Thursday, May 3, 2012

भारी बर्सात र प्रियसीका यादहरु

चर्को ढोल बजाई
कालो रुप लिई
गगनले गर्यो
शिंहनाद,
ठूला भुमरी बनी
स्वाँस्वाँ र फ्वाँफ्वाँ गरी
बतासले आफैंलाई गर्यो
आजाद ||

कुरुक्षत्रको लडाईं जस्तो,
शान्त धर्तीमा मच्चियो
बबन्डर,
अनावर्षण पछीको गर्जन
थियो त्यो,
भारी बर्सात भयो
निरन्तर ||

ठीक त्यस्तै ढ्यांग्रो
यो मुटुमा नि गर्जियो..
आकाशमा बिजुली चम्किदा
मनको घाउ बल्झियो..
हुरीले सबथोक सोहोरेझैं
मनको कुनाबाट याद सोहोरियो..
बर्षौंदेखि भुलेका पलहरु
मानसपटलमा एकैसाथ दोहोरियो..

बर्सातका बाछिटाले जब
गर्यो गर्दनमा कोमल
स्पर्श,
प्रियसीका नरम हत्केलाको
झझल्को ले छायो एक
हर्ष |
तर,
टिकेन त्यो खुशी
खोइ कता बिलायो,
फेरी,
यो कोमल मनमा
किन प्रलय आयो ||

हावाका वेग नगिच आई,
कानमा गर्यो साउती..
अनि,
याद आए उसका वाणी,
त्यो तातो श्वास,
सम्झनामै लाग्यो मिठो
काउकुती ||

अनायशै याद आए ती पल,
हामी बर्सातमा खेलेको,
मायाको स्वप्न संसार बनाई,
हावामा ठेलेको..
संगै बिताएका ती पलहरु,
यो पानीले धोइदियो..
टाढा भएछौं हामी,
एकान्तमा यो मन रोइदियो ||

साथै रहने कसम खाएपनि
छुट्टिएछौं हामी,
कठै! यो कस्तो खेल?
बाहिरको बर्सात संगै
रोयो यो मन,
  बग्यो यी आँखाबाट भेल...
  बग्यो यी आँखाबाट भेल... || 

3 comments:

  1. myatyasni !!
    Kina yeti mitho kabita lekhchhau ye saathi ... Mann nai chwassa chune...
    Yo bedana jagayera pani yeti mitho, yo pida jhalkaye pani yeti mitho ...
    Timro sabda ko chaanot ra laye ka swachhandhata ko bayan garna sakina maile.
    Mero lagi ta yo jiban kai rasmaye kabita bhayo...

    ReplyDelete
  2. Well friend, all I can do is bow and vow to come up with better poems to never make u feel sad :)

    ReplyDelete
  3. Facebook ma comment lekhnai maan lagena!
    Nepali sahitya padhnai garho bhako ho sachhi malai but 3-4 choti padhe maile yo kabita!
    dammn man!
    Felt it from heart!
    K k kura yaad aayo, samjhe, hase, aani mukh khumcho pare pani!
    awesome Bhaskar!
    As i said I FELT this poem!
    Good Outstanding work!
    Keep it up!

    ReplyDelete

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...