Tuesday, December 22, 2015

भतिजलाई चिठ्ठी

प्रिय भतिज आरोन,
नमस्कार |

छोरोलाई बाऊले नमस्कार? हैरान हुने कुरा गरियो | 'बुढाले दरो पेल्यो यार' भन्ने लाग्यो होला, त्यस्तो होइन | यो नमस्कार नेपालीत्व झल्काउने नमस्कार हो | म चाहन्छु तिमी अमेरिकामा जन्मे पनि नमस्कारको महत्व जान | 'हाई/हेल्लो' आफ्नो ठाउँमा होला, तर नेपालीले नमस्कार गर्न जान्नु पर्छ, त्यो मेरो बुझाई हो | हुन त, अहिले पनि स्काइपमा कुरा गर्दा, तिमीले 'काकु, जी' गरेर गोडामै ढोगे जस्तो गर्दा, मन ढक्क फुलेर आउँछ | मलाई ढोग्ने एउटा छोरो त छ भनेर होइन, अमेरिकामा भएर पनि नेपाली बनेर हुर्किदै छ भनेर | त्यसको लागी तिम्रा बुवा-आमालाई धन्यवाद दिनै पर्छ | विदेशिए पनि पश्चिमाहरुको अनुसरण गरेका छैनन् | जरो नेपालमै गाडिएको छ | विदेशमा फूल्दै होलान् तर नेपाली बनेर | बास्ना 'नेपाल' नै आउँछ |

तिमी फुलेको पनि एक वर्ष पूरा भयो| अब दोश्रो वर्षमा बिस्तारै फक्रदै छौ | जीवनमा एउटा खल्लोपन सधैं रहने भयो | तिमी हुर्केको बढेको, बामे सरेको, पहिलो चोटि उभिएको/हिंडेको र बोलेको यी आँखाबाट ओझेल परे | अझ भनौं, तिमीलाई काखमा लिएर हसाउँदा-हसाउँदै, तिमीले हाँसी-हाँसी मलाई मुत्र-स्नान गराउने त्यो बहुत प्यारो क्षण पनि आकाशको फल आँखा तरी मर भनेझैं हुने भयो | 'डायपर'को जमाना छ भन्लान् अरुले, आफुलाई त्यस्तो स्वाँग पार्न आउँदैन | घरमै हुँदा नि के को डायपर ? जता दिन मन लाग्छ, त्यहीं दिए हुन्छ | पछी यहि सम्झनाले त हसाउँछ | म सानो हुँदा उता सानो बा (शंकर ढकाल बा)ले जजमानकोमा सप्ताह सकेर ल्याउनु भएको दक्षिणाले भरिपूर्ण इस्टकोटको खल्ती भरी 'भततततततत्त' आची गर्दिएछु | बुढाले हाँस्दै सब पैसा पखाल्नु भएछ | अचम्म उहाँले पैसा पखालेकोमा मान्दिन, अचम्म त उहाँको हँसाईमा माने मैले | हो त्यहि हाँसो मैले हास्न पाउँछु भन्ने सपना मात्र भयो | तिमीले त्यो 'अबोध' उमेर अमेरिकामै कटाउने भयौ | तिमीलाई काँधमा बोकेर तिमीले नदेखेको आगनपारीको संसार तिमीलाई देखाउने इच्छा अधुरो भयो |

इच्छा-आकांक्षा सबै यस्तै हुन्, कुनै पूर्ण हुन्छन्, कुनै धुलो पिठो भएर चुर्ण हुन्छन् | अहिले त हामी टेक्नोलोजीको जमानामा छौं, टाढाका मान्छेलाई पनि आँखै अगाडि नाचेको, हाँसेको देख्न सकिन्छ | यत्तिलाई भए पनि धन्यवाद त दिनै पर्छ किनभने चाहेको बेला बोलि सुन्न पाइएकै छ, देख्न सकिएकै छ | तर, म यसमा पनि भिन्न परें | मलाई त्यसले चित्त नै बुझ्दैन, तिमी संग बोल्दा, तिमीलाई जुरुक्क उचालेर म्वाई खान मन लाग्छ | कहिले काहिँ त, मोबाइलको चिसो स्क्रिनमा ओठ जोडिन्छन् | न तिम्रो बास्ना आउँछ, न त तिम्रो कोमल अंगको न्यानोपना नै | मन अझ खिन्न हुन्छ | त्यसैले विदेश बसेका मान्छेसंग म कम नै अन्तरक्रिया गर्छु, किनभने त्यतिले मेरो लोभी मन मान्दै-मान्दैन | नपत्याए विदेशिएका मेरा सम्पूर्ण साथी-भाई, आफन्तहरुलाई सोधे हुन्छ, अपार मायाँ हुँदाहुदै पनि म कति कम बोल्ने गर्छु उनीहरुसंग |

अचेल तिम्रो भान्दाई 'आयाम' यहीं स्कुल पढ्न आउँछ | दिनको २ घण्टा भए पनि मामाघर उक्लिन्छ स्कूल पछी | ख्याल रमाइलो लाग्छ र | उसका बाल सुलभ क्रियाकलापहरु आँखै नझिम्काई हेरी रहुँ लाग्छ | बोलि उस्तै मीठो बोल्छ, हाँस्दा त मानौं एकै चोटि हजार फूल फुले जस्तो | ऊ घर जाने भनेर दङ्ग पर्दै गएपछि सून्य लाग्छ | अनि मनले तिमीलाई झन् खोज्छ | कहिलेकाहिँ उसलाई, 'तिमी घर गए पनि हाम्रो घरमा अर्को भाई आउँछ भनेर जिस्काउँछौं' | अनि ऊ निकै मीठो संग, 'को? त्यहि भुगनको छोरो?' भनेर प्रश्न गर्छ | ऊ घर जान्छ, तर घरमा हुनुपर्ने छोरो परदेशमा कतै नाच्दै छौ होला |दुरुस्त उस्तै हाँस्दै छौ होला | हज्जार फूल फुले जस्तै | तिमी पनि अब घर जाने भनेर हाँस्दै नेपाल आए, कस्तो हुन्थ्यो होला? खुसीले आँखाको बाटो रोझ्थ्यो होला पहिला | कुनै दिन, तिमी बुझ्ने भए पछी यो लेख पढ्लाउ र भन्लाउ 'काका, त दरो रुन्चे हुनु हुँदो रहेछ' | धत् , त्यस्तो चाहिँ नभनी हाल्नु, इज्जतको सवाल छ | बाऊको इज्जत गरेस्, डाँका |

अब केहि समय केहि काल तिमी उतै हुर्किन्छौ, शिक्षा उतै आर्जन गर्छौ | तिमीलाई काकाको आशिर्बाद छ | जे गर्छौ त्यस्मा तिमी अब्बल हुनेछौ यसमा रत्तिभर शंका छैन | किनभने तिमी हरेक कुराले निपुण आमा (मेरी भाउजु)को कोखबाट जन्मेका हौ र तिम्रो बाऊ (मेरो दाजु) आदर्शले भरिपूर्ण एउटा जिम्मेवार मान्छे हो | असल माता-पिताको छोरा हौ तिमी | तिम्रो बाऊ प्रति मलाई आफुँ भन्दा बढी विश्वास छ, र तिमीलाई सहि बाटो उसले डोहोराउँछ भन्नेमा म विश्वस्त छु | तिमी त हामी (तिम्रो बाऊ र तिम्रो काका) भन्दा भाग्यमानी छौ | किनभने तिमीसँग आदर्शको चुचुरो, ज्ञानको भण्डार - 'हजुरबुवा' हुनुहुन्छ | हामी दाजुभाईले हजुरबुवाको माया के हो अनुभव गर्न पाएनौं | तर हजुरआमाको मायाले हजुरबुवाको कमिको महसुस सधैं भने भएन | अर्को रमाइलो कुरो, तिमीसंग तिम्रो काका बाऊ छ , याने म छु म | हाम्रो त काका नै थिएनन्, तिम्रो हजुरबाउ एक्लो छोरो हुनुन्थ्यो | त्यसैले तिमी भाग्यमानी छौ | तर तिमीले चाहिँ अर्को एउटा भाई/बहिनी पाउनु भनेर जिद्दी गर्देउ है | दाजुभाई-दिदीबहिनी भएको घर मज्जा आउँछ | तिमी नेपाल आउ अनि म सुनाउँछु, तिम्रा फुपुहरुको, बाऊ अनि काकाको उपद्रव | पेट मिची मिची हाँस्नेछौ |

तिमी नेपाली भएर फुल्नेछौ भनेर म ढुक्क छु | तिमीले स्कूलमा अमेरिकाको इतिहाँस पढ्लाउ, नेपाली समृद्ध इतिहाँस अनुभव गर्न तिमी नेपाल आउनु | अमेरिकी युद्ध पढ्लाउ उता, यता शान्तिका प्रतिक बुद्ध हेर्न आउनु | उता अमेरिकी गाथा, यता संसारको अग्लो शिखर सगरमाथा | उता याप्पलको सिरी, यता जंगलमा झ्याउँ-झ्याउँ गर्ने झ्याउँकिरी | यस्तै भिन्नता बिचको तिमी समानता आखिर नेपालको पुत्र हौ | तिमी नेपाललाई माया गर्नु, नेपाल सम्झेर आउनु, परिवार सम्झेर आउनु, काकाबाऊ सम्झेर आउनु | बाबु तिमीले यहाँ, मन भरिको न्यानो मायाँ र बाल कृष्ण समले भने जस्तै हिमशैलको मधुरो मीठो चिसो चुम्बन एकै चोटी महसुस गर्नेछौ |

