Posts

Showing posts from March, 2013

बिहानी पछीको रात

Image
काठमाडौँको स्वास्थमा कुनै सुधार थिएन | धुँवा धुलो र प्रदुषणले अझ खंग्रंगिएको थियो | काठमाडौँलाई पहिला ‘नेपाल’ भन्थे रे | अहिले नि नेपाल नै भने हुने हो, नेपाल भरिकै जनता यहाँ जो अटेसमटेस गरी बसेका छन् | यस्तोमा जवानीमै काठमाडौँले आफ्नो सुन्दरता गुमाएको थियो | रोगी भएको थियो | खैर, म पनि यही रोगी सहरमा रुमल्ली रहेको थिएँ, उसको ख्वांग- ख्वांग गर्ने छातीमा टेक्दै | बिचरो ऐया समेत भन्दैनथ्यो | कठैबरा! अचानक मैले देखें उसलाई | आज करिब पांच बर्ष पछी दैवले उसलाई यसरी मेरो आँखा सामुन्ने ल्याइदियो कि मानौं ऊ मसंग खेल खेल्न चाहन्छ जसमा उसको जीत निश्चित छ | सायद जिस्काउँदै छ मेरो भाग्य मलाई | उपहास गर्दै छ | कति निठुर छ यो भगवान, पछिल्लो पाँच वर्ष सम्म पल पल पिल्सिएको मनमा एउटा नयाँ हलचल पैदा गरिदियो | उफ!समयले नि कति छिट्टै कोल्टे फेर्छ | उसलाई नदेखेको पनि पाँच वसन्त भएछ | हुन त हरेक दिन ऊ मेरो भावना, सपनामा बारम्बार आफ्नो उपस्थिति जनाउथी तर आज एक्कासी उसलाई आफ्नो आँखा अगाडी देख्दा मुटुले ढ्यांग्रो ठोक्यो | सडक पारी ऊ कसैलाई कुर्दै थिई | करिब २० हातको दुरीमा थिई ऊ | म यति लज्जित र ग्लानिले भरिपु…