Monday, January 25, 2016

सहनशीला सुशिला

सहनशीला सुशिलासहनशीला सुशिला by भीमनिधि तिवारी
My rating: 4 of 5 stars

भीमनिधि तिवारीद्वारा लिखित पुरुषवादी समाजको पर्दा उघारेको यो नाटक पठनीय छ | जुवा खेल्न पल्केको पतिको दुर्व्यवहारबाट गुज्रिने सुखमा हुर्केकी कर्नेलकी छोरी सुशिलाको सहनशीलता नै यो नाटकको सार हो | सुशिला माथिको क्रुरताले मन कटक्क बनाउँछ | र त्यो हाम्रो समाजको नाङ्गो यथार्थ चित्रण गरिएको हुँदा, कुन हद सम्म हाम्रो पुरुषवादी समाज नारी माथि हावी भएको छ\थियो भन्ने यस नाटकले दर्शाउँछ | यो नाटकमा दुई पाटा छन् | एकातिर सुशिला जति नै कुटिए\पिटिए\लछारिए\पछारिए र घरबाट निकालिए पनि पतिव्रता हुन छोड्दिन भने अर्को तिर सुशिलाको घरको सुसारे, सेते, को पत्नी भने गाउँमा सेतेको मायालाई लत्याएर गाउँकै घर्तीसंग लस्किएकी हुन्छे |

नाटकको पछिल्लो भागमा सुशीलाको पतिलाई वेश्याले धोका दिएर लुटे पछीमात्र उसको चेत खुल्छ र सुशीलालाई घर ल्याई सम्मान र माया दिई राख्छ | पछी उनीहरुका दुई जम्ल्याहा सन्तान हुन्छन्, लभ र कुश | यो नाटकले त्यो बेलाको समाजलाई उजागर गर्न सफल भएको छ |


View all my reviews

No comments:

Post a Comment

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...