उही तिम्रो माया गर्ने
काका /काकु/सानो बाऊ / बाऊ/अंकल/कान्छा बा (जे भने नि उही हो)
भाष्कर

Wednesday, December 2, 2015

आमा


आज तेश्रो दिन भो ऊ बाउ बनेको | खुसीको त मानौं कुनै सिमाना नै छैन | छर-छिमेक, इस्ट-मित्र, आदि सबको बधाई पाउँदा त झन् उसको छाती ढक्क फुलेको छ | मन चंगा छ | कति ठाउँमा त उसले लड्डु बाँडी सक्यो पनि | तल्ला घरे काकाले 'छोरो कि छोरी?' भनेर सोध्दा, उसले चौडा मुस्कानमा साथ 'छोरा' भन्दा काकाले दुख्ने गरी धाप मारे दिवेशलाई | लड्डु पनि दुइटा मागेरै खाए | 'छोरी भन्दा छोरा नै ठिक' भनेर काकाले भन्दा दिवेशलाई काकाको सोचाई प्रति दया लाग्यो तर प्रतिउत्तर केहि दिएन | मुस्कायो मात्रै | आज उसलाई कसैसँग बहस गर्नु छैन | नत्र भनी दिन्थ्यो कि उसलाई पहिलो सन्तानको रूपमा छोरीको इच्छा थियो | त्यो त, उसकी पत्नीले छोरा पाउने रहर गरेपछी, ऊ पनि राजी भएको थियो |
दिवेश  सम्झन्छ उसकी पत्नीसंगको कुरा |
'पहिलो सन्तान छोरा कि छोरी?' मैनाले लजाएर सोधेकी थिई |
'पहिलो सन्तान त छोरी नै हुन पर्छ,'  उसले भनेको थियो |
'नाइँ, छोरा नै हुन पर्छ | हाम्रो एक छोरा एक छोरीको सपना छ | पहिले छोरा नै भए ढुक्क हुन्छ | चाडै हुर्कन्छ, जिम्मेवार नि चाडै बन्छ |' मैना भन्दै गई|
'अनि पछी उसकी बहिनी आउँछे | अहिले काल-बेला यस्तो छ, दाजुको माया, आड अनि सुरक्षा पाउँछे छोरीले पनि | म घरकी जेठी छोरी भएर मलाई अहिले सम्म नि मेरो दाजु भए हुने जस्तो लाग्छ |' केही गम्भीर हुँदै उसले तर्क गर्छे |
'अर्काको दाजुले बहिनीलाई गरेको मायाँ देखेर नि मन कटक्क हुन्छ | नाइँ बा, म त मेरो छोरीलाई त्यस्तो हुन दिन्न |' उसको मन अमिलो हुन्छ |
'तिम्रो भाई छ, त्यो देखेर नि त अरुले तिम्रो इर्स्या गर्दा हुन् नि त्यो त', दिवेश ले मुस्काएर भनेको थियो |
'नगरेर भो त? त्यत्ति प्यारो भाई छ मेरो | आफ्नै छोरोझैं लाग्छ मलाई ऊ | ठूलो भैसक्यो, त्यै पनि काखैमा लिएर म्वाई खाइ रहुँ जस्तो छ |' ऊ भावनामा डुब्दै थिई | 'काले मोरो! अहिले छि:छि गर्छ, पहिला मैले माया नगरी हुन्नथ्यो | छोरीको जात नि कस्तो, त्यस्तो प्यारो भाईलाई छोडेर पराईको घर आउन पर्ने |' उसको हँसिलो मुहारमा साँझ पर्दै गयो |
'म पनि त तिमीलाई कत्ति माया... ' ऊ आफ्नी प्यारीलाई फकाउन खोज्दै थियो, मैनाले बिचैमा काटी | 'मलाई त्यहि भएर छोरी होइन छोरा चाहिन्छ पहिले | छोरी पहिला जन्मी भने बिहे पनि चाँडै हुन्छ उसको | घर शून्य हुन्छ | छोरा पहिला भयो भने छोराको बिहे हुन्छ, परिवार बढ्छ अनि त्यसपछी छोरीको बिहे गर्न पो स्वाद | बुहारीलाई हेरेर भए नि चित्त बुझाउन त हुन्छ |'
मैनाको कुरा नि उसलाई सहि लाग्यो | आफुलाई छोरी चाहिए पनि, उसकी प्रियसीको छोरो पाउने रहरमा कुनै लैंगिक भेदभाव थिएन | ऊ त छोरीकै हितमा बोल्दै थिई | छोरीसँग लामो समय बिताउने कुरा गर्दै थिई | यो कुरा दिवेशलाई पनि मन परेको थियो |
'तर तिमीलाई लाग्दैन छोरी पहिले जन्मी भने ऊ आत्मनिर्भर हुन सिक्छे, आफैँ लड्न र आफ्नो सुरक्षा गर्न सिक्छे | ऊ कसैमा भर नपर्ने हुन्छे, होइन?' दिवेश ले जानी-जानी मैनाको कुरामा अहिले नै हो मा हो मिलाउन खोजेन |
'त्यो त ऊ जसरि नि हुन्छे | हो दाजुको आड पाउछे तर ऊ कमजोर हुन्छे भनेको होइन |' मैना हाँसी | 'दाजु भए दाजुसँग लाडिन्छे, जिस्किन्छे, अझ बढी माया पाउँछे पो भनेको त |'
'त्यो त हो, मलाई नि लाग्छ मेरी बहिनी भएकी भए म कत्ति माया गर्थें होला उसलाई भनेर |' अब दिवेश  घोरियो |
'ल त्यसो भए पहिला छोरा अनि छोरी है त?' मैनाको मुहारमा फेरी घाम उदायो |
'हुन्छ हाम्रो इच्छा त्यहि भो | अब भगवानको मर्जी  |' दिवेश  नि मख्ख पर्दै मैनालाई अँगालोमा बेर्यो | मैना लाजले भुतुक्क हुँदै मनमनै इश्वरलाई ढोग्दी भई |
साह्रै प्रसन्न मुद्रामा दिवेश  घर पुग्यो | मैना छोरोलाई स्तनपान गराउंदै थिई, एकोहोरो त्यो बालकको मुहार हेर्दै | त्यो बालकले उसको छाती चुस्दा, त्यो दुखाई अब दुखाई होइन, उसलाई त्यो प्रिय भएको थियो अनि आनन्दमा परिणत भएको थियो| छोराका  कोमल अंगहरु मैनालाई फूलका पत्र भन्दा नि नरम अनि सुन्दर लाग्न थाले  | काखमा टुपुक्क भएको त्यो शरीर उसलाई शरीर नभई आफ्नै मुटु सम्झन्थी | त्यो बालकले लामो श्वास लिँदा, शान्तसँग छाती उठ्दा र बस्दा मैनालाई यति आनन्द आउँथ्यो कि उसले त्यो स्वर्गीय सागरमा कति डुबुल्की मारी उसैलाई हेक्का छैन | ठीक त्यसै बखत दिवेश  घर पुग्यो | अनि त्यो सबै ऊ नियाली रह्यो | आज उसका हरेक सपना पूरा भएका छन्, ठीक उसकै अगाडि | ऊ पनि मग्न भएर त्यो आनन्दको सागरमा डुबी रह्यो |
'के हेरेको त्यसरी?', मैनाले लाजको पोको बिस्तारै फुकाउँदै सोधी | त्यस बखत उसले किन सरमको ओढ्ने ओढी, उसैलाई थाहा भएन |
'थाहा छ मैना, जब मैले तिमीलाई पहिलो चोटि देखेँ तब तिमी जस्तो सुन्दर कोहि लागेन | तिमीमा बालापन थियो, हँसिली थियौ, चुलबुले थियौ | तिमीसंग प्रित बस्नु कुनै आश्चर्यको कुरा थिएन | बिस्तारै तिमी फक्रदै गयौ, अझ सुन्दर हुँदै |' दिवेश  गम्भीर हुँदै गयो | 'समयको चक्र घुम्दै जाँदा तिमी परिपक्क भएको हेरें, तिमी चन्चले केटीबाट एउटा जिम्मेवार युवती भएको पनि मैले देखेँ | तिमी जति बद्लिन्थ्यौ उति सुन्दर हुन्थ्यौ |'
दिवेशले यसो भनि रहंदा मैनाको मुटु ढुकढुक गर्दैथ्यो | आज ऊ किन यो सब भन्दैछ ऊ अनभिज्ञ छे | तर ऊ दिवेश लाई रोक्न नि चाहन्न किनभने उसका वाणी आकाशबाट पुष्पवर्षा भएझैं रोमान्चित गराउने खालको छ | उसलाई सुनी रहुँ लागेको छ | दिवेश  आज उसलाई बिशेष आकर्षक लागेको पनि छ किनभने दिवेशको आँखाको गहिराईमा उसले अविरल माया नै माया देखेकी छ | केवल उसको लागी |
'हाम्रो बिहेको दिन जब मैले तिमीलाई दुलही भएर मेरो नजिक आउँदै गर्दा नियाँले, लाग्यो यो संसारमा तिमी जति राम्री न कोहि थियो न कोहि हुनेछ | त्यसपछीका दिनमा मैले तिमीलाई हरेक दिन अनेक रूप, रंग अनि अवतारमा देखेँ | हरेक चोटी तिमीले मलाई चोर्यौ | कयौं चोटि म तिमीमा लीन भएँ र तिमीमा हराएँ | तर तिम्रो सुन्दरता कहिले नि हराएन |' दिवेश ले यति भन्दा मैनाको गह भरिएर आयो | आज उसका खुसीका लहर उर्लिएर आएको छ, कुनै बाँधले छेक्न नसक्ने गरी | मनको कुना देखि खुसी सोहोरिएर मैनाको दुई आँखामा आएर ढिल्पिल-ढिल्पिल गर्न लागे |
'तर मैना..', दिवेश  बोल्दै गयो | 'त्यो सबै खुसीका पलहरु केहि होइन रहेछन् | संसारको सबै भन्दा खुसीको क्षण ती कुनै होइन रहेछन् |'  मैना थोरै झस्की |
'प्रिय मैना, संसारको सबै भन्दा खुसीको क्षण र सबै भन्दा राम्रो दृश्य - 'आमा'', यति भनेर दिवेश  मुस्कुरायो |
खुसीले हरेक बाँध तोड्यो | मैनाको आँखामा बाट खुसी बडा-बडा ढिका बनेर उर्लिदै बग्न थाले |

