Monday, July 25, 2011

TOGETHER WE SHALL STAND

When the conditions go wrong
when there are no jingles of a song
when the world loses its melody
when there is nothing but the tragedy
Together we shall stand

When the flowers lose their fragrance
when the peacock forgets the merry dance
when the sunlight is clogged by the cloud
when the shrieks of pain and terror are loud
Together we shall stand

Together we shall stand                                         
and find the desired path
which leads us to the serene land
leaving behind the abhorrence and the wrath

Together we shall stand
till you trust me
and I trust you
we’ll create a world of new
Just put your hand on my hand
together shall we stand
together shall we stand

Till the eternal days ahead…………


Friday, July 22, 2011

सुन्दरताको मोल

बर्षातको त्यो पहिलो थोपाले 
फक्रन लागेको त्यो गुलाफको 
कोमल तनमा जब काउकुती लगाउँछ 
तब ऊ लजाउँदै सर्माउँदै मुस्काउंछे 
आफ्नो जवानीलाई मन्द मन्द फुकाएर 

अंग अंग सुस्तरी खोल्दै ऊ फक्रिन्छे 
त्यो रुप त्यो योवनको रहस्य क्या खुल्छ, आहा!
ऊ हांस्दछे..
ऊ हाँस्दा लाली जब चढ्छ तनमा 
भमराहरु उत्तेजित हुन्छन मन-मनमा 

उसको रस अनि सुगन्ध पछ्याउँदै
उसको तनलाई तरंगित बनाउंदै
भमरा जब गर्छ ऊसंग साउती 
कता-कता आनन्द लाग्छ 
उसलाई त्यो काउकुती 

आफुप्रति सन्तुष्ट हुँदै ऊ बल्छे धपक्क 
सुन्दरताको प्रतिमूर्ति ऊ फुलेकी छे सपक्क
जति हेर्यो उति लट्ठ पार्ने 
अहो! कस्तो उसको त्यो हाल
तर एकदिन टपक्क टिपिन्छ उसलाई
कठै! 
इश्वरको शरणमा ऊ बिताउछे बाँकी काल
इश्वरको शरणमा ऊ बिताउछे बाँकी काल || 

+++ भाष्कर+++++

Friday, July 1, 2011

अनी गगन खुल्छ रे

वर्षाको तप- तप संगै फुरुंगीएको यो मन
गगनको नयनका भेलसंगै टक्क अडिन्छ, कठै!
पहिलो झरसंगै झुमेर नांचेको यो तन
आकाशको कालो मुहार देखी थच्च बस्छ, कतै!

फूलका ओठ स्पर्श गरी, सुस्तरी सुस्तरी
गुच्छा गुच्छा भिजाउने बर्षात होइन यो 
घाम-पानी घाम-पानी एक पछी अर्को गरी 
मयुरलाई जिस्काउँदै नचाउने बर्सात होइन यो

यो त बस आकाशको आँशु को भेल हो
उसको आँशुसंगै कहिले हाँस्नु पर्ने  
त कहिले नमिठो संग रुनु पर्ने
कस्तो अचम्म यो खेल हो?

चन्द्रमालाई बोलाउँछु म केही सौन्दर्य भर्न भनी 
तर आकाश रुंदा उनी चिहाउन्नन्  रे 
तारालाई पनि बोलाई हेरें मैले 
उनी पनि चम्कन भ्याउन्नन्  रे..

अब त म पनि थकित भई 
सोध्छु आकाशलाई कति रुन्छौ भनी
केहि उत्तर दिन खोजे जस्तो गरी 
मुख खोल्छ ऊ, गड्याङ्गगुडुंग गर्छ अनी!

ऊ भित्र आगो बलेको छ जोडले 
ज्वाला चम्कन्छ घरी-घरी
दुख्दो हो कति, पोल्दो हो बेतोडले 
त्यसैले ऊ चिच्याउँछ बेसरी 

उसैको अश्रुको बर्सातमा 
कहिले हामीले नाच्नु पर्ने रे
उसैको रोदनको बेदनामा 
कहिले हामीले त्रसित भै बाच्नु पर्ने रे

शब्दमा व्यक्त नगरी ऊ 
रोएरै शान्त हुन्छ रे 
आज उसलाई सहनु रे
भोलि सुन्दर फूल फुल्छ रे

मिठो मुस्कान ओठमा डुल्छ रे.......
अनी गगन खुल्छ रे, अनी गगन खुल्छ रे 

Thank You

I am really glad that you visited my blog. It is my small endeavor to share my writings to you with a motive to make you refreshed. I hope you enjoyed being here. I hope to see you soon. Cheers