Posts

Showing posts from 2016

Beloved's plea

Image
'Tell me something good', she whispered in my ear. I looked at the glimmering stars  and the glistening moon.  As I was about to tell the words, she stopped me.  She pressed her fingers against my lip.  Totally zipped it up.  'No, not the stars or the moon.  Move out of those', She said.  And then she smiled. She knew how I would tell her about the stars, the moon and the perfect serenity. She knew those were coming. 
'Tell me something good', she said. I looked at her slowly.  Her fluttering eyes, her artistic lips, her gorgeous smile...  As I was about to tell the words,  she stopped me.  She zipped my lips again. She knew I was about to mention how beautiful she was.  'Forget that too', she said.  Again, the same mysterious smile on her face. 
What a dilemma! 'What should I say?  What does she want me to tell?'  All these things twirled in my mind.  'Tell me som...'. I pulled her closer And locked our lips.
I stopped her this time. And my tongue did all the talki…

भान्जा-भान्जीलाई चिठ्ठी

Image
प्रिय भान्जा-भान्जी,
माया ||

सधैँ कसै न कसैलाई चिठ्ठी लेखी रहने मामाले आज किन हामीलाई चिठ्ठी लेख्यो भनेर आश्चर्य लाग्यो होला र अलि अलि दिक्क पनि | अरुलाई लेखेको चिठ्ठी त नपढे पनि हुने थियो, तर आफैंलाई सम्बोधन गरेको चिठ्ठी कसरी नपढ्नु ? दोधारमा पर्यौ हगी? फेरी चिठ्ठी नि लामो, 'लास्ट बोरिंग हुन्छ' भनेर पहिले नै परिकल्पना पनि गरिसक्यौ होला | यो पढ्नु भन्दा अघिनै कत्रो छ चिठ्ठी भनेर हेरी पनि सक्यौ होला, है? सके सम्म म छोटो पार्छु है?

यो लेख्नको लागि मात्र लेखिएको पत्र होइन | केही कुरा अप्रत्यक्ष भन्न पनि यो चिठ्ठीको सहारा लिएको हूँ | किनभने वास्तविक जीवनमा मेरो छवि एक 'हाउडे' मामाको रुपमा तिमीहरुको मानसपटलमा बसेको छ | सोझै तिमीहरुलाई यी कुरा भन्दा तिमीहरुले हावामा उडाइदिने सम्भावना बढी भएकाले, यसो गर्न बाध्य पनि छु | 'बुढा बौलाए कि क्या हो' भनेर चाहीं नसोच्नु | तिमीहरु ५ जना सबैलाई अहिले यो चिठ्ठीले समेट्न नसक्ला तर जीवनको कुनै न कुनै मोडमा अवश्य समेट्छ | त्यसैले आफुँलाई मिल्ने सन्दर्भ आएमा, मेरो लागि हो भनेर मन-मनै 'मम' भन्नु | तात्तातै ग्वाम-ग्वाम खाने प…

माया त यस्तो होस्

माया त यस्तो होस्
कि प्रतिकुलतामा झन् सुवास छरोस् |
फुलेको फूल, उदाएको जून
कसलाई पो मन पर्दैन र?
माया त यस्तो होस्
कि उजाडतामा पनि हरियाली होस्
कालो बादल बीच मुस्कानका रेखा बनोस् |

मै हाँसेको बेला को पो लठ्ठ छैन र?
माया त यस्तो होस्
कि उदासीनतामा पनि चट्ट होस् |
हाम्रो प्रेम देखेर
अरुको मन पनि कटक्क होस्,
माया त यस्तो होस् |

बन्द कोठामा प्रेमको राँको
जसले नि बाल्दो हो,
माया त यस्तो होस्
कि दूरीमा पनि मुरी होस् |
घर भनेको आखिर प्रेमको आभाष न हो;
जहाँ तिमी र म हुन्छौं
त्यहीं हाम्रो धुरी होस् |