 
Pic courtesy: www.stjosephschoolaquem.net





Friday, November 6, 2015

समयको बन्धन भन्दा पर

म,
अहिले पनि कहिले-काँही
जान्छु मन्दिर परिसरमा
आफ्नो अतितमा रुमल्लिन |
जहाँ ऊ र म,
पहिले चढाउंथ्यौं
हाम्रो मायाको पवित्र फूल
देवताको चरणमा |
ऊ घण्ट बजाउंथी,
उसको नाम गुन्जायमान हुन्थ्यो |
दुई हत्केला जोडेर
शिर निहुराई
आँखा बन्द गरेर जब ऊ,
मनमनै,
ईश्वरसंग मेरो लागी खुसी माग्थी,
म पनि मेरो चोखो मनले
उसको सुखको कामना गर्थें |

अहिले पनि,
जब वर्तमान अतितको कल्पनामा
डगमगाउन थाल्छ,
म जान्छु मन्दिर प्राङ्गणमा
सम्झनाका पुष्पहरु
एक-एक गर्दै फुकाउँदै
भगवानको चरणमा अर्पण गर्छु |
कसैले घण्ट बजाइदिन्छ,
उसको नाम गुन्जिन्छ
चारै तिर... सबै तिर...

ठीक त्यो बखत,
भूत, वर्तमान र भविष्य
एउटै सागर बन्छ |
म पौडी रहन्छु,
निरन्तर,
समयको बन्धन भन्दा पर ||
pic source: neverletyoustealmyafterlife.tumblr.com

Saturday, October 31, 2015

Annapurna Base Camp: A trek to cognizance




Last year, I vented my anger on facebook on how Dashain has been a total nuisance rather than an amusing festival. I reasoned how the time of Dashain could be more fruitful/fun if one opted to NOT celebrate the ‘monotonous’ Dashain and decide to visit our own beautiful Nepal in that period instead. This year, I decided to tail what I presented last year. I packed my bags and went for the Glory. Luckily, my parents did not coerce me to stay at home despite having just three members in the family. My exclusion in Dashain meant that Dad and mom had to sojourn at home in festive period without me. As a son, if I pictured the scenario from my parents’ stance I would definitely rate this Dashain as one of the bitterest Dashains. Dashain usually means family members being together, sharing-laughs, stories and precious moments. For my parents, it was complete contrast as their eldest son and his family were close only on skype and the other son was on his way to the mountains. He was definitely close yet so far. Thus, before leaving, I could picture how miserable my parents’ Dashain was going to be. 


Despite all those, I managed to place my feet outside the emotional zone. Four people including myself set out our journey to Annapurna Base Camp. Day 1 was from Kathmandu to Pokhara. We caught the bus from Kalanki (at 2:30 PM) and reached Pokhara around 9 PM. Day 2 started early (2 AM) from Pokhara. We caught the night bus to Nayapul. And started our genuine trek from there. It was Saturday morning and we walked 9-12 hours per day to reach ABC within Tuesday. Nayapul – Birethanti-Ulleri-Ghorepani in Day 2. Ghorepani-Poonhill-Ghorepani-Tadapani-Gurjhung-Chhomrong in Day 3. Chhomrong-Sinuwa-Bamboo-Dovan-Himalaya-Deurali in Day 4. Deurali-MBC-ABC- back to MBC- Deurali- Himalaya- Dovan- Bamboo in Day 5. Bamboo-Sinuwa-Chhomrong-Jhinu-New Bridge- Siwai in Day 6. Siwai - Syauli Bazar - Birethanti - Naya Pul – Pokhara- Kathmandu  in Day 7.

Reaching Annapurna Base Camp was not a walk in the park especially when you are among those who do not exercise in your daily life. Stairs from the bottom of the hill to the top was not a motivation either. Trek from Birethanti to Ulleri to Ghorepani was particularly challenging and eye opener about what our journey ahead consisted of. Stairs, Stairs, Stairs, more stairs and even more stairs. I have to say that the second day was hardly any fun. It was glum as I only loved walking in plain areas and downhill. But the uphill climbing via the stairs was what I despised most. And second day till we reached Ghorepani, it was all uphill climbing leaving some areas where it was fairly easy walk.

On the way to Ghorepani, we had glimpses of Machchhapuchhre Mountain. That majestic view and the delightful meal at Ulleri spurred our walk. It was from the third day that I started linking the trek with life. Everything in life and in trekking seemed to have carried the same message. Each step I took, I figured out more about life. It was like a meditation. The more my feelings went deep, the more I got ‘enlightened’. By enlightenment, I meant I became more aware to the things around me. The ‘good /wise’ person in me took over and I started visualizing life from a broader term. Trekking was getting the best out of me.

When I was at the foot of the hill, I saw the never ending uphill stairs welcoming me. My first and second days’ approach was all wrong. I always looked at the top and got demotivated (imagining the difficult climb ahead). Consequently, my body used to give up and no matter how long or short (easy or hard) path came my way, I got fatigued frequently and needed more rest or breaks. But that changed from the third day as I altered my approach. After that, I did not see the goal at the top of the mountain. I set small goals first. My goal was to climb the next stair I encounter. The destination was far away but my goals were always near. I did not have to hustle or be worried about my goal. All I did was welcome the next stair and complete my challenge. Aren’t the life goals be achieved that way? One step at a time? That way, I was always steady and I did not fear my goal. I kept on moving towards my destination with ease as my next goal needed exactly the same amount of effort that I put in achieving the previous one (which was not much). I have ambitions with life. Gigantic ones and they have often made me unnerved. I have always feared my goals with life. But now I know how I have to move towards them. I should stop lurching towards them. My steps should be placid and well weighed.

My own (new) approach to the destination/goals was a great motivation. But the motivation was at rife while trekking. Children below 10, elders above 65 were seen scaling their way to ABC. Not only that, porters with big loads were climbing uphill. Locals or not, habit or not, it’s never easy to carry heavy load and climb the hill. You see them and question yourself about the excuse you are making of being tired. The cool zephyr, clear weather, blue rivers with a magical sound directly from Himalayas, the beautiful scenes, exquisite smile of the snow-covered mountains, songs of birds and animals, the ‘homelike’ jungles and so many other things were inarguably the best of the motivations. But what trekking did to me was it helped me notice the simplest of things that went unnoticed in my daily life before.

The other thing that the trek taught me is to spread love even to the ones that you do not know. Thousands of tourists from all around the world trekked at the same time. Around 90% tourists greeted us with a smile and a ‘Namaste’. No matter how tired they were, no matter what, they always had something to say to us. If not, they offered a smile. While walking if they heard your shriek of pain, they would stop and ask if you were alright. People from different countries with different languages speaking one common language ‘love’, how beautiful is that? What difference did it make then? It made a huge difference. For the split seconds, you forget how bushed you are. ‘You smile at the world and the world will smile with you.’ Now imagine meeting one tourist every 3 seconds. In one minute, I smiled for 20 seconds. Meaning, the travelling was more pleasing. It’s not just about tourists. The locals treated us the same. They were ecstatic to see the local tourists and treated us very well everywhere. Considerable discounts were provided on the hotels and lodges. They conversed with us about our hometowns, our jobs, and studies and even shared a view about politics. Moreover, we shared love. Isn’t our lives lacking love? Are we loving enough? Haven’t we become too self-centered to even wave at our neighbour or smile at them? Aren’t we lacking the essence of life? How can we reap happiness when we sow revulsion in our heart? “Let us make one point, that we meet each other with a smile, when it is difficult to smile.” – Mother Teresa.



