Thursday, February 3, 2011

भगवान कहाँ छन्?

पुज्नु सम्म पुजी सकें

अब मैले पनि बुझी सकें
यी फगत ढुंगा रहेछन् 
कसैले यिनलाई देवता कहेछन् 


भगवान भए पुकार सुन्थे
असहायको दुख हर्थे
ढुंगा छन् मन्दिरमा मस्त
अरु यिनकै पुजामा ब्यस्त 


देवता भए अगाडी आएर देखाइदेउ
अनि सबको दुख एकैचोटी हटाइदेउ 
तर यो मात्र एउटा ढुंगा हो
दयालु ईश्वर कसरी बन्छ यो?


देवता ढुंगामा होइन आफैंमा  खोज
खराब बाटो त्यागी असल बाटो रोज
भगवानको बास आफैं भित्र हुन्छ
ढुंगालाई पुजेर कहाँ उसले सुन्छ??



2 comments:

  1. dami... felt like my own feeling... really good way to express it.. the way you did is really good.. Keep writing up... thumbs up for this one ...

    ReplyDelete
  2. Hope you will apply the last line in your daily life...Dada

    ReplyDelete

ट्रेकिंग/हाइकिंगको क्रममा हराउँदा

हिंडी रहने बाटो त बिराउने गरिन्छ भने कहिले पनि नहिंडेको र कुनै म्याप अनि गाइडको सहारा बिना हराउनु भनेको आश्चर्यजनक कुरो पनि भएन | काठमाडौँक...