समय सधैँ कहाँ एकनासको हुन्छ र?
नचाहे पनि त कहिले टाढा हुन पर्छ
माया त यस्तो होस्
कि टाढा हुँदा नि गाढा होस्
जब मेरो जिन्दगी नै तिम्रो नामको छ
क्षणिक दूरिमा कुनै पिर नहोस् |

सम्बन्ध हाम्रो यस्तो होस् कि
हामी दुईलाई विश्वासले बाँदोस्
आखिर माया नि त विश्वासमै अडेको छ;
माया त यस्तो होस्
कि तिमी मलाई बुझ्नु, म तिमीलाई बुझ्छु
बस,
प्रेम जताउन नपरोस्, बताउन नपरोस् |


(सल्लीपिर) Sallipir: My opinion on Nayan Raj Pandey's book

Image
सल्लीपिर by Nayan Raj Pandey
My rating: 3 of 5 stars

Not a 3 star but certainly not a 2 star either. 2.5 out of 5 for me. Going through once is enough. Story of mountain region but it lacks flavour and fails to impress if the reader is well known to the mountain conditions and life there. Seems, writer has not done his homework to catch the essence of the lifestyle there. Everything is described in surface (bar exceptions) and the story lacks depth. I am an emotional reader and cry to everything that is vaguely heart-touching. But this story could not trigger the emotional part of mine. I did not even shade a tear. There are mistakes in the book which are rectified on the second edition though. But the errors halt your reading if you are going through the first edition. Language is sweet as expected from the writer. The story is nicely written but lacks something to the core. Recommended for the one time read because the style of writing and sweetness of language can win your heart.


Vi…

एसिड

Image
यो बर्सादी बादल;
लाग्छ,
मेरो मनको अशिम सपनाहरु हुन्,
उड्दै उड्दै
आकाशमा भद्दा बादल हुन पुगेका |
जब एक पछी अर्को
मैले सजाएका सपना
विफल हुँदै फोहोरको थुप्रो जसरी
गगनमा चाँङग लाग्न थाल्छ,
तब एकै पटकमा तुहिन्छ
मेरा बर्सौं देखिका सपना
आफ्नै भार सहन नसकेर |

बर्सिएका प्रत्यक थोपाले
मेरो शरीर भरी शेष नागले
डसेझैं डस्छ,
र मेरो मनसम्म पुगेका विषालु बाछिटाले
मलाई बेस्सरी पोल्न थाल्छ |
अब त्यहाँ कुनै स्वप्न फुल्न सक्दैन |
मरुभूमिमा हफ्तौं भौंतारिएको
प्यासी जिब्रोमा पानी खन्याउंदाझैं,
जल्न थाल्छ मेरो शरीर |

कठै,
आफ्नै स्वप्न डेट-एक्स्पायर्ड भएर
आफैंलाई सिध्याउने एसिड बन्दो रहेछ |


मलाई नारी बन्न मन छ

Image
कहिले काहिँ मलाई आफ्नो
पुरुषत्व त्यागेर
नारी हुने तिर्सना उर्लेर आउँछ |
छाँटिलो शरीरमा
उच्च स्तन भिरी
आफ्नै छाती फुलाउने रहरले
मलाई गाँजेर ल्याउँछ |
धर्तीका जुनसुकै मै हूँ भन्ने
पुरुषको पनि रौं ठाडो पार्ने
तिलस्मी गुफा आफ्नै टाँङगमुनि च्यापेर
हिड्ने रहरले मलाई झक-झकाई रहन्छ |
अन्तरिक्षमा तारा मरेर बन्ने ब्ल्याक होलको
मलाई के वास्ता?
धर्तीमा तारा जन्माउने अङ्ग
मसँग होस्,
'नारी भन्दा पुरुष बलवान छन्'
भन्ने सोचको हत्या गरी
आँफै त्यसको श्राद्ध गरी
पिण्डो सेलाउने इच्छा
ममा, कुर्लेर आउँछ |