As I was edging close to the ABC, I went through the tremendous emotional turbulence. I was euphoric as well as hollow within. Some astounding feelings overwhelmed my heart and mind. I could hardly prognosticate the situation I was going through. I was dumbfounded. As I reached ABC, I figured out what was wrong with me. I wanted to stay there forever and at the same time, I wanted to come back home to my loved ones. I remembered my family: parents and siblings, I missed my beloved one and my buddies. I evoked all the sweets moments with them. Their laughs, smile and their certain reaction to magnificence. I recalled how they would react after they saw what was just inches in front of me (the Annapurna). How I wished they were there with me. I have been recluse most of my life. I love solitary. I avoid crowds. Even at my own home, I am always found inside my room alone. Thus, I was astonished (despite my nature) to fathom that I wanted to be with my loved ones to share my exhilaration. Mayhap, I comprehended the true meaning of happiness then. I thought of the quote from the book ‘Into the Wild’ by Christopher McCandless and smiled big. “Happiness only real when shared.” My travelling companions with me in the ABC discerned my smile. Little did they know the genuine reason behind it.















Saturday, October 24, 2015

उपहार

अन्नपूर्णको लामो यात्रा अघि,
उसलाई मैले सोधेको थिएँ,
उपहार के चाहिन्छ भनि?
हप्तौं लामो यात्रा सम्झी,
केहि अमिलो मन पारी,
मनको भारी बिसाउँदै,
दबिएको आवाजमा,
रुन्चे हाँसो हाँस्दै
उसले भनेकी थिई,
'न्यानो माया अनि.....'
'अनि एक मुठ्ठी हिउँ |'

अन्नपुर्णको फेदमा पुगी,
न्यानो मायाको साथ
जब एक मुठ्ठी हिउँ उठाएँ
तब मेरो मायाको न्यानोपनले
हिउँ पग्ली गयो |
हिउँ संगै पग्ले
सारा अभिलाषाहरु
मेरा अनि उसका |

पग्लिएको हिउँलाई मैले
बाफ बनि उड्न दिएँ |
जब म न्यानो माया लिई
फर्कन्छु,
तब उसले मसँग
आफ्नो उपहार  माग्ने छे |
र म दिनेछु उसलाई उसको कोसेली
उसको हिउँ,
जो आकाशमा बादल बनी
बगिरहेको हुनेछ
अविरल |
ऊ जब-जब आकाशमा सेता हिउँ
हेर्नेछे,
र न्यानो प्रेमको अनुभूति गर्नेछे,
सायद तब-तब,
ती हिउँ पग्लेर उसका आँखाबाट
झर्नेछन् |


Wednesday, October 14, 2015

बेमौसमी याद

यो बेमौसमी वर्षाका
बाछिटाहरु
ओत लागी बसेको मलाई,
जानी-जानी जिस्काउन
आउँछन् |
लाग्छ,
यी पानीका थोपा होइनन्,
यी त उसका यादहरु हुन्,
पग्लिएर बर्सिंदै छन् सायद |

यी भिजेका प्यासी गल्लीहरु,
पत्र-पत्र फैलाएर
तनलाई नग्न बनाई
किन्चित बनेका फूलहरु,
कुना-कुना बाट सोहोरिएका
हाम्रो प्रेमको डुंगा बगाउने कुलोहरु,
कहाँ पाउन्न म उसलाई?
एक झर उसको याद,
जता-ततै फैलिएको छ |

कतै,
एक टुक्रा याद.
पग्लिएर तमाम तरुण युवतीहरुलाई
भिजाएको छ |
काँप्दै गरेका तिनका ओठ,
तिम्रोझैँ लाग्छ

चिसोले थरथराएका तिम्रा
ती ओठको 'गर्मी'मा
मैले मेरो ओठ सेकाएको
सम्झना,
पानीको भेलसंगै सलल बग्छ |

प्रत्येक सम्झना,
प्रत्येक याद,
प्रत्येक बाछिटाले
यसरी पोल्छ कि मलाई,
मानौं,
यो बेमौसमी झरी
सायद,
मेरा सहस्र अश्रु त होइनन्?
नत्र,
बर्सिँदो झरीसंगै
यो मनको जलन,
यो राफ, यो ताप,
यो आफैंलाई डढाउने
ज्वालामुखी कस्तो?

-भाष्कर ढकाल
२०७२/०६/२७, अपरान्ह ४:१०




Tuesday, September 22, 2015

Let's fall in love again

Tell me softly,
the words that my heart craves to hear
from your magical lips;
which makes your words
a soothing lyrics
and,
your talk,
a mellifluous song.

Sing me a song, honey.
Make me an insane lover
in this 'sane world'
where people calculate their steps
even while falling in love.
No sugar,
make me freefall deep in your love.
So deep that I find the root of your love
and bury it inside my heart.
We will perch in our utopia
and enjoy the sweet fruit together
when our love thrives.

Come away with me,
to the mountains of Nepal
where I'll play the traditional drum
and make you dance in
'नाचिदेउ मैच्यांग तिमी डम्फुको तालैमा' (dance lady, in the rhythm of drum)
Let's get wasted drinking the local alcohol
and make love while the Mount Everest guards for us.
Come away with me
to the islands of Hawaii,
where I'll play the ukulele
and sing you your favourite song,
'all of me loves all of you'
and give the whole new meaning
to the romantic sunset of Hawaii,
with our oozing passionate love.  

Lie with me on the ground
and watch the starry sky.
Kiss me gently; rock my world
in the placid night.
Caress my body with your warm breathe
and
play with my hair.
Let the hearts race
with the friction of two bodies.
Untouch the tranqulity of the night,
feel the torrent of love in you,
and right then,
I shall ask you, 'What is life, my dear?'
Tell me softly,
the words that my heart craves to hear
from your magical lips.
'Life is Felicity.'



Saturday, August 22, 2015

My (re)take on Sameer and Nandini, the characters of Hum Dil De Chuke Sanam


Hum dil de chuke sanam. I must have watched this movie at least 2 dozen times. And I have always adored the ending. I always wanted Nandidi to end up with Vanraj as he went to great lengths to unite his wife to her lover. His love is pure, sacrificial and out of this world. The pain that Vanraj feels and what he chooses to do, for his wife selflessly, wrenches the heart of the viewers too. Maybe that is where Vanraj pulls the viewers to his side from Sameer. And this is why when I choose to watch the movie from certain point, I always skip the part where Nandini and Sameer fall in love and watch it from the part where Vanraj is introduced. Because the scene, story and character are well shaped into the theme of the movie by then. Movie gets intense and I am a big fan of intense stories with depth. If watching from the middle counts, I have already watched the movie at least 50 times. Thanks to Vanraj and his pure love.


But today, as I assess Sameer and Nandini, what wrong does Sameer do? Sameer; who loves Nandini whole-heartedly waits for her no matter what. When her father asks him to leave as his 'GuruDakshina', ne never complains. He respects her father throughout and leaves Nandini's home without creating a fuss. He continues to write for her even from Italy and always dreams of reuniting with her. Who wouldn't dream of their beloved and wouldn't want to get reunited? I certainly would. When you know 'she is the one', you will not think twice to do things for her. Sameer does the same thing. You cannot say his love is not worthy to be with Nandini, you just cannot say that. His love is pure, sweet and committed too. Committed because most of the long distance relationships fail and most prefer not to cling onto it. He hangs in there. He never stops dreaming of her and actually loves her like anything.

But why do we viewers forget about Sameer? Why does Vanraj steal the show? Is sacrifice greater than anything? Why do we rate our parent's love more? Most of us will answer 'because of the sacrifice or the selflessness'. Are we preoccupied with this 'sacrifice' thing or sacrifice just tops the lot? It's hard to tell but willingly/unwillignly, I think almost each of us support the verdict for Vanraj. Sameer does little wrong but what Vanraj does is beyond imagination and is right in every sense when it comes to her happiness. And perhaps this is why Nandini explains her decision (of choosing Vanraj) to Sameer by saying, 'pyar karna tumne mujhe sikhaya Sameer lekin pyar nibhana, maine Vanraj se sikha hai (You taught me to love, Sameer. But from Vanraj I learnt how it's done actually; to keep loving inspite of  all the difficulties and to love selflessly.)' Maybe this is why our eyes get less watery (with pain) when Nandini explains her decision to Sameer and more watery  (with joy) when Nandidni chooses to be with Vanraj at last.

