Posts

Showing posts from June, 2015

मलमास (केटीको दृष्टिकोण बाट )

Image
आज पनि यो रात ननिदाई
बित्ने भो,
मेरो प्यारो सिरानी
तिम्रो छाती,
म संग कहाँ छ र?
लाग्छ,
यो चन्द्रमा बनि
तिम्रो झ्यालबाट तिमीलाई
सुटुक्क चोरेर ल्याऊँ |
मलाई थाहा छ,
तिमीले झ्यालमा पर्दा हाल्न
पक्कै बिर्सिएको छौ |

बिहान नुहाएर आई
श्रिंगार गर्दा,
मेरो श्रिंगार पूरा गर्ने
मेरो सिउँदो भर्ने
ती तिम्रा हात यहाँ छैनन् |
जसो तसो आफैंले
सिन्दुर हाल्छु
ऐनामा हेर्छु
तर,
'आहा! कति राम्री देखिएकी'
भन्ने तिमी यहाँ छैनौ |
तिमी बिना मेरो श्रिंगार अधुरो छ |
तिमी बिना म अधुरी छु |

मलाई थाहा छ,
तिम्रो कोठा लथालिङ्ग छ,
सामान छरपस्ट छन् |
तर त्यो सबै भन्दा लथालिङ्ग,
तिमी भएका छौ |
तिमी अनि म,
आधा उता, आधा यता ;
चुँडिएर पल पल जिउनु
के फाइदा आखिर?
एक मन लाग्छ,
मेरा बा-आमाले मलाई
'तेरो घर जा नानि'
भनिदिउन् |
बतास जसरी हुर्रिएर आउथें,
तिमीमा लीन हुन |

मलमासको एक महिना,
कहिले बित्ला आखिर?
तिम्रो मायाँमा डुबेकी म,
यहाँ रुखाएकी छु,
तिमी बिना,
सुकेकी छु, ओइलाएकि छु |
कहिले आउला श्रावण महिना,
अनि म तिमी कहाँ आउनेछु,
तिम्रो प्रेमको वर्षामा भिज्न,
अनि फेरी फुल्नेछु
तिम्रो बगैंचामा
पिरतीको सुन्दर फूल ब…

मलमास

Image
गर्मीमा पनि प्यारो लाग्दैन
मेरो ओछ्छ्यान छेऊमा यो चिसो |
रातको यो समयमा,
कालो बादल बिच
लुकामारी गरेको त्यो चन्द्रमा,
तिमी झैँ लाग्छ |
मलाई सुटुक्क चिहाउन आएकी ||

बाहिर तिमीलाई नियाल्दै गर्दापो
म झल्यास्स हुन्छु,
कोठामा पर्दा नलगाएको नि
धेरै भएछ |
तिमी माइत गए देखी,
मेरो होश ठेगानमा कहाँ छ र?
सायद, तिमी चन्द्रमा बनी आउने,
यो मनले अगाडी नै थाहा पायो कि?

कोठा पनि न्याश्रिएझैँ लाग्छ,
पटक्कै उज्यालो लाग्दैन |
तिमी हुँदा,
यो कोठा नि त तिमीसंगै
धपक्क बल्ने गर्थ्यो |
अचेल त लाग्छ
पूरै असारे बादल
मेरै कोठामा मडारिएको छ |
र बर्सन्छ मेरा आँखा बाट,
मुसलधारे पानी |

सबेरै - सबेरै उठी,
नुहाई-धुवाई गरेर,
ती परेली केशका
शीत, जब मेरो जीउ भरि
छर्किन्थ्यौ,
मेरो बिहानी सुरु हुन्थ्यो |
तर,
अहिले चिसो सिरानीले
मेरो तन-मन चिस्याई रहन्छ,
र म परेली झिमिक्क नपारी
हेरी रहन्छु ढोकामा,
तिमीले चोखा शीत ल्याउँछौ कि भनी |

अब कति दिन सहनु
यो एक्लो पना मैले ?
उजाड उजाड लाग्छ,
यी सारा परवेश |
तिम्रो न्यानोपना कतै छैन |
चिसिएर असिना बनी,
टुक्रा टुक्रा भई बर्सन्छु कि कसो?
के तिमी आउँछौ,
मलाई बटुलेर अंगाल्नलाई,
यो उजाड पन…

Rain, Rain. Come again.

Image
Kathmandu, 2015-06-19

Rain... Aah!! Brings out the child in you. Those days when I was just a kid, I used to get soaked in rain. I never refrained from going out and getting soaked. As I grew up, it sadly got stopped. I started looking myself from adult's perspective, society's perspective and so on. In other words, I matured. And no one needs telling what maturity brings. There was no honest and simplest eyeing of the things. The innocence was long gone and you always keep in mind what the negatives are. Fun never comes with 100% fun. There is always a certain amount of risk/negatives in fun. Always. Your way of thinking as a child vanishes. You start to think like an adult. And that's when you lose the essence of life.

What will you think when a man of around 40 runs wild in rain, happily/willingly? I bet most of us think that he is a crackhead. Not your fault. That's society's fault. That's how we grew up, that's what we are taught and heard of, that'…

दाजुलाई चिठ्ठी

आदरणीय/प्रिय दाजु,
ढोग/मायाँ |

             तिमी आदरणीय र प्रिय दुवै छौ, कुनै एक मात्र लेख्न सकिन | 'ढोग' गर्या देखेर चाहिं दङ्ग पर्यौ होला, जेठमै दशैँ आएको जस्तो भान भयो होला कसो? आदरणीय लेखे पछी ढोग झुण्डाउंदा अलि मीठो सुनियो के | खैर, छोडौं यो कुरा | 'Digital age' मा किन चिठ्ठी लेख्यो भनेर हैरान भएको होलाऊ, हुन्देउ नहोऊ | यो इ-मेल सी-मेल लाई लोप्पा खुवाई दिएको आज | यसरी लेख्दा मायाँ नि उम्लिने रहेछ, मिठास नि बढ्ने रहेछ | मौलिकता कायम रहोस् न, कसो?

जे होस्, हामी यहाँ सन्चै छौं | भूकम्पले हल्लायो, अहिले थाक्यो जस्तो छ | हामी नेपाली नि सार्है ज्याद्रा, मर्न पर्ला बरु घुंडा नटेक्ने | त्यसै बहादुर भनेर कहलिएका होइन रहेछौं हामी | यिनलाई नसक्ने भैयो भनेर सुस्तायो जस्तो छ भूकम्प | अर्को ६०-७० वर्ष पछी आउने योजना बुन्न थाल्यो जस्तो छ | बुनोस्, सक्दो गरोस् | गोर्खालीका सन्तान गोर्खाली नै हुने हुन् क्यारे |

बा-आमा न्यास्रिनु भएको छ | आखिर तिमीले परदेश टेकेको नि ३ वर्ष लागेछ | आफ्नो मुटुको टुक्रा टाढा हुँदा, के मानोस् त मनले? तिमीले नि बुझेकै छौ त्यो कुरा त | बा-आमालाई थाहा छैन मै…