होला,
पुरुषवादी समाजले दर्साएझैं
नारीले हरेक महिना 'पाप' पखाल्नु पर्ला
तर,
आफुँले गरेका पाप आफुँ भित्रै
सदा-सर्वदा संचय गर्नुको साटो,
नारी भएर ती पाप हरेक महिना
ह्वाल-ह्वाल बगाएर
मलाई पवित्र हुन मन छ |
बर्सौं देखिको पापबाट मुक्त भएर
मलाई
निष्पाप हुन रहर छ |
फेरी,
त्यो 'पाप' बगाएको केही दिन पश्चात नै
'काम-बाश्ना'ले भरिएर नारीकै
'पापी' टांगमा लम्पसार पर्ने पुरुषको
दोहोरो चरित्रलाई हेरी
अलिकति त्यस तुच्छ प्राणी प्रति
दया राख्दाको आनन्द
मलाई पनि अनुभव गर्न मन छ;
मलाई ना…

Changing society, generation gap and expectations

Image
Not long ago, one of my good friends reviled the generation gap. He lambasted on how his parents never comprehended his situations. Thus, every talk ended up in contentious discussion. And suddenly everything was a conundrum. There he concluded how traditionally backward their perception was and how foolish they were. I listened to him carefully sipping the finest coffee and adoring it more. My garrulous friend went on being pompous about how his parents would goad him to marry the girl of his own caste. And right then, everything became crystal clear to me. He was impaired by their parents’ decision which made him boorish. Having found out that he was in a relationship to a ‘lower caste’ girl, his parents tried to talk him out of the relationship. The reason was obvious. They did not want society to make fun of them. My friend despised the notion to abandon his true love. And rightly so. And the reason that his parents brought forward was not cogent. His beloved was adept, gifted an…

City of Dreams: Book Review (Not exactly)

Image
City of Dreams: Stories by Pranaya SJB Rana
My rating: 4 of 5 stars

Pranaya Rana's story telling is too good to be called a debutant's work. Having read only Samrat Upadhyaya's works long ago, I started long ago to ignore Nepali writers writing in English. A lot of English books written by Nepali writers are stacked in my book shelf and I think it's time to kick out my ignorance.

Coming back to Pranaya and his book, I think this is one of the best collection of short stories. Out of ten stories, three stories (Dashain, The Red Kurta and Maya) left me disappointed while other stories are the early signs that 'this writer' will not only be better with time but will mark his place high as a writer, as a whole.

I am not going to review each story here. But I recommend everyone to read this book.


View all my reviews

आलु

घरमा ठुलै हाँसो थियो | बिहान म हिंड्दा सम्म त कोहि आउने कुरा थिएन | दिउसो त घरमा रमाइलो माहोल भैसकेछ | भित्र छिरें | मामाघरबाट हजुरआमा र माइजु आउनु भएको रहेछ | नमस्ते गरें, सन्चो बिसन्चो के कस्तो छ भनेर जानी सकेर म फ्रेस हुन बाथरूम छिरें | फ्रेस भएर निस्केपछि, हजुरआमाले मेरो बिहेको कुरा झिक्नु भयो | ‘बाबु, अब नातिनीबुहारी भित्र्याउने इच्छा छ |’ आलु ताछ्दै गर्नु भएको आमा मलाई हेरेर मुसुक्क हास्नु भयो | ‘हामी यसरी आएको बेला, नातिनीबुहारीले बनाएको खाजा खान पाए कति आनन्द आउँथ्यो | ‘ हजुरआमा भन्दै हुनुन्थ्यो |
‘हो, अब त हाम्रो नानीलाई नि साथी चाहियो नि |’ माइजुले कुरा थप्नु भयो | नलजाउँ भन्दा भन्दै पनि हल्का तातो भयो मेरो गाला | लजालु मुस्कानले ओठ फराकिलो भयो | ‘भर्खर त २५ वर्षको भएँ | राम्रो जागिर अनि पढाई पूरा गरेपछी त हरेक इच्छा पूरा भैहाल्छ नि हजुरआमा |’ मैले भने | ‘अब २-३ बर्ष पर्खिनु न |’
‘आफ्नो खुट्टामा राम्ररी नउभिई त के कर गर्नु र आमै? अहिले पढोस्, माथिल्लो तहमा पुगोस् अनि चाहिँ सोच्नु पर्छ |’ आमाले हजुरआमालाई भन्नु भयो | मलाई आमाको त्यो बानी सार्है मन पर्थ्यो | अरुबेला पनि यस्तो अ…