But today, I feel for Sameer too. Most of us relate ourselves with the movie characters and laugh/cry with them. I always entered into Vanraj's character and embraced his feelings and pain as mine. But if I watch HDDCS again, I will enter inside Sameer's character too. I will cry with him when the rest of the viewers feel the utmost  pleasure with Vanraj at the end. That poor man deserves someone by his side. I will be his friend. For nothing can be sadder than what Sameer told to Nandini at the end, 'You married Vanraj means you will be his for seven lives. But  in the 8th life, you will be mine. Only mine. No Vanraj then.'


Leaving behind my favourite song from the movie:
Click here




Would you hug 'yourself'?

If you could hug yourself, 
would you do it? 
For the pain you feel within, 
is understood no better by others
than you. 
Have you ever cried tears of blood 
and felt that the heart is full of tears,
instead?
And you are still living, 
questioning yourself,'is this existence or survival'?
Whatever it is, you don't care. 
You see no difference. 
You don't actually see at all. 
You are blank. 
Everything is black. 
That black, which has every colour in it. 
Will you be able to find a rainbow in it?
Will you be able to find a 'lost you'?
Will you recognize your own avatar? 
Will you even try? 
When you find 'yourself', what will you do? 
Will you hug 'yourself'? 

Sunday, August 9, 2015

निस्पट्टता

२०६९-०३-०५
(मेरो डायरीबाट)

निस्पट्टता: मानिसहरु यो शब्दलाई कति नकारात्मक रुपमा लिन्छन् | आफुले भोगे पनि नभोगे पनि, यो शब्द उनीहरुको लागी भयानक छ | निस्पट्टता माने अन्धकार, जहाँ कुनै प्रकाश छैन | र भय त्यसै बखत उत्पन्न हुन्छ जब मानिस केहि देख्दैन | केहि कुरा देखे पछी मात्र ऊ ढुक्क हुन्छ नत्र विवेकसून्य भएर ऊ त्रसित हुने क्रम जारी रहन्छ | सधैं हिड्ने बाटो पनि अन्धकारमय हुँदा ढुक्क संग हिंड्न सकिंदैन | बिस्तारै बडो होसियार भइ कदम चाल्नु पर्ने हुन्छ | एक किसिमको त्रास मनमा रही रहन्छ | कतै ठेस लाग्ने पो हो कि?

तर मलाई निस्पट्टतासंग अगाध प्रेम छ | कतिपय कुराहरु म अँध्यारोमै पाउँछु | निस्पट्टतामा कता-कता म रम्दछु | भानिन्छ सबै रंगहरुको मिश्रण पछी नै कालो रंगको सृजना हुन्छ | त्यसैले होला म पनि अन्धकारमा थुप्रै कुराहरु डुबुल्की मार्दै गरेको पाउँछु | निस्पट्टताले मलाई आकर्षित गर्छ | टोलाएर जब म अन्धकारमा भावसून्य हुन्छु, तब मलाई अनन्त पुकार सुनाइदिन्छन् | आफ्नो अंगालोमा मलाई गुटुमुटु पार्न हरदम तयार यो अन्धकार, मलाई कत्ति पनि भयानक लाग्दैन |  थुनिएको, बन्धक बनाईएको मान्छेहरुलाई अन्धकार देखि घृणा हुन सक्ला | तर म त खुला पन्छी जस्तै हुँ | मलाई मन लागेको रोज्न अधिकार छ र निस्पट्टता रोज्न म कत्ति पनि हिचकिचाउदिन | कालो निशामामै ताराहरु मिलिक-मिलिक गर्छन्, चन्द्रमा स्वादसँग हाँस्छिन् | यदि अन्धकार भयानक हुने भए, यी ताराहरु अनि चन्द्रमा रमाउदै नाँच्ने अनि धपक्क बल्ने काम गर्थे होलान् र? अरुलाई अत्याश लाग्ने रजनी किन यिनीहरुलाई प्यारो छ? ती ताराहरु हेर्दा लाग्छ, मानौं कसैले गगनमा झिलिमिली गर्ने अन्नको बिस्कुन सुकाएको छ | ती ताराहरुलाई हेरी-रहंदा, एक प्रकारको शान्ति महसुस हुन्छ रातको निस्पट्टतामा |

डर हाम्रो मानिसकतामा गाढिएको छ | निस्पट्टता आफैंमा नकारात्मक होइन | यो त कसले कसरी परिभाषित गर्छ भन्ने मात्र न हो | निस्पट्टताको परिभाषा मेरो शब्दकोशमा बेग्लै छ | सायद म अपवाद परें कि?



Saturday, August 8, 2015

मनको डढेलो

आफु भित्रको ज्वाला
बन्द गर्ने कसरी? 
यो तडप्, यो जलन 
निको हुन्छ कसरी? 
आँसुले निभाऊँ भन्दा, 
झन्-झन् पोल्छ बेस्सरी
लागेको डढेलो यो मनमा, 
अब निभ्छ कसो गरि? 


Tuesday, June 23, 2015

मलमास (केटीको दृष्टिकोण बाट )

आज पनि यो रात ननिदाई
बित्ने भो,
मेरो प्यारो सिरानी
तिम्रो छाती,
म संग कहाँ छ र?
लाग्छ,
यो चन्द्रमा बनि
तिम्रो झ्यालबाट तिमीलाई
सुटुक्क चोरेर ल्याऊँ |
मलाई थाहा छ,
तिमीले झ्यालमा पर्दा हाल्न
पक्कै बिर्सिएको छौ |

बिहान नुहाएर आई
श्रिंगार गर्दा,
मेरो श्रिंगार पूरा गर्ने
मेरो सिउँदो भर्ने
ती तिम्रा हात यहाँ छैनन् |
जसो तसो आफैंले
सिन्दुर हाल्छु
ऐनामा हेर्छु
तर,
'आहा! कति राम्री देखिएकी'
भन्ने तिमी यहाँ छैनौ |
तिमी बिना मेरो श्रिंगार अधुरो छ |
तिमी बिना म अधुरी छु |

मलाई थाहा छ,
तिम्रो कोठा लथालिङ्ग छ,
सामान छरपस्ट छन् |
तर त्यो सबै भन्दा लथालिङ्ग,
तिमी भएका छौ |
तिमी अनि म,
आधा उता, आधा यता ;
चुँडिएर पल पल जिउनु
के फाइदा आखिर?
एक मन लाग्छ,
मेरा बा-आमाले मलाई
'तेरो घर जा नानि'
भनिदिउन् |
बतास जसरी हुर्रिएर आउथें,
तिमीमा लीन हुन |

मलमासको एक महिना,
कहिले बित्ला आखिर?
तिम्रो मायाँमा डुबेकी म,
यहाँ रुखाएकी छु,
तिमी बिना,
सुकेकी छु, ओइलाएकि छु |
कहिले आउला श्रावण महिना,
अनि म तिमी कहाँ आउनेछु,
तिम्रो प्रेमको वर्षामा भिज्न,
अनि फेरी फुल्नेछु
तिम्रो बगैंचामा
पिरतीको सुन्दर फूल बनेर ||


मलमास कविता केटाको दृष्टिकोण बाट पढ्न यहाँ क्लिक गर्नुहोस्
pic courtesy:bosconos.tumblr.com


Sunday, June 21, 2015

मलमास



गर्मीमा पनि प्यारो लाग्दैन
मेरो ओछ्छ्यान छेऊमा यो चिसो |
रातको यो समयमा,
कालो बादल बिच
लुकामारी गरेको त्यो चन्द्रमा,
तिमी झैँ लाग्छ |
मलाई सुटुक्क चिहाउन आएकी ||

बाहिर तिमीलाई नियाल्दै गर्दापो
म झल्यास्स हुन्छु,
कोठामा पर्दा नलगाएको नि
धेरै भएछ |
तिमी माइत गए देखी,
मेरो होश ठेगानमा कहाँ छ र?
सायद, तिमी चन्द्रमा बनी आउने,
यो मनले अगाडी नै थाहा पायो कि?

कोठा पनि न्याश्रिएझैँ लाग्छ,
पटक्कै उज्यालो लाग्दैन |
तिमी हुँदा,
यो कोठा नि त तिमीसंगै
धपक्क बल्ने गर्थ्यो |
अचेल त लाग्छ
पूरै असारे बादल
मेरै कोठामा मडारिएको छ |
र बर्सन्छ मेरा आँखा बाट,
मुसलधारे पानी |

सबेरै - सबेरै उठी,
नुहाई-धुवाई गरेर,
ती परेली केशका
शीत, जब मेरो जीउ भरि
छर्किन्थ्यौ,
मेरो बिहानी सुरु हुन्थ्यो |
तर,
अहिले चिसो सिरानीले
मेरो तन-मन चिस्याई रहन्छ,
र म परेली झिमिक्क नपारी
हेरी रहन्छु ढोकामा,
तिमीले चोखा शीत ल्याउँछौ कि भनी |

अब कति दिन सहनु
यो एक्लो पना मैले ?
उजाड उजाड लाग्छ,
यी सारा परवेश |
तिम्रो न्यानोपना कतै छैन |
चिसिएर असिना बनी,
टुक्रा टुक्रा भई बर्सन्छु कि कसो?
के तिमी आउँछौ,
मलाई बटुलेर अंगाल्नलाई,
यो उजाड पनलाई लखेट्नलाई,
श्रावण बनी,
हरियो चुरा लगाएर,
मेरो आगनीमा?

