Friday, July 22, 2011

सुन्दरताको मोल

बर्षातको त्यो पहिलो थोपाले 
फक्रन लागेको त्यो गुलाफको 
कोमल तनमा जब काउकुती लगाउँछ 
तब ऊ लजाउँदै सर्माउँदै मुस्काउंछे 
आफ्नो जवानीलाई मन्द मन्द फुकाएर 

अंग अंग सुस्तरी खोल्दै ऊ फक्रिन्छे 
त्यो रुप त्यो योवनको रहस्य क्या खुल्छ, आहा!
ऊ हांस्दछे..
ऊ हाँस्दा लाली जब चढ्छ तनमा 
भमराहरु उत्तेजित हुन्छन मन-मनमा 

उसको रस अनि सुगन्ध पछ्याउँदै
उसको तनलाई तरंगित बनाउंदै
भमरा जब गर्छ ऊसंग साउती 
कता-कता आनन्द लाग्छ 
उसलाई त्यो काउकुती 

आफुप्रति सन्तुष्ट हुँदै ऊ बल्छे धपक्क 
सुन्दरताको प्रतिमूर्ति ऊ फुलेकी छे सपक्क
जति हेर्यो उति लट्ठ पार्ने 
अहो! कस्तो उसको त्यो हाल
तर एकदिन टपक्क टिपिन्छ उसलाई
कठै! 
इश्वरको शरणमा ऊ बिताउछे बाँकी काल
इश्वरको शरणमा ऊ बिताउछे बाँकी काल || 

+++ भाष्कर+++++

1 comment:

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...