दुलहीलाई चिठ्ठी

Image
प्रिय दुलही,
माया | सानो हुँदा तिमीले सोचेकी थियौ होला कि एउटा राजकुमार घोडा लिएर तिमीलाई लिन आउनेछ र लिएर जानेछ तिमीलाई यस्तो स्वप्न महलमा जहाँ तिमी सुखी र सम्पन्न हुनेछौ | उमेर बढ्दै जाँदा, राजकुमारको स्वरूप परिवर्तन हुँदै गयो होला या भनौं 'राजकुमार' त केवल ती बाल-स्मृतिमा मात्र सिमित भयो | त्यो मीठो सपना र अहिलेको तीतो यथार्थको मिश्रण नै जीवन हुन पर्छ | सायद, अब तिमीले मीठो सपना तीतो यथार्थसंग घोलेर दिनहुँ पिउनु पर्छ | प्रिय दुलही, तिम्रो मागी विवाह हुँदै छ भने तिम्रा लागी हरेक चीज नयाँ छ | घर, परिवार, इस्ट-मित्र सब नयाँ हुने नै भए, त्यस माथि जो संग जिन्दगी बिताउने हो ऊ पनि नयाँ | सोच्दा नै आंग सिरिङ्ग हुन्छ | बिहे अगाडिको हलुका परिचय र चिनजान के काफी होला एउटा मान्छे चिन्न? बिहे गर्ने भनेर चिनजान गर्दा त जो कोहि पनि राम्रो बन्न र देखिन खोज्छ | के देखावटी परिचयको आधारमा पूरा जिन्दगी बिताउन सकिन्छ? हुन त यो कुरा द्वैपक्षीय हो तर सारा त्यागेर अपरिचित संसारमा जाने नारी हो | सुन्दर भविष्यको वाचा एउटा नमीठो धोका रहेछ भने? यस्तै प्रश्नहरुले तिम्रा कदम अनि मन भारी हुँदो हो | ती मन…

फिरफिरे: book review

Image
Phirphire by Buddhisagar
My rating: 3 of 5 stars

दुई मित्र, पवन र बसन्त (बन्ते), को कहानी हो फिरफिरे | कथा सरल छ तर नौलो छैन, कथाले हाम्रै गाउँ ठाउँको यथार्थ चित्रण गरेको छ | अपेक्षा गरिए अनुसार, बुद्धिसागरको भाषा मीठो छ | तर उपन्यासको मूल कथा दरिलो छैन | ५४० चानचुन पाना भएको यो किताब, बेला-बेला पढ्दै जाँदा अनावश्यक लम्ब्याएको भान हुन्छ | त्यो हुँदा-हुँदै पनि पढ्दै जाँदा दुई थोपा आँसु नखसेको भने होइन, बेला-बेला नमुस्काएको पनि होइन | जुठी आमै, पिच्कु माझि र बुख्याचाहरुले मन किताबमा तानी रहन्छन् | जुठी आमैले बुनेका कथाहरु उत्कृष्ट छन् | बुद्धिसागरको कल्पना शक्तिलाई त्यहाँ मान्नै पर्ने हुन्छ तर जुठी आमैको भुमिका सक्केपछी, किताब एक किसिमले अशक्त हुन्छ, कनी-कनी अगाडि बढ्छ | त्यसरी घाइते भएको किताब, पवन बिरामी भएर फर्केर आएपछि झन् कमजोर बन्छ | पवनको जीवनको नयाँ सुरुवात सुस्त हुन्छ र अनावश्यक वर्णनले न त पाठकले 'कठै' भन्छन् नत त्यसमा रमाउन नै सक्छन् |