Pic. Courtesy: virginieravel.deviantart.com


Saturday, June 20, 2015

Rain, Rain. Come again.

Kathmandu, 2015-06-19

Rain... Aah!! Brings out the child in you. Those days when I was just a kid, I used to get soaked in rain. I never refrained from going out and getting soaked. As I grew up, it sadly got stopped. I started looking myself from adult's perspective, society's perspective and so on. In other words, I matured. And no one needs telling what maturity brings. There was no honest and simplest eyeing of the things. The innocence was long gone and you always keep in mind what the negatives are. Fun never comes with 100% fun. There is always a certain amount of risk/negatives in fun. Always. Your way of thinking as a child vanishes. You start to think like an adult. And that's when you lose the essence of life.

What will you think when a man of around 40 runs wild in rain, happily/willingly? I bet most of us think that he is a crackhead. Not your fault. That's society's fault. That's how we grew up, that's what we are taught and heard of, that's how we will react. No society/person should ever have any objection on what you do unless it affects/disturbs them negatively.

I ran like a child in the rain happily today. At first, unwillingly. Later, willingly. Where was my will previously? It was well buried under 'what will society or he/she/they will think' rock. I ran because I was close to my home. I thought I could make it on time. But later on, the child in me got sprinkled into life. And what did I do? I took the longer road to my home. While I ran, I never thought of myself or the society or anything. I ran like a child. Every step was filled with ecstasy. Every drop of rain, made me feel more alive. Whatever tensions/problems or the troubles (big or small) I had, were out of the picture. The 24 year old Bhaskar was 10 again. I imagined myself as a child, laughing/shouting, joyous and spirited child with no front teeth. The big bump of my stomach was gone, beard, moustache and whatever made me feel adult were all gone. I saw people watching me. That did not stop me from being who I am or doing what I want.

Whenever I dance or perform silly acts like a retarded seal in my home in front of my mom, she usually says, 'how will you live your life? Grow up.' And then I sing to her, 'यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी' (I will live my short life like this) sung by Narayan Gopal. 'Most people die at 25 and aren't buried until they are 75.' -Benjamin Franklin. How true is that from Mr. Franklin? What's the use of existing when you already stop living your life. Of course, living your life does not mean doing silly acts every time. But why should you refrain yourself from doing what you love or what you like?

I loved the run in the rain today. I loved bringing the child in me to life. I enjoyed this rain. I hope whenever I start to die before I live, these kind of things remind me of who I really am. That way, every cell gets rejuvenated and energizes you. Don't let society decide who you are. You are in charge of your life. You are your own architect. You can live in a cage or refuse to believe that the cage is your home.

Pic courtesy: lifehacker.com
Rain, rain. Come again.

Tuesday, June 2, 2015

दाजुलाई चिठ्ठी

आदरणीय/प्रिय दाजु,
ढोग/मायाँ |

             तिमी आदरणीय र प्रिय दुवै छौ, कुनै एक मात्र लेख्न सकिन | 'ढोग' गर्या देखेर चाहिं दङ्ग पर्यौ होला, जेठमै दशैँ आएको जस्तो भान भयो होला कसो? आदरणीय लेखे पछी ढोग झुण्डाउंदा अलि मीठो सुनियो के | खैर, छोडौं यो कुरा | 'Digital age' मा किन चिठ्ठी लेख्यो भनेर हैरान भएको होलाऊ, हुन्देउ नहोऊ | यो इ-मेल सी-मेल लाई लोप्पा खुवाई दिएको आज | यसरी लेख्दा मायाँ नि उम्लिने रहेछ, मिठास नि बढ्ने रहेछ | मौलिकता कायम रहोस् न, कसो?

जे होस्, हामी यहाँ सन्चै छौं | भूकम्पले हल्लायो, अहिले थाक्यो जस्तो छ | हामी नेपाली नि सार्है ज्याद्रा, मर्न पर्ला बरु घुंडा नटेक्ने | त्यसै बहादुर भनेर कहलिएका होइन रहेछौं हामी | यिनलाई नसक्ने भैयो भनेर सुस्तायो जस्तो छ भूकम्प | अर्को ६०-७० वर्ष पछी आउने योजना बुन्न थाल्यो जस्तो छ | बुनोस्, सक्दो गरोस् | गोर्खालीका सन्तान गोर्खाली नै हुने हुन् क्यारे |

बा-आमा न्यास्रिनु भएको छ | आखिर तिमीले परदेश टेकेको नि ३ वर्ष लागेछ | आफ्नो मुटुको टुक्रा टाढा हुँदा, के मानोस् त मनले? तिमीले नि बुझेकै छौ त्यो कुरा त | बा-आमालाई थाहा छैन मैले चिठ्ठी लेख्या, फेरी पूरा बलिवूड पारा ल्याइदिनु हुन्छ | मैले खुसुक्क चिठ्ठी लेख्नुको कारण चाहिँ अर्कै छ फेरी |

अघिल्लो वर्ष, तिमी १ महिनालाई नेपाल आउँदा त्यहाँको स्टिभले फलाएको चौंथो संस्करणको स्याउ ल्याएका थियौ नि | हो अहिले बजारमा नयाँ स्याउ आ'छ रे, स्टिभ बा त बितिगए तर उनका अनुयायीहरु मिलेर गजबको स्याउ फला'का छन् रे | छैंटौ संस्करणको अझ 'प्लस' भनेर निकाल्या छन् रे | हो त्यहि स्याउ तिमीले उताबाट पठाएर मैले यता खाएर म त टन्न मोटाएको सपना देखियो हिजो | हुन त मैले तिम्रो विदेशको दुख नबुझेको कहाँ छु र? सपनाको कुरा पो गरेको त | नराम्रो सपना बिहानै 'थाप्रेगोठ'मा बस्दा भन्नु भन्छन् | आफ्नो त राम्रो सपना सिधै तिमीलाई सुनाएको | बा-आमालाई नभन ल? मार्नु हुन्छ फेरी |

अब एक वर्ष सम्म एउटै स्याउ खाँदा खाँदा वाक्क भैयो | पोषण नि सक्यो होला भन्छु म त, नहुने कुरा सपनामा देखी हालियो, अब मीठो ताजा स्याउ खाने रहर कता नजागोस् त? पहिलाको स्याउ पाउँदा नि सपनामै देख्या थियो नि | आश त ह्वात्तै बढ्यो त्यहि भएर |  फेरी दाजु तिमी सार्है दयालु सानै देखी | आफुँ घुटुक्क थुक निलेर भए पनि मलाई सानोमा सिंगै चकलेट दिन्थ्यौ | कहाँ बिर्सेको छु र त्यो मैले? किर्तिपुरको भिनाजुले क्याडबरी ल्याईदिंदा, मैले म सिंगै खान्छु भनेर रोए पछी तिमीले घुटुक्क थुक निलेर, 'ला भाई, नरो.. तँ नै खा' भन्या थियौ | तिमीले थुक निलेको त मैले त्यो उमेरमा के जान्नु र? तिम्रो रुद्रघन्टी माथि तल गएको याद गरेको थिएँ | के डल्लो होला त्यो भनेर | अहिले आएर पो थाहा भयो त, भान्जा-भान्जी लाई आफुले नखाई चकलेट दिंदा, मेरो नि डल्लो माथि-तल दौडिन्छ | औडाहा भएर होला |

त्यति मात्र कहाँ हो र? नैकापको दिदीले ल्याउनु भएको चिजबल नि म तिमीलाई देखाई-देखाई खान्थे | बडो सन्तोकी थियौ तिमी, गोमाको छोरा नवराज जस्तो | तिम्रो नाम नवराज भएको-भए काइदा हुन्थ्यो | तर ठिकै भो, नत्र बिष्णुको भाई नवराजसंग नाम जुध्थ्यो | एउटै घरमा दुई नवराज के काम? लावण्य देशमा त एउटा मात्र नवराज थियो, रानी चाहिँ दुइटा थिए है | भाउजुलाई नभन नि, मार्नु होला | तर नधाटि भन्नु पर्दा, नवराज जस्तै नै थियौ तिमी | मीठो मसिनो जे थियो खान्थ्यो भन्नु हुन्थ्यो आमा | ढिडोचाहिँ पकाएकै भाडोमा हाल्दिन्थ्यो भनेर हाँस्नु हुन्थ्यो आमा, अझ हाम्रो बा-को भागमै पो झुठो ढिडो फाल्दिएको भनेर आगनमा बसेर कुरा झिक्नु हुन्थ्यो | बित्नु भएको नि ८ वर्ष भएछ | आज त्यो भुक्के मोरा भुक्के छोरो पाएर अम्रिकामा छ भन्न पाएको भए दङ्ग पर्नु हुन्थ्यो होला | भाष्करेको बिहे खाएर मर्न पाए हुन्थ्यो भन्नु हुन्थ्यो | बरा, तिम्रो नि देख्न पाउनु भएन दाजु | संसार निस्ठुरी नै छ |

