लाचार

गगनबाट असिना बर्सेझैं तिम्रा ती नयन बाट आँशु झर्दा
तिम्रा ती चोटहरुको मलम हुन सक्दिन म

जीवन को अँध्यारो पलमा तिमीले बत्तिको सहारा खोज्दा
आफु जलेर उज्यालो छर्न सक्दिन म

म त केवल तिम्रो सुखमा साथ् दिने स्वार्थी हुँ
तिम्रा दुखमा तिमीलाई ज्यान दिन सक्दिन म

भयो, मेरो सामु न आउ तिमी, नराख म बाट आशा
आफ्नो हाँसो दाउमा राखी तिमीलाई हसाउन सक्दिन म

क्षणभरमै पवनसंग बग्दै डांडा काट्ने बादल हूँ म 
तिम्रा दुख पखाल्ने बर्सात दिन सक्दिन म

संसारमा मृत्युको भय बोकी म पनि आएकै छु 
तिमीलाई झुटो आस्वासन दिन सक्दिन म
आफु मरेर तिमीलाई जीवन दिन सक्दिन म ll

Comments

Popular posts from this blog

भान्जा-भान्जीलाई चिठ्ठी

Choice Is Ours To Make

माया त यस्तो होस्