समग्रमा उपन्यास औसत छ | बुद्धिसागरको कर्णाली ब्लुज भन्दा फिरफिरेको वजन कम छ | किताब सक्किएपछी पाठकको मन 'किताब पढी सक्कियो' भन…

Book Review: The Old Man and the Sea

Image
The Old Man and the Sea by Ernest Hemingway
My rating: 4 of 5 stars

This is a great story of struggle, patience and hope. It hooks the readers to the story; the characters and setting come alive in reader's mind as if they were real. Only drawback this book comprises is that it's a tad complex read for those who are not familiar to the tools and terms of fishing. I struggled a bit to have a smooth ride. Other than that, it is a fantastic read. Everyone should go through this book at least once in their lifetime.

Spoiler Alert: ( Following paragraphs contains the summary of the book):

Hemingway's last piece of fiction, 'The Old Man and the Sea' is about an old fishermen who goes 84 days without catching a fish. Abandoned by his young apprentice, Manolin (due to his parents' pressure), Santiago goes distant in search of fish. After a great deal of patience, he finally manages to have his bait on Marlin, a big beautiful fish. He struggles to keep hold of Marlin fo…

सपना

बालापनको सपनाको भित्तो च्याती
जब बाहिरिन्छ ऊ,
पछाडि फर्केर एक थोपा आँसु झार्दैन |
ती सपनाहरु मरेका
कैयन दिन भइसके |
केवल तिनका अस्थिपन्जरले
उसलाई तर्साइरहेथ्यो;
आज ऊ,
आफ्नै 'मिठा' सपनाको संसारबाट
'उम्केर' निराश छैन |

हरेक रात बाँच्न नसकेका  सपनाहरु
न्याय माग्न उसका निन्द्रा बिथोल्छन्;
अब अर्को सपना बुन्न
उसको आत्मबल हारिसक्यो |
त्यहि पनि केहि आशा बटुली
केहि 'तरल' सपना मुठ्ठीमा कसी
भाग्य बनाउन खोज्छ ऊ |
संघर्षको हिँडाई धेरै वर्ष हिँडेपछी
हत्केला खोलेर हेर्दा -
सपना, औंलाको कापबाट चुहिएको बर्सौं भएछ |
सपनासँगै अलप हुन्छ उसका उमेर अनि रहर |
पर क्षितिजमा डुब्न लागेको घाम हेर्दै गर्दा,
उसका बुढो आँखाले धमिलो दृष्य देख्छ
आफ्ना बचेका सपनाहरुले डाँडा काट्दै गरेको |
त्यस बखत,
खुब माया लागेर आउँछ उसलाई,
उसका अपूर्ण स्वप्नहरुको |

सहनशीला सुशिला

Image
सहनशीला सुशिला by भीमनिधि तिवारी
My rating: 4 of 5 stars

भीमनिधि तिवारीद्वारा लिखित पुरुषवादी समाजको पर्दा उघारेको यो नाटक पठनीय छ | जुवा खेल्न पल्केको पतिको दुर्व्यवहारबाट गुज्रिने सुखमा हुर्केकी कर्नेलकी छोरी सुशिलाको सहनशीलता नै यो नाटकको सार हो | सुशिला माथिको क्रुरताले मन कटक्क बनाउँछ | र त्यो हाम्रो समाजको नाङ्गो यथार्थ चित्रण गरिएको हुँदा, कुन हद सम्म हाम्रो पुरुषवादी समाज नारी माथि हावी भएको छ\थियो भन्ने यस नाटकले दर्शाउँछ | यो नाटकमा दुई पाटा छन् | एकातिर सुशिला जति नै कुटिए\पिटिए\लछारिए\पछारिए र घरबाट निकालिए पनि पतिव्रता हुन छोड्दिन भने अर्को तिर सुशिलाको घरको सुसारे, सेते, को पत्नी भने गाउँमा सेतेको मायालाई लत्याएर गाउँकै घर्तीसंग लस्किएकी हुन्छे |

