Thursday, March 3, 2016

फिरफिरे: book review

PhirphirePhirphire by Buddhisagar
My rating: 3 of 5 stars

दुई मित्र, पवन र बसन्त (बन्ते), को कहानी हो फिरफिरे | कथा सरल छ तर नौलो छैन, कथाले हाम्रै गाउँ ठाउँको यथार्थ चित्रण गरेको छ | अपेक्षा गरिए अनुसार, बुद्धिसागरको भाषा मीठो छ | तर उपन्यासको मूल कथा दरिलो छैन | ५४० चानचुन पाना भएको यो किताब, बेला-बेला पढ्दै जाँदा अनावश्यक लम्ब्याएको भान हुन्छ | त्यो हुँदा-हुँदै पनि पढ्दै जाँदा दुई थोपा आँसु नखसेको भने होइन, बेला-बेला नमुस्काएको पनि होइन | जुठी आमै, पिच्कु माझि र बुख्याचाहरुले मन किताबमा तानी रहन्छन् | जुठी आमैले बुनेका कथाहरु उत्कृष्ट छन् | बुद्धिसागरको कल्पना शक्तिलाई त्यहाँ मान्नै पर्ने हुन्छ तर जुठी आमैको भुमिका सक्केपछी, किताब एक किसिमले अशक्त हुन्छ, कनी-कनी अगाडि बढ्छ | त्यसरी घाइते भएको किताब, पवन बिरामी भएर फर्केर आएपछि झन् कमजोर बन्छ | पवनको जीवनको नयाँ सुरुवात सुस्त हुन्छ र अनावश्यक वर्णनले न त पाठकले 'कठै' भन्छन् नत त्यसमा रमाउन नै सक्छन् |

समग्रमा उपन्यास औसत छ | बुद्धिसागरको कर्णाली ब्लुज भन्दा फिरफिरेको वजन कम छ | किताब सक्किएपछी पाठकको मन 'किताब पढी सक्कियो' भनेर खिन्नता हुन्न | अझै पढ्ने चाह पनि हुन्न | त्यो हिसाबमा यो किताब लेखकको पहिलो उपन्यासको दाँजोमा पछारिएको छ | व्यापारिक रूपमा बुद्धिसागरको मीठो भाषा र छविले गर्दा केहि सफलता हासिल गर्ला | पुस्तक प्रवर्धनले पनि ठूलो भूमिका खेल्ला | तर, किताब विश्लेषकले यो किताबलाई निकै अब्बल दर्जाको किताब भन्ने सम्भावना न्यून छ |

फिरफिरे नराम्रो किताब भने होइन | बुद्धिसागरको लेखन अनि भाषाले छुन्छ भने यो किताबले त्यति धेरै निरास नपार्ला | तर कर्णाली ब्लुज पढेर लेखकबाट अझ उत्कृष्ट किताबको आशा छ भने त्यो यो किताबले पूरा नगर्ला | 'Goodreads' मा review लेख्दै छु त्यहि भएर किताबलाई ५ मा ३ अंक दिएको छु | (५००+ पर्ने किताब) बजेटले साथ दिन्छ भने र बुद्धि दाईको जबर्जस्त fan हुनुहुन्छ भने यो किताब (नछुटाउनु होला त भन्दिन) पढ्दा हुन्छ |


View all my reviews

No comments:

Post a Comment

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...