Friday, November 6, 2015

समयको बन्धन भन्दा पर

म,
अहिले पनि कहिले-काँही
जान्छु मन्दिर परिसरमा
आफ्नो अतितमा रुमल्लिन |
जहाँ ऊ र म,
पहिले चढाउंथ्यौं
हाम्रो मायाको पवित्र फूल
देवताको चरणमा |
ऊ घण्ट बजाउंथी,
उसको नाम गुन्जायमान हुन्थ्यो |
दुई हत्केला जोडेर
शिर निहुराई
आँखा बन्द गरेर जब ऊ,
मनमनै,
ईश्वरसंग मेरो लागी खुसी माग्थी,
म पनि मेरो चोखो मनले
उसको सुखको कामना गर्थें |

अहिले पनि,
जब वर्तमान अतितको कल्पनामा
डगमगाउन थाल्छ,
म जान्छु मन्दिर प्राङ्गणमा
सम्झनाका पुष्पहरु
एक-एक गर्दै फुकाउँदै
भगवानको चरणमा अर्पण गर्छु |
कसैले घण्ट बजाइदिन्छ,
उसको नाम गुन्जिन्छ
चारै तिर... सबै तिर...

ठीक त्यो बखत,
भूत, वर्तमान र भविष्य
एउटै सागर बन्छ |
म पौडी रहन्छु,
निरन्तर,
समयको बन्धन भन्दा पर ||
pic source: neverletyoustealmyafterlife.tumblr.com

Thank You

I am really glad that you visited my blog. It is my small endeavor to share my writings to you with a motive to make you refreshed. I hope you enjoyed being here. I hope to see you soon. Cheers