एकादेशमा

एकादेशमा,
"दयाको सागर"
श्रीरामले,
रावणले भगाई लगेको,
आफ्नी 'प्राण-प्यारी' पतिव्रता पत्नी,  
सीतालाई समेत,
अग्निको परीक्षा दिन लगाए,
'पवित्रता' को...

एकादेशमा,
"देवादि-देव महादेव" ले,
"परम सुन्दरी" पार्वतीलाई
कैलाशमा एक्लै छोडी,
श्लेषमान्तक वनमा,
किराँत रुप धारण गरी,
किराँतिनी सँग,
पार्वतीलाई नै 'बिर्सिएर" रहे |
पछी, त्यो किराँतिनी,
पार्वती नै हो भन्ने जानी,
'कुलेलम" ठोके..

तिनै "भक्तवत्सल" शिव-ले,
आफ्नी "परमभक्त" वृन्दाको,
"पति-व्रता धर्म" हरण गर्न,
"करुणामयी" श्रीहरि विष्णुलाई,
पठाई,
छल-कपटले जालन्धरसँगको,
युद्ध जिते |
"लक्ष्मी-पति विष्णु" ले पनि
अर्काको स्त्री प्रतिको छल,
ढुंगा, घाँस, झार, वृक्ष
भई सहन पर्यो |

एकादेशमा,
'प्रेमको प्रतिक' 
भगवान श्रीकृष्णले,
राधालाई यति 'प्रेम' गरे
कि,
उनीले हरेक स्त्रीमा 'राधा' देखे,

१६१०८ गोपिनीहरु सँग,
'शारीरिक प्रेम' गरे |

र आज,
म जब जब मन्दिर जान्छु,
म देख्छु,
थुप्रै युवतीहरुको भींड,
जप्दै छन् महादेव,
कृष्ण, विष्णु, रामको,
नाम |

'प्रभुको लीला अप्रम्पार छ' |



     

Comments

  1. कविता सरल र एकनासको छ | धेरै सोच्नु नपर्ने अनि अन्त्यको वाक्यले एउटा मुस्कान ल्याउछ :)

    ReplyDelete
  2. धन्यवाद मित्र.. तिम्रो अपार मायाले नै मलाई लेख्न झन् प्रेरणा दिन्छ :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Choice Is Ours To Make

भान्जा-भान्जीलाई चिठ्ठी

ऊ मरेकी छैन