Tuesday, August 14, 2012

जब


जब ४३०० मिटरको उचाइमा यो मन तड्पिदिन्छ
जब बिछोडको पिंडाले मुस्कान कता हराइदिन्छ
जब रातको चकमन्नतामा भित्र भित्रै डाह भईदिन्छ
जब चिसो बतासले पुरै तन ठिन्गुराइदिन्छ
जब मायालुको न्यानो स्पर्शको तिर्सना बढिदिन्छ
जब चिसा मान्छेका चिसा वाक्यले घोचिदिन्छ
जब प्रियसीमा मिठा यादले पिरोलिदिन्छ
जब मोबाइलले ‘सम्पर्क हुन सकेन' भनिदिन्छ
जब कुण्ठित भावना मुटुको कुनामा थन्किदिन्छ
जब लोभ लाग्दो जुनेली रात पनि वाक्क लागिदिन्छ
तब यो मगजले बुझिदिन्छ,
कि तिमी बिना यो जिन्दगी कति अपुरो छ.. 



(गोसाईकुण्डको यात्राको क्रममा राति रचिएको लेख)

निद्रा कता गयो?



(अबेर सम्म निन्द्रा नलाग्दा)

रातको उमेर ढल्कदो छ

बिछ्यौना सपनीको निम्तो
दिई रहेको छ
ओड्नेले न्यानोपन दिँदो छ
तर खोइ निन्द्रा कता गयो?

एउटा कोल्टे अर्को कोल्टे
कहिले यता, कहिले उता पल्टें
आँखा चिम्म गरी पर्खी बसें
तर खोइ निद्रा कता गयो?

ट्वार् ट्वार् भ्यागुतो कराउँदो छ
मध्यरातको आगमनसंगै यो मन
डराउँदो छ..
भित्र भित्रै आश पलाउँदो छ
तर खोइ निद्रा कता गयो?

(यतिमा बिहानी हुन्छ)
चिरबिर चिरबिर चरा गीत गाउँदै छ
मानिसहरुको निद्रा हराउँदै छ
पूर्व तर्फ, रवि, लाली चडाउँदै छ
तर खोइ निद्रा कता गयो?

(खोइ! यिनै गोसाई-महादेव जानून्)

- लौरिबिना.. बुधबार.. राति.. १६ श्रावन २०६९
  (गोसाईकुण्ड यात्राको क्रममा शेर्पाको घरमा सुत्दा, निन्द्रा नलाग्दा)
Sleep-Remedies-

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...