Sunday, December 15, 2013

मेरो मन

मेरो मन-
हिउँद यामको सुकेको पात,
झरी रहेछ निरन्तर,
नांगिएको अस्तित्वलाई झन् नंग्याउँदै,
बहकिंदै छ,
निरर्थक |
आफ्नो थलो छोडी,
आफ्नो कर्म भुली,
भित्र-भित्रै सुकी,
झरी रहेछ, 
बस् 
कतै आएर अडिन भनी,
स्वप्न संसारमा...


हा! खुदको पहिचान भुलेर,

के पाउँदो हो यसले?
आफ्नो परिवेश त्यागी,
कुन स्वप्न खोज्दै छ यो?
उड्दा उड्दै थाकी,
कतै अडिएकै बखत
कुनै जीवको पैताला मुनि
परेको पातझैँ,
मेरो मनको
भविष्य,

धुजा-धुजा... 




2 comments:

  1. Damn, that is one hell of an emotion.

    हा! खुदको पहिचान भुलेर,
    के पाउँदो हो यसले?

    Best line. Keep up the good work.

    ReplyDelete

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...