तर तिमी निस्ठुरी थिएनौ | यत्रो भएँ, अहिले सम्म मलाई पिटेको थाहा छैन | गाली त गर्न परि हाल्यो, म जस्तो चण्डाल भाई भए पछी | म तिम्रो ठाउँमा भए देखि, पड्काई दिन्थे होला | त्यहीं बाट थाहा हुन्छ कि आमाले भने जस्तै दयालु अनि नवराज जस्तै सन्तोकी छौ तिमी | सन्तोकी थियौ भनेर अहिले नि आफैंले प्रमाण भेट्ने गर्छु | तिमीले लाउने पाइन्ट आफुले 'जडौरी' लगाउँदा खल्ती जम्मै प्वाल | कसरी सहेर बसेछौ नि तिमीले दादा, अहिले मलाई पारो तात्छ त्यो पतलुन लाउँदा | मलाई गरेको तिम्रो व्यबहार अनि माया सम्झेर नै भन्न सक्थें उही बेला, कि तिमी एउटा राम्रो छोरा र राम्रो बाऊ बन्छौ भनेर | तिम्रो तारिफ गरेर यहाँ बा-आमा थाक्नु हुन्न र तिम्रो हँसिलो गोथे छोरा फोटो/विडियो बाटै देखेर नि थाहा हुन्छ कि मेरो भविष्यवाणी गलत गएन |

खैर, छैंटौ संस्करणको स्याउ आओस् या नआओस्, तिमी नेपाल आउनु भतिज, भाउजु लिएर | बा-आमा लाई नाति खेलाउन औधी रहर छ | तिमीले viberमा पठाएको भतिजको video पूरै गाउँलाई देखाउनु भैसक्यो होला, मेरो नाति भनेर | चांडै नाति काखमा लिने रहर पूरा गर्देउ | अहिलेलाई यत्ति |

ए ए मिठा चक्लेट चाहिँ ल्याउन नभुल है |

उही तिम्रो स्याउले गाला भएको भाई,
भाष्कर ||

Thursday, May 28, 2015

घर-घरको कहानी

यो कथा,
बिछोडको हो,
यो कथा,
मनमा बज्रेको तोडको हो,
यो कथा,
एउटा यस्तो मोडको हो,
जहाँ दुई प्रेमी
एक अर्कालाई जितेर
पनि दुनिया हार्दछन् |
यो कथा,
एउटा यस्तो जोडको हो,
जसको हिसाब बडो बेजोडको छ,
जहाँ एक प्रेमी र एक प्रेमिका
जोड (प्लस) गर्दा
उनका परिवार घट्दछन् (subtract हुन्छन्) |
यो कथाको गणित बेतोडको छ |

यो कथा,
सामान्य हिसाबले सुरु हुन्छ |
एउटा केटा हुन्छ,
एउटी केटी हुन्छे,
दुईको मन मिल्छ |
यो सामान्य हिसाब भयो |
अब हिसाब जटिल बन्छ,
दुईको मन त मिल्यो,
तर,
बाँकी केही मिल्दैन,
जात मिल्दैन,
एउटा तथाकथित्  'ठूलो' जात रे
अर्को 'सानो' |
भात मिल्दैन,
चालचलन मिल्दैन,
संस्कृति मिल्दैन,
रहन सहन मिल्दैन,
यो मिल्दैन त्यो मिल्दैन..
मात्र मन मिल्छ, मन..
त्यत्ति मिलेर हाम्रो समाजमा
बिहेको लगन मिल्दैन |
कठै!!

भनिन्छ दुई ज्यान एक हुँदा,
दुई जनाको मात्र मिलन हुन्न,
दुई परिवार एक हुन्छन्,
आफन्त बढ्छन्,
खुसी बढ्छ,
तर त्यो,
यो कथाको सपना मात्र हो,
यसका मुख्य पात्रहरुको रहर मात्र हो |
यहाँ,
अन्य कुरा आधुनिक हुन्छ,
माटोको घरको सट्टा मार्बलको घर हुन्छ,
desktop बाट laptop,
laptop बाट palmtop,
दौरासुरुवाल बाट सुट,
goldstar बाट बुट,
पिरुकाको सट्टा dining table,
लोकल ठर्रा बाट red label,
फलैंचा बाट मोटा मोटा गलैंचा,
आदि इत्यादी हरेक कुरा update हुन्छ,
तर सोच उही,
 केटी-केटाको जात मिल्नु पर्छ,
भात मिल्नु पर्छ |

किन मिल्नु पर्छ त?
"किनभने फलानोले के भन्ला?
ढिस्कानोले के भन्ला?
समाजलाई नाक कसरी देखाउने?
इज्जतको कुरा छ |"

कुन समाजको कुरा गर्छौ ए बा-आमा?
त्यहि, जसले तिम्रो घरमा पर्दा,
आफ्नो झ्यालको पर्दा लाउँछ?
कि त्यो समाजको,
जसले तिम्रो प्रगतिको आरिष गर्छ?
कि त्यो समाजको,
जो आफैँ नालीमा डुबेको हुन्छ,
तर तिमी गनाएछौ भनि हाँसो गर्छ?
समाजका मान्छे सब भेडा हुन् बा-आमा,
तिमी तिनीहरुको हूलमा मिसियौ भने,
तिमी नि भेडा बन्छौ |

जातकै कुरा गर्छौ भने,
दिनदिनै खाने तरकारी फलाउनेको जात सोध,
मिल्छ?
बिरामी भएर अस्पताल जाँदा,
जचाउनेको जात सोध,
मिल्छ?
रगतको कमीले पहेलपुर भएको बेला,
रगत दिने मान्छेको जात सोध,
मिल्छ?
तिम्रो घर बनाउने डकर्मीको जात सोध,
मिल्छ ?
जहाँ जहाँ आफ्नो कामको लागी मान्छे भेट्छौ,
ती सबको जात सोध,
मिल्छ ?
जिन्दगीको हरेक पाइलामा के तिमीलाई
तिम्रै जातको मान्छेले साथ दियो त?
नत्र जातको कुरा नगर..

माग नै गर्ने हो भने,
असल चरित्रको माग गर,
सिप, जोश, जागरको माग गर |
एउटा/एउटी असल मान्छे
मेरो/मेरी छोरी/ज्वाईं होस्
भनेर माग गर |
के जातमा अड्क्या छौ?
"मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन |"
ऊ बेला देवकोटाले भन्या कुरा,
मैले सानोमा पढ्दा,
तिमीले नै यसको मतलब बुझाएका होइनौ?
के किताबी कुरा किताबमै सिमित हुने हो त?
त्यसो हो भने,
नेपालको दुर्गति हरेक दिन समाचारमा देख्दा,
या आफैँले भोग्दा,
तिमीले नै भनेका होइनौ,
'नेपाल उंभो नलाग्ने भो|"
किताबी 'राम्रा' कुरा किताब मै सिमित हुँदा,
को चाहिँ उँभो लाग्ला र?

हे,
हरेक माता-पिता,
आफ्नै सन्तानलाई दुखी तुल्याएर
कुन समाजलाई खुसी पार्न खोज्दैछौ ?
आफ्नै सन्तानलाई 'यसो गर्यो' भनेर
कुरा त काट्ने छैन त्यो समाजले तिम्रो?
के थाहा?
नालायक समाज त हो,
तिमीलाई खसाल्न अनेक दाउ त खोज्छ |
सबलाई खुसी पार्न सकिन्न बा-आमा,
नत्र आफ्नै जीवनले आफैंलाई टोक्छ ||

Saturday, May 2, 2015

महाभूकम्प गएको रात लेखिएको हाइकु

१.
आजको रात
भुकम्पको कम्पन
के बाँचिएला ?
२.
चौ-तल्ले घर
के छ र अब भर
हाँस्यो जीवन ।।
३.
ऊ फेरी आयो
ए बचाऊ, बचाऊ
चैट जीवन ।।
४.
गयो भुकम्प
'यति' हजार मृत्यु
चल्छ जिन्दगी
५.
विदेशी मित्र,
''के छ तिम्रो खबर,
बाँची राख ल?''
६.
डरायो छोरा
'आमा-आमा' रुन्छ ऊ
लौन बचाऊ ।
७.
प्रियाको याद
भुकम्पको कम्पन
हल्लियो छाती ।।
८.
अनिदो रात
'हल्लाउँछ कि फेरी?'
मनको त्रास ।।