नाटकको पछिल्लो भागमा सुशीलाको पतिलाई वेश्याले धोका दिएर लुटे पछीमात्र उसको चेत खुल्छ र सुशीलालाई घर ल्याई सम्मान र माया दिई राख्छ | पछी उनीहरुका दुई जम्ल्याहा सन्तान हुन्छन्, लभ र कुश | यो नाटकले त्यो बेलाको समाजलाई उजागर गर्न सफल भएको छ |


View all my reviews

Book Review: Kafka On the Shore

Image
Kafka on the Shore by Haruki Murakami
My rating: 5 of 5 stars

Not long before, one of my facebook friends posted a photo of a bag, full of Haruki's novels and expressed his excitement. Though I have heard of Haruki before, I never had the chance to go through his books. I zoomed in the picture and noted the books' names. There were five books namely Norwegian Woods, Sputnik Sweetheart, Kafka on the Shore, 1Q84 and Dance Dance Dance. Not long after that, the voracious readers I know in twitter posted about 1Q84 and his other books praising the author. Right then, I knew that the outer force was conspiring to exacerbate my situation. I had to buy Murakami's books or else I would not have been at peace.

Of all the books, I chose the thinnest book 'After Dark'. All other books were somehow thick and all I wanted to do was pick the book which was least talked on. I never saw/read the hype about After Dark. Hence, I wanted to know Murakami through his not so famous book…

ऊ मरेकी छैन

Image
U Mareki Chhaina by Bal Krishna Sama
My rating: 5 of 5 stars

'ऊ मरेकी छैन' बालकृष्ण समद्वारा लिखित एउटा सुन्दर धार्मिक नाटक हो | बिहान सबेरै कनकवीरको घरमा भिक्षा माग्न आउने शिवगिरिले कनकवीरको छोरी, कान्तिको हातको भिक्षा लिन अस्विकार गर्दछ र सो भिक्षा फालिदिन्छ | स्वास्नी मान्छेले दिएको भिक्षा नलिने भने पछी 'बच्ची' कान्तिले 'किन? के देवताहरुलाई स्वास्नी मान्छे मन पर्दैन?' भनेर गरेको प्रतिप्रश्न सुन्दर छ | यसमा कान्तिको बिद्रोही र उत्सुक स्वभाव दुवै प्रष्ट झल्किन्छ | आमा बिना हुर्किएकी छोरीको प्रतिप्रश्नलाई कनकवीर आँफैले आफ्नो किसिमले उत्तर दिएर साम्य पार्छ | आफ्नो बुवाको उत्तरबाट चित्त नबुझाई, कान्ति स्वयम् शिवगिरि भएको ठाउँमा गएर अघिकै प्रश्न गर्छे | स्वास्नी मान्छेबाट अलग्ग रहने शिवगिरि कान्तिलाई फेरी ऊ भएको ठाउँमा नआई आफ्नै घर गरेर खाने सल्लाह दिन्छ | हठी कान्ति पनि त्यो सब नमानी, सधै भजन र सत्संग सुन्न आउने र भक्तिभावमा आफ्नो जिवन बिताउने निर्णय लिन्छे | यी सबका बिच, उसले सामना गर्नु परेको सामाजिक व्यवधान, समाजको (कु)द्रिष्टि र विद्ध्यमान चलनलाई लेखकले सुन्द…