँदा रहेछन्  |

निला, छ्याङ्ग खुलेका आकाश
दशैँ आयो भन्छन् सबै |
तर म त देख्छु,
उराठ लाग्दो नाङ्गो रित्तो आकाश,
आमाबुवाको आशिष थाप्दै रंगीन खोज्ने
खाली, रित्तो निधार ..

दशैं त तब पो आउंथ्यो
जब शिरमा आमाबुवाको हात हुन्थ्यो
निला आकाशभन्दा पनि खुलेकी
आफ्नी प्रियसीको, साथ हुन्थ्यो
अनि पो दशैं,
दशैँ हुन्थ्यो ||    

No comments:

Post a Comment

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...