Wednesday, March 18, 2015

मिटिंग विथ कुमार नगरकोटी

मैले पढाई रहेको कक्षा भित्र टुप्लुक्क देखा परे नगरकोटी जी | चिल्लो तालु टलक्क टल्काउँदै कक्षा भित्र यसरी छिरे कि मानौं  उनी त्यो कक्षालाई राम्ररी चिन्दछन् | चारै तिर उनले नियाँले र लागे सिधै अन्तिम बेन्च तिर अनि थचक्क बसे | कक्षामा गणित पढाई रहेको म, उनलाई देखेर छक्क परें | खाइलाग्दो ज्यानका उनी, केटाकेटीको सानो बेन्चमा बस्न गाह्रो परेझैं मैले अनुमान लगाएँ | दाहिने हातमा ३ वटा औंठी, गलामा रुद्राक्ष र अर्को गरी २ वटा माला झुन्ड्याएका उनी, आँखा चिम्लेर मस्त भावमा ध्यान गरेझैं बसे | सर्टको जस्तो कलर भएको झट्ट हेर्दा कुर्ता जस्तो देखिने सेतो  पोशाक (जुन उनले उनको कथा संग्रह 'फोसिल'को विमोचनमा लगाएका थिए) मा थिए उनी | ४ वटा कलमहरु, त्यो पोशाकको गोजीमा शान संग विराजमान थिए | ती बाहेक नगरकोटी जी संग अरु केहि थिएन साथमा |

विद्ध्यार्थीहरुले उनलाई देखेनन् कि वास्ता गरेनन् त्यो म भन्न सक्दिन, तर कसैले पनि उनको उपस्तिथिमा आपत्ती जनाएन न त कसैले आश्चर्य नै प्रकट गरे | त्यो म बाट हुन सकेन किनभने म कुमार नगरकोटीको फ्यान थिएँ | म उनको समीप गएँ र दुई हात जोडेर भने, 'नगरकोटीजी, नमस्कार |'

उनले आँखा पनि नखोली भने, 'हु आर यु?'

'आई एम दी ड्याम टिचर अफ दिस भेरी क्लास', मैले जवाफ दिएँ |

'त्यो त यो कक्षामा  पछी आउने अर्को टिचरले नि त्यही भन्ला | तपाईंहरुको भिन्नता के त त्यसो भए? ह्वाट मेक्स यु युनिक? तपाईं वास्तवमा को?' उनले मलाई प्रहार गरे |

त्यो प्रहारको प्रतिउत्तर मसंग केही थिएन | वास्तवमा म को? धेरै बेर सोचे पछी पनि केही फाइदा भएन | 'आइ वज जस्ट वान अफ दी बिलियनस् अफ कन्फ्युज्ड ह्युमनस् |'

कुरालाई अन्तै मोड्दै भने, 'म तपाईंको लेख्ने शैलीको ठूलो फ्यान | क्या लेख्नु हुन्छ, त्यो पनि फरक स्टाइलमा | तपाईंको लेखको स्वाद नै फरक छ, पात्रहरुको संवाद झन् गजब छ, चाखी रहुँ जस्तो | दिमाग रन्थनिन्छ एकछिन त तपाईंका किताब पढ्दा | कसरी सोच्नु हुन्छ? के छ तपाईं को दिमागमा?'

'Mind is an absurd institution, माई फ्रेन्ड |' यति भनेर चुप लागे उनी |

मैले नै निरन्तरता दिएँ कुरालाई, 'तपाईंको किताब 'फोसिल', 'मोक्षन्त: काठमाडौँ फिवर' र  'अक्षरगन्ज' पढेको छु मैले, अरु किताब नि पढ़नेछु |'

'त्यसो भए लगभग ७-८ सय खेर फाल्नु भयो?' यति भनेर उनी जोडसंग हासे, मलाई पुलुक्क हेरे अनि लागे विद्ध्यालय भवन बाहिर |

म उनलाई पच्छाउँदै हिडें |

"तपाईंको लेखमा यार्रोगेन्स (arrogance) झल्किन्छ, र त्यो नै तपाईंको सुन्दर पक्ष हो | तपाईं लेखनको कुनै रुल्स फलो गर्नु हुन्न र पाठकलाई च्यालेन्ज गर्नु हुन्छ, 'लभ मी अर हेट मी, मलाई बाल | दिस इज मी |'"

मैले उनको किताब पढेर उनलाई कति बुझेको छु भनेर प्रस्तुत गरें |

'टेक अ सिगरेट एंड सट योर ब्लडी मौथ' भन्दै उनले एक खिल्ली खुक्स म तिर तेर्साए | मैले 'नाइँ' को संकेत गरेपछी उनले एउटा सल्काए र पर क्षितिज सम्मको क्यानभासमा धुँवाको रङ्ग पोते |

'लिसन, आफ्नो ड्रिम चेज गर्दा अरुको सुन्नु नै हुन्न | कि त अत्याउंछन् कि त मत्याउंछन् | आत्तिनु र मात्तिनु दुवै हानिकारक छ', भन्दै अझ बाक्लो धुवाँले गाढा पेन्ट गर्न थाले |

'आफ्नो ड्रिम चेज गर्न तपाईले टिचिंग पेशा नै छोड्नु भयो रे होइन?' मैले सोधें |

'एस, यु हर्ड इट राइट' भन्दै पेंटिंगमै तल्लिन भए उनी, अझ गम्भीर हुँदै |

'मेरो प्रिय लेखकसंग भेट हुँदा एउटा सेल्फी त पक्कै हान्न पर्यो नि|' भन्दै मैले आइफोन ४ एस झिकें र हाम्रो दुई टाउकामा क्यामेरा फोकस गरें |

रेडी १..२.. ३..

*फुऊऊउ*

*क्लिक*

ठ्याक्क क्लिक हुने बेलामा उनले चुरोटको धुवां फोनतिर फ्याँके | सेल्फीमा अब स्मोक बढी भयो | तस्बिर चिनिन गाह्रो पर्यो |

'ह्वाट अ पिक्चर, स्मोकिंग हट सेल्फी' भन्दै जोडले हाँसे उनी |

म पनि खिस्स हाँसें | तर किन? मैले चाहेको सेल्फी त खराब भएको थियो |

'ल त बडी, आइ निड टु गो', भन्दै उनी फेरी विद्ध्यालय भवनमा पसे र अर्को कक्षाको ढोका खोली भित्र पस्न लागे |

मैले उनलाई रोकें, 'नगरकोटीजी, तर तपाईं त पढाउन छोडी सक्नु भएको होइन?'

'हो |' मेरो आँखा बाट गायब हुनु अघि उनले भने | 'म त यो कक्षामा मैले बिर्सेको पुरानो 'उखान' खोज्दै छु | नाउ, डु नट डीस्टर्ब मी'

म सोचमग्न भएँ | त्यो 'उखान' उनको कथाको पात्र उखान विक्रम मल्ल थियो कि साँचैको उखान? मल्ल उखान त भेटिएको थियो अन्त्यमा | आखिर कुन उखान खोज्दै छन् उनी?

एक पटक फेरी कुमार नगरकोटीले मेरो दिमाग रन्थन्याइ दिएर गएको कुरा मैले पछी मात्र बुझें |

------------ समाप्त-----------
( यो सब कुरा सपनाको हो | दिस लेजेन्डेरी स्टोरी टेलर केम टु मिट मी इन माई ब्लडी ड्रिम | )
Met fiction designer Mr. Kumar Nagarkoti at Shilpee Theatre while me along with my friends were there to watch 'Laato Pahad' (superb drama) . One of my favourite writers, Mr. Nagarkoti, was just there and here it is, the picture. 




Saturday, January 10, 2015

Some candles that you don't want to burn

 What if someone gifts you candles? One might argue that gifts are not meant to be burned. Fair enough. But what if your country has abundant power cut that you are compelled to light those candles in case of an emergency? To relish gifts, may well depend upon the person who gifted it. If one likes the person that gifted the presents then there is a fair chance of gifts being cherished and saved for future no matter what.

Today, as I was going through my old stuffs, I found this wonderful gift which was almost forgotten by me. Some two and a half years ago, I got a surprise gift from one of the people whom I admire the most. Yes, I got candles. Artistic, handmade beautiful candles of different shapes and sizes. There were three of them and each was equally lovely.

The candles came in a box labelled as 'To my dearest brother' and there was also a letter in it. Before I could open it, there was another message in the box - 'Smile before you open the letter'. That message never gets old. Every time, every single time, I have automatically smiled before opening it and so I will. Moreover, the letter inside is also one of the sweetest ones I have ever received.


In the letter, there is a request to not burn the candles in the loadshedding tormented hours. Clearly that's more a humour than the request. Because I needed no such appeal for that. Those candles when lit may illuminate the dark hours due to loadshedding for a moment or two but when left as they are, will illuminate my many more dark hours of the life in the future. The much needed affection, smile and warmth will be served every time I behold these candles. It's hard to believe that the unlit candles possess more power than the lit ones to lighten someone’s life.  
 
What does a man need? He simply needs love and a simple reminder that somewhere someone is putting all their efforts to make him happy. These candles and letter are just that. They are a reminder to me that no matter how life turns to be, no matter how fast I run, I will always be loved and I will always find someone waiting for me to share the moments. Whenever I pause in this fast paced life, looking for an inspiration, looking for that extra support or the much needed love and assurance, I will always find these unburnt candles to light up my life.


Here's to my dear sister whose candles will always light up my world without being burned. Cheers!


Thank You

I am really glad that you visited my blog. It is my small endeavor to share my writings to you with a motive to make you refreshed. I hope you enjoyed being here. I hope to see you